भोली शुक्रबार, नोभेम्बर २५ मा नेपाल र संसारभर महिला हिंसा अन्त्य दिवस मनाइँदैछ । महिला विरुद्ध हुने हिंसाको अन्त्यका लागि १६ दिने अभियान पनि भोलीबाटै प्रारम्भ हुँदैछ । महिला हिँसा खासगरी यौन हिंसाको कुरा गर्दा उनीहरुले आफ्ना आफन्तबाटै यस्तो प्रकारको हिंसाको शीकार भएको पाईने गरेको छ । कुनै पनि खालको हिंसाले महिलाहरुमा शारीरिक, यौन, वा मानसिक क्षति वा पीडा निम्त्याउन सक्छ, । तसर्थ महिलामाथि कुनै पनि प्रकारको हिंसा नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनु जरुरी छ ।
महिला माथि हुने हिंसाको कुरा गर्दा आजभोली घनिष्ठ साझेदारबाट हुने हिंसाको कुरा धेरै चर्चामा आउने गरेको छ । घनिष्ठ साझेदार हिंसा भन्नाले शारीरिक आक्रामकता, यौन जबरजस्ती, मनोवैज्ञानिक दुर्व्यवहार र नियन्त्रण गर्ने व्यवहार सहित शारीरिक, यौन वा मनोवैज्ञानिक हानि निम्त्याउने घनिष्ठ साझेदार वा पूर्व–साझेदारको व्यवहारलाई जनाउँछ । १५–४९ वर्ष उमेरका एक चौथाइ महिलाहरू आफ्नो जीवनकालमा कम्तिमा एक पटक (१५ वर्षदेखि) आफ्नो घनिष्ठ साथीबाट शारीरिक वा यौन हिंसाको शिकार भएका हुन्छन् भन्ने अनुमान छ । यस अर्थमा धेरै महिलाहरु यसको शिकार हुने गरेका र त्यसको दीर्घकालिन नकारात्मक असर हुने गरेको बुझ्न सकिन्छ । जसमा शारीरिक, मानसिक, यौन र प्रजनन स्वास्थ्य समस्याहरू पर्दछन् ।
यसले निम्त्याउने परिणामहरु तर्फ विचार गर्ने हो भने अझ गम्भिर हुनु पर्ने र सम्पूर्ण विश्व समुदाय महिला विरुद्ध हुने हिंसाको अन्त्यका लागि एकजुट हुनु पर्ने महसुस हुन्छ । यसका कारण हत्या तथा आत्महत्याका घटनाहरु भएका हामीले देखेका छौं भने गर्भपतनको जोखिम दोब्बर हुने, यौनजन्य रोेगको संक्रमणको डर डेढ गुणा बढी हुने जस्ता समस्या देखा पर्दछन् । यौन हिंसाले जोखिम पूर्ण यौन व्यवहार पनि निम्तिन सक्छ । यी र यस्ता अनगिन्ती समस्याबाट महिलाहरु गुज्रनु पर्ने हुन्छ । त्यसैले हामी सबैले आजकै दिनदेखि महिला हिंसा आफुले नगर्ने र हुन नदिने तथा भएको देखेमा आवश्यक प्रतिरोध र कानुनी उपचारको बाटो खोज्ने कुरामा प्रतिबद्ध हुनु जरुरी छ । आउनुहोस्, यसमा हामी सबैले प्रतविद्धता जनाऊँ ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःनिर्वाचन आयोगले मंसिर ४ गते मतदानका दिनको सवारी आवागमनलाई व्यवस्थित गर्न कार्तिक २६ गते…
-
नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेसलाई गठबन्धनको वैशाखी टेकेर निर्वाचनमा जान आवश्यक थियो या…
-
पञ्चायतले ३० वर्षको अवधिमा नागरिकका अपेक्षा पूरा गर्न सकेन अझ नेताहरुको भाषामा केही गर्न…
-
कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला…
-
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र,…
-
वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु…
-
२०४६ सालको प्रथम जनआन्दोलनका सर्वाच्च कमाण्डर तथा नेपाली जनमनको सर्वाेच्च नेता अनि लौह पुरुषका…
-
पृष्ठभूमिःनिर्वाचन आयोगका निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार पत्रकार सम्मेलन गरेर फरक परिवेशमा विशेष कडाईका…
-
प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनको मिति नजिकिँदै जाँदा दल तथा स्वतन्त्र उम्मेदबारहरु घर…