केही दिन अगाडि व्यास नगरपालिका वडा नं २ का बासिन्दाका लागि वडा कार्यालयले कम्पोष्ट मल बनाउने डस्टविन वितरण गरेको समाचार र तस्विर प्रकाशित भयो । वडाअध्यक्ष काशीराम श्रेष्ठका अनुसार १० लाखको लागतमा ४ सय ५० डस्टविन खरिद गरी कौसी खेती गरिरहेको वडावासीलाई डस्टविन वितरण गरिएको हो । ३० लिटर क्षमताको उक्त डस्टविनमा घरबाट निस्कने कुहिने फोहर जम्मा गरेर कौसी खेतीका लागि मलको रुपमा प्रयोग गर्न सकिने वडाले जनाएको छ ।
वडामा रहेका १७ वटा टोलका लागि प्रतिटोल २० वटाका दरले डस्टविन वितरण गरिएको र यसले खासगरी कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास वडाको छ ।
कुहिने फोहर नै हो जसका कारण सर्बत्र दुर्गन्ध फैैलन्छ र विभिन्न महामारीका कारण समेत कुहिने फोहर नै हुने गरेको छ । यस्तोमा कुहिने फोहर व्यवस्थापनको जुन भिन्न प्रयोग गरिएको छ , यसका वहुआयामिक फाईदाहरु हुने निश्चित नै छ । एकातिर नपालाई फोहर व्यवस्थापनमा सहज हुनेछ भने कौसी खेती मार्फत सहरवासीले विषादी तथा अनावश्यक उच्च पोषक तत्व रहित तरकारी खान पाउने छन् । यसका फाईदा यतिमा मात्र सिमित
छैन । बेलाबेला हुने तरकारी अभाव हटाई महंगीको मारबाट परिवारलाई वचाउँदै वचतमा वृद्धि गर्न समेत यसले सहयोग गर्नेछ । वचत पुँजी निर्माणको आधार हो र पुँजी निर्माण मार्फत नै गाउँ, समाज र समग्र देशलाई समुन्नतिको मार्गमा लैजान सकिन्छ । दुर्गन्धरहित, स्वच्छ र सहर तथा स्वस्थ वासिन्दा बनाउन सानै भएपनि सहयोग पुग्ने त भयो नै ।
तर यसमा सबैभन्दा ठूलो भूमिका सहरवासीको हुन्छ । डस्टविनलाई घरको कुनै कुनामा थन्क्याएर फेरी कुहिने र नकुहिने फोहर एकै ठाउँमा राख्ने, जथाभावि फाल्ने गर्न थाल्यौं भने वडाले गरेको प्रयास व्यर्थ हुनेछ । वडाले पनि आफुले वितरण गरेको डस्टविनको सहि प्रयोग भए नभएको अनुगमन गर्ने र प्रयोग नगर्नेलाई प्रयोगमा ल्याउने प्रेरित गर्नुपर्छ ।
ठूलादेखि साना सहरहरुका लागि फोहर व्यवस्थापना टाउको दुखाई भइरहेका बेला व्यास–२ को यो थालनी बन्दनिय छ भन्दा अत्युक्ति हुँदैन ।
विचार/दृष्टिकोण
-
–व्यास नगर पालिका वडा नं १ मा कार्यालय रहेको छाब्दीबाराही वचत तथा ऋण सहकारीमा…
-
नेपाली काँग्रेसका नेता शेखर कोईरालाले तनहुँ व्यास नगरपालिका दमौली स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा…
-
पृष्ठभूमिःवर्तमान सरकार र संसदको विरुद्ध संविधान र कानुन माथि जालसाजी गरेको आरोप लागेको छ…
-
नेपाली कांग्रेसको १४ औं महाधिवशनको उद्घाटन शत्रमा दुइ अतिथीबीच दोहोरी चल्यो । राप्रपा अध्यक्ष…
-
असारकोे महिना, १५ असारको माहोलः यसपटक १५ असारकै बारेमा कनीकुथी दुई चार कुरा लेखौं…
-
-
वैशाख ३० मा भएको स्थानीय निकायको निर्वाचनको परिणाम आइसकेको छ । देश भरका ७५३…
-
आजको आलेखको शुरुवात सामाजिक सञ्जालमा भेटिएको एउटा लघुकथा साभार गरेर गर्न चाहन्छु ।उहिले राजा…
-
पछिल्लो पटक आइतबार रातीबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा…
