विगत छ वर्षका डिसेम्बर ८ तारिख जस्तै यस वर्ष पनि गत ८ तारिखमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइयो । मर्यादित महिनावारी महिलासँग सम्बन्धित कुरा मात्र होइन बरु यो दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ ।
महिनावारी महिलाको जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका अर्वाै महिलाको मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन हो । तैपनि विश्वभरि लाखौँ महिला आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन् । यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाइन थालिएको हो ।
मर्यादित महिनावारी भन्नाले महिला वा किशोरीहरूले महिनावारीको समयमा स्वच्छता, आराम र आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने अवस्थालाई बुझाउँछ। यो केवल प्याड वा कपडा प्रयोग गर्ने विषय मात्र नभई महिनावारीसँग जोडिएका सामाजिक कलंक, विभेद र प्रतिबन्धहरूलाई तोड्दै सबैलाई महिनावारी व्यवस्थापनका लागि आवश्यक ज्ञान, सामग्री र वातावरण सुनिश्चित गर्नु हो । यसरी हेर्दा मर्यादित महिनावारीले महिलाको स्वास्थ्य सुरक्षा बढाउँछ अर्थात महिलाले महिनावारीको समयमा उचित सरसफाइ कायम गर्दछन् । यसका कारण संक्रमण र प्रजनन स्वास्थ्य समस्याहरूको जोखिम कम हुन्छ । यसले शिक्षामा पहुँच बढाउनुका साथै आत्मविश्वास बढ्छ ।
मर्यादित महिनावारी महिला र किशोरीहरूको मानव अधिकारको विषय हो । यसलाई सुनिश्चित गर्न व्यक्तिगत सरसफाइदेखि सामाजिक चेतना र पूर्वाधार निर्माणसम्म बहुपक्षीय प्रयासको खाँचो छ । जबसम्म महिनावारीलाई सम्मानका साथ व्यवस्थापन गर्न सकिँदैन, तबसम्म लैङ्गिक समानता हासिल गर्न कठिन हुन्छ । आधा आकाश ओगटेका हाम्रा आमा, दिदी, बहिनी तथा छोरीको मर्यादित महिनावारीको वातावरण निर्माण भएमा मात्र समग्र विश्व, देश, समाज र परिवारले अपेक्षित समुन्नति हासिल गर्न सक्छन् ।
विचार/दृष्टिकोण
-
पृष्ठभूमिःनेपालको संविधानले नेपाली जनतालाइ सार्वभौमसत्ता सम्पन्न मानेको छ । तर नेपालमा नेपाली जनता कोही…
-
–करोडौं खर्चेर दमौलीमा सभाहल बन्यो । वातानुकलित उक्त हल ह्वील चियरको भरमा हिँडडुल गर्नुपर्ने…
-
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म, विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने…
-
आज किराँत समुदाय (राई, लिम्बू, सुनुवार, याख्खा आदि) ले मनाउने एक प्रमुख चाड उधौली…
-
तनहुँ आवाज साप्ताहिकले २०८२ साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २९औं बर्ष पुरा गरी…
-
पृष्ठभूमिःअदालत बद्नाम हुनुमा साना कर्मचारीदेखि ठूला कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । गाउँ गाउँ अर्थात…
-
अंग्रेजी पात्रो अनुसार हरेक वर्ष नोभेम्बर २५ मा संसार भर महिला हिंसा अन्त्यका लागि…
-
आगामी सोमबार अंग्रेजी डिसेम्बर महिनाको पहिलो दिन र संसारभर सोही दिन विश्व एड्स दिवस…
-
आज नोभेम्वर २० अर्थात मंसिर ४ गते विभिन्न कार्यक्रम गरी संसारभर बाल अधिकार दिवस…
