आज भन्दा १९ बर्ष अगाडि आजैका दिन बैशाख ११ गते नेपाली जनतामा हर्ष, उन्माद, विजयोत्सवको लहर चलेको थियो । नेपाली जनता सार्वभौम भएको आत्मगौरवले हर्ष, उन्माद सहितको विजयोत्सव मनाएका थिए । १० बर्षे सशस्त्र विद्रोहले विधवा भएका, टुहुरा भएका, वेसाहारा भएका, वेपत्ताका अभिभावक सबैमा आशाको किरण छाएको थियो । सशस्त्र विद्रोहको लक्ष्य परिक्षणको समय शुरु भएको दिन, अग्रगामी छलाङ्ग मारी क्रान्तिकारी परिवर्तन गरी नेपाललाई सिंगापुर बनाउने सपना बाँडेर निर्माण गरेको विद्रोहको धरातलमा पाएको राजनीतिक परिवर्तनले दिने उपलब्धि प्रतिक्षाको समय शुरु भएको दिन थियो २०६३ साल बैशाख ११ गतेको दिन ।
नेपाली जनताले लोकतन्त्रको नाममा वालुवाटार काण्ड, सिसिटिभि काण्ड, लडाकु शिविर घोटला काण्ड, कम्वोडिया काण्ड, वाइडवडी काण्ड, ललिता निवास काण्ड, सहकारी अपचलन काण्ड, टेरामक्स काण्ड, भुटानी शरणार्थी काण्ड, पशुपतिको जलहरि काण्ड, पोखरा विमानस्थल निर्माण कमिशन काण्ड जस्ता काण्डै काण्डले लुटिन पर्दछ भनेर, ऋणको भारी बोक्नु पर्दछ भनेर नेपाली जनताले अनुमानसम्म गरेका थिएनन् ।
१९ बर्षे लोकतन्त्रले जनतामा भारी निराशा र विद्रोह जन्माएको छ । लोकतान्त्रिक आन्दोलनको अभियन्ताहरु गणेशमान, कृष्णप्रसाद भट्टराईहरुले आफैले जन्माएको नेपाली काँग्रेसको साधारण सदस्यता समेत त्याग गर्नुपर्ने वातावरण निर्माण गरिदियो यो लोकतन्त्रले । एमाले निर्माणमा निर्भिकताका साथ विवेकको बोल बोलेर होमिएका भिम रावलहरु बीष पान गरेर एमालेमै रहन खोज्दा पनि निकालियो । उल्लेखित काण्डैकाण्डमा कहिकतै सम्लग्नता नदेखिएका धेरैलाई कसुरदार ठहराएर सजायभागि बनाइएको छ । तर सार्वजनिक भएका उल्लेखित काण्ड लगायतका लोकतान्त्रिक काण्डका अभियुक्तहरु स्वघोषित राजनेता कहलिएका छन् । १९ बर्षे लोकतन्त्रको उपलब्धि आम नेपालीले त्यसैलाई मान्न परेको छ ।
लोकतान्त्रिक इतिहासको ३६ बर्ष अर्थात गणतान्त्रिक इतिहासको १९ बर्ष नेपाली जनता निराशा र विद्रोहका साथ सडकमा उत्रेर अर्को इतिहास निर्माण गर्न पर्ने अवस्था निम्त्याएका शासकहरुको बेलैमा चेत खुलोस् । १९ बर्षे लोकतन्त्र दिवसले लोकतान्त्रिक आवरणमा सिद्धान्त विहिन भागबण्डामा देश र जनता लुट्ने अहंकारी तानाशाह बनेका शासकहरुमा सद्बुद्धि पलाओस् । हिजो राजतन्त्रलाई विदाई गरेजस्तै वातावरण बन्दै गएको गणतन्त्रलाई विदाई गर्ने दिन नआओस् । लोकतन्त्रले संजिवनी पाओस्, १९औँ लोकतन्त्र दिवसलाई – शुभकामना ।
विचार/दृष्टिकोण
-
एउटा भिखारी कुनै घरमा दैनिक भिक्षा माग्न जान्थ्यो । ढोकामा एक वृद्धा बसिरहेकी हुन्थिन्…
-
नेपालको विकास संम्बन्धमा एक उदयमान शक्तिको जन्म नभै जनताका समस्याका समाधान हुन नसक्ने ठोकुवा…
-
विक्रम सम्बतको नयाँ वर्ष २०८२ गत सोमबार बाट प्रारम्भ भएको छ । सार्वजनिक ऋण…
-
-
यो हप्ता मुलुकको स्वरुप आन्दोलित रुपमा प्रकट भएको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ…
-
अर्थतन्त्रको विषयमा चर्चा गर्दा आर्थिक समस्या र चुनौतिहरुको विश्लेषण विवेचना गर्दा दिगो विकासको (Sustainable…
-
पृष्ठभूमिःसम्बन्ध विच्छेदको सवालमा मुलुकी ऐनले भन्दा भिन्न व्यवस्था मुलुकी देवानी संहिताले ग¥यो । महिलाले…
-
एक व्यापारी मन्दिरमा रहेको भगवानको मूर्ति सामु उभिएर भन्यो, “भगवन मलाई व्यापारमा मनग्य फाईदा…
-
नेपालको विकासमा ग्रामिण विकासका विभिन्न आर्थिक नमुनाहरु परिक्षण गरिसकिएका छन् । ग्रामिण विकास प्रयास…
