नेपालको राजनीतिक इतिहासमा पुस १६ गते एउटा यस्तो मोड हो, जसले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रर राष्ट्रियतालाई सर्वोपरी मान्ने साहसको प्रतिनिधित्व गर्दछ । आजभन्दा ४९ वर्षअघि बिपी कोइरालाले भारत प्रवासको सुरक्षित जीवन त्यागेर “ज्यान जान सक्छ तर देश रहनुपर्छ“ भन्दै अंगालेको राष्ट्रिय मेलमिलापको नीति आजको नेपाली राजनीतिमा झन् बढी आवश्यक र अर्थपूर्ण बनेको छ ।
सिक्किमको विलय र तत्कालीन दक्षिण एसियाली राजनीतिको अस्थिरतालाई बुझेर बिपीले चालेको त्यो कदम केवल एउटा नेताको स्वदेश फिर्ती मात्र थिएन, बरु नेपालको सार्वभौमसत्ता जोगाउने एउटा ‘कवच’ थियो । आज समय बदलिएको छ, व्यवस्था फेरिएको छ, तर राष्ट्रिय अखण्डतामाथिको चुनौती र आन्तरिक फुटको रोग भने उस्तै छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता नेपाली भूमिमाथि छिमेकीबाट बारम्बार गर्ने अतिक्रमणले हामीलाई पुनः एकपटक सोच्न बाध्य बनाएको छ— के हामी राष्ट्रिय मुद्दामा एक छौँ ?
दुर्भाग्यवश, आजको राजनीतिक परिदृश्य निराशाजनक छ । सत्ता र शक्तिको लुछाचुँडीमा राष्ट्रिय अस्तित्वका सवालहरू ओझेलमा पर्दै गएका छन् । अर्कोतिर, मेलमिलापको नीति प्रतिपादन गर्ने दल नेपाली कांग्रेस आफैँभित्र गुट र उपगुटको दलदलमा फसेको छ । आफ्नै महाधिवेशन समेत समयमा गर्न नसक्ने भएको छ,
कांग्रेस । अनि निर्वाचनका बेला केन्द्रदेखि जिल्ला तहसम्म ’अर्को कांग्रेसलाई हराउनु’ नै आफ्नो सफलता ठान्ने प्रवृत्तिले बिपीको आदर्शलाई गिज्याइरहेको छ ।
“राष्ट्र रहे मात्र राजनीति गर्न पाइन्छ र राष्ट्र बाँचे मात्र प्रजातन्त्रको उपभोग गर्न पाइन्छ ।“
यो शाश्वत सत्यलाई बिर्सिएर जब नेताहरू व्यक्तिगत अहम् र गुटगत स्वार्थमा लाग्छन्, तब वैदेशिक शक्तिहरूले खेल्ने ठाउँ पाउँछन् । पार्टीभित्रको आन्तरिक कलह देख्दा कांग्रेसले बिपीको मेलमिलाप नीतिलाई भाषणमा मात्र सीमित राखेको प्रष्ट हुन्छ । सभापति शेरबहादुर देउवा र अन्य शीर्ष नेताहरूले बुझ्नुपर्छ कि— पार्टीभित्रको मेलमिलाप बिना राष्ट्रिय मेलमिलापको नेतृत्व सम्भव छैन र अब नेताहरुका भाषणमा कार्यकर्ताले विश्वास गर्न छाडेका छन् ।
तसर्थ, राष्ट्रिय मेलमिलाप दिवसको यो अवसर केवल औपचारिक उत्सवमा मात्र सीमित हुनु हुँदैन । कांग्रेसले आफ्ना आन्तरिक तिक्तता त्यागेर एउटा ढिक्का हुँदै महाधिवेशन समयमा सम्पन्न गरी पार्टी नेतृत्वले पनि नयाँजनमत लिन जरुरी छ । नयाँ वर्ष २०२६ को संघारमा उभिएका हामी नेपालीका लागि देशको अस्मिता रक्षा गर्न आन्तरिक एकता नै सबैभन्दा ठूलो हतियार हो । सबैलाई चेतना होस्, मुलुकको अस्तित्व रहे मात्र तपाईंहरूको राजनीति रहन्छ ।
विचार/दृष्टिकोण
-
आगामी मंगलबार पुष १५ गते गुरुङ समुदायले महत्वपूर्ण पर्व तमु ल्होसार मनाउँदैछ । गुरुङ…
-
पृष्ठभूमिःपरम्परादेखि नै महिलाहरु घरेलुहिंसामा परेको आमबुझाईका बीच पुरुषहरु पनि घरेलुहिंसामा परेका घटनाहरु सार्वजनिक भैरहेका…
-
विश्व भरमा पसल, होटल, सपिङ्ग मल अगाडी सेन्टा क्लाउस, ख्रीष्टमस ट्री सजिएको, पसल र…
-
तमु ल्होसार तमु (गुरुङ) समुदायले नयाँ वर्षका रुपमा मनाउने एक महत्वपूर्ण पर्व हो ।…
-
नेपाली कांग्रेस, जुन लोकप्रिय मतका आधारमा सधैँ अगाडि रहने दलका रूपमा चिनिन्थ्यो, विस्तारै कांग्रेसले…
-
हरेक वर्ष जस्तै आज डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी…
-
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस तनहुँमा…
-
पृष्ठभूमिःनेपालको न्यायीक अभ्यास भोगाइ, बुझाइले महिलाले मागेपछि सम्बन्ध विच्छेद हुन्छ तर पुरुषले मागेर सम्बन्ध…
-
यो साता गत मंगलबार डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो । बुधबार…
