आज आक्टोबर महिनाको दोस्रो विहिबार । विश्वभर अक्टोबर महिनाको दोस्रो विहिबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
हामीलाई संसारका रङ्ग, रूप, गति र सुन्दरतालाई अनुभव गर्न सक्षम बनाउने दृष्टि, सृष्टिले मानिसलाई दिएकामध्ये सबैभन्दा ठूलो वरदान हो । तर,जब कसैको जीवनमा यो प्रकाशको अभाव हुन्छ, त्यस अवस्थालाई दृष्टि विहीनता भनिन्छ । दृष्टि विहीनता कुनै रोग मात्र होइन, यो एक शारीरिक अवस्था हो जसले व्यक्तिको दैनिक जीवनमा ठूला चुनौतीहरू खडा गर्दछ र समाजका लागि समावेशीताको एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ ।
दृष्टि विहीनताका कारण आम मानिसले परिवार तथा समाजमा भोग्नु पर्ने अनगिन्ती समस्याहरु छन् । हाम्रा भौतिक संरचनाहरु दृष्टिविहीन मैत्री छैनन भने ब्रेललिपी तथा अडियो सामग्री उपलब्ध नहुँदा पठनपाठनमा पनि उनीहरुले ठूलो समस्या भोग्नु पर्ने हुन्छ । समाजमा व्याप्त अज्ञानता र त्यसका कारण सिर्जना हुने भेदभावले एउटा ष्टिविहीनको जीवन अझ कष्टकर बनेको हुन्छ ।
तर दृष्टि विहीनहरुले सम्झनु पर्ने के हो भने यसले कुनै पनि व्यक्तिको क्षमता र संकल्पलाई सीमित पार्न भने सक्दैन । हामीले थुप्रै दृष्टि विहीनहरु देखेका छौं र चिनेका छौं जसले अन्य मानिसले झैं विभिन्न क्षेत्रमा राम्रो र उल्लेखनिय काम गरेर नाम र दाम दुबै कमाएका छन् । अहिले जापानमा सम्मानित र सुखद जीवन विताइरहेका चितवनका जन्मजात दृष्टि विहीन डा.कमल लामिछाने यसका एक उदाहरण हुन् । आन्तरिक दृष्टि र सकारात्मक सोचले लामिछानेलाई जुन स्थानमा पु¥यायो, अरुलाई पनि त्यही सफलताको सिँढीमा पु¥याउन सक्छ ।
हामीले यो कुरा बुझ्नुपर्छ कि एउटा सभ्य समाजको पहिचान भनेकै आफ्ना हरेक सदस्यलाई समान अवसर र सम्मान प्रदान गर्नु हो । दृष्टिविहीन व्यक्तिहरूलाई ‘दया गर्नु’को सट्टा, उनीहरूको क्षमतामा विश्वास गर्दै, उनीहरूलाई समाजको सक्रिय हिस्सा बनाउनु आजको आवश्यकता हो । जब सबैको आँखा र मन खुल्छ, तब मात्र एउटा समावेशी र उज्यालो संसारको निर्माण सम्भव हुनेछ । यसका लागि सबैलाई अनुकूल हुने भौतिक पूर्वाधार निर्माण, शिक्षामा समान अवसर, समाजको चेतनामा अभिवृद्धि जस्ता काम गर्नुपर्ने हुन्छ । यता तर्फ सरोकासवाला सबैको ध्यान जाओस्, विश्व दृष्टि दिवसको अवसरमा यही कामना ।
विचार/दृष्टिकोण
-
गत आइतबार “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी बाल…
-
जनप्रतिनिधि र सरकारको भ्रष्टाचार, करको दुरुपयोग, नातावाद, र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा जेन जेड…
-
नेपालको असफल विकास र यसका लागि गलत विकास प्रक्रियाको अध्ययन महत्वपूर्ण बन्दै गएको छ…
-
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले अस्ती भदौ २४ गते आफ्ना संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालाई…
-
दुर्घटना कहिले, कहाँ, कसरी हुन्छ भन्ने कुराको कुनै अनुमान हुँदैन । यस्तो अवस्थामा प्राथमिक…
-
नेपाल जस्ता देशमा जातिय विभेदको कारण समाजमा बस्ने सबै समुदायले समान रुपमा विकास प्रक्रियामा…
-
पृष्ठभूमिःकसूर, अपराध, पक्राउ, थुना, जरिवाना, कैद, कैदी बन्दीको अधिकार हाम्रो जानकारीको अभिन्न पक्ष हो…
-
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफुले अवतार ग्रहण गर्नाको कारणबारे कर्मयोगको ७ औं श्लोकमा अर्जुनसंग भनेका छन्,यदा…
-
देशको आर्थिक विकास, संम्वृद्धि, राजनैतिक स्थायित्व, विकासका लागि आधारस्तम्भ हो । जब देशमा राजनैतिक…
