संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिहरुलाई पदकले बिभुषित गरिन् । देउवा नेतृत्वको सरकारले इतिहासका सबै रेकर्ड तोड्दै यसपटक ९०३ जनालाई २० करोड रुपैयाँ बराबरको तक्मा वितरण गरेको हो ।
राष्ट्रिय र सामाजिक जीवनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई राष्ट्रिय महत्वका दिनहरुमा दिनहरुमा विभुषित गर्ने चलन संसारभर छ र हाम्रोमा पनि । तर तक्मा वितरणका बेला हाम्रोमा सधै कुनै न कुनै विवाद भइरहन्छ । तक्माले विभुषित हुने खुसी हुनु र आफु उक्त तक्माका लागि योग्य भएको सम्झनु तथा नपाउनेले असन्तुष्टि जनाउनु सामान्य नै हो । तर यसपटकको विभुषणमा जुन व्यक्तिहरु छनौट भए, केहिका सन्दर्भमा उठेका प्रश्नहरु भने गम्भीर खालका छन् ।
मल आयातको ठेक्का लिने र समयमा मत आयात नगरेर किसानलाई विचल्लीमा पारेका अनि कालो सुचिमा परेका व्यक्तिहरु, अरबौं बिद्युत महसुल तिर्न बाँकी रहेका उद्योपतीहरु तथा नेताका आफन्त र आसेपासेहरु तक्माका लागि छनौट हुनुले तक्माको गरिमालाई घटाएको छ । नेपाली काँग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराई सँगै जसजसलाई तक्मा दिइएको छ, ति केहि अनुहार हेर्दा भट्टराईको योगदानको अपमान भएको अनुभुत हुन्छ ।
तक्मा वितरणमा यस्तो खालको तजबिजीले बिभुषित हुनेहरुको सूचिमा नाम हुनेहरुले लज्जीत हुनुपर्ने अवस्था आउनु राम्रो होइन ।
विचार/दृष्टिकोण
-
केही वर्ष अगाडी देखि बालापनको सम्झना गर्दै गुनगुनाइने गीत मध्येको प्रीय गीत हो यो…
-
संसारमा अरबौं मानिसहरु छन् । ती अरबौं मानिसहरुसंग केही न केही प्रतिभाहरु पक्कै हुन्छ…
-
तीन दिनपछि नेपालको वर्तमान गणतान्त्रिक संविधान जारी भएको ६ वर्ष पूरा भएर ७ वर्ष…
-
आलेखको शुरुवात एउटा प्रश्नबाट गर्न मन लाग्यो । के विदेशी सहयोगबिना नेपालले विकास गर्नै…
-
हिजो नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरे ।…
-
हिन्दु सभ्यताका अनुयायी महिलाको महत्वपूर्ण पर्व तीज आज धुमधाम साथ मनाईँदै छ । तीज…
-
चाडबाड धमाधम आउन थालेका छन् । अस्ति मात्र हामीले कुशे औंशी पर्व मनायौं ।…
-
२००४ सालमा संस्कृत छात्राबासमा जयन्तु संस्कृतीको आन्दोलन भएको थियो । त्यसको नेतृत्व श्रीभद्र शर्माले…
-
गत साउन १५ मा दार्चुला जिल्ला व्यास गाउँ पालिका–२ खाङदाङमालका जयसिंह धामी सोही गाउँ…