दमौली/ व्यास नगरपालिकाले तयार पारेको बैरेनी जग्गा एकीकरण आयोजना सहरी विकास मन्त्रालयले स्वीकृत गरेको छ ।
मंगलबार विज्ञप्ती प्रकाशित गर्दै नपाले आफुले तयार गरेको एकीकृत जग्गा विकास परियोजना अन्तर्गतको वैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको जनाएका हो । मन्त्रालयद्वारा फागुन २ गते राजपत्र प्रकाशित गरी परियोजना स्वीकृत प्रदान गरको जग्गा व्यास नपा १० अन्तर्गत पर्दछ ।
वैरेनी जग्गा एकीकरण आयोजना अन्तरगत १५३६ रोपनी जग्गाको सम्भाव्यता अध्ययन भई पहिलो चरणमा २६१ रोपनीमा जग्गा विकास योजना लागु गर्न संघीय मत्रालयको सहमती प्राप्त भएको भएपनि राजपत्रमा प्रकाशित भएको थिएन । राजपत्रमा प्रकाशित भएसंगै परियोजनाले औपचारिक स्वीकृति पाएको हो । परियोजना अन्तर्गत साविक फराकचौर गाविस वडा नं ८(घ) र (ङ) का ६४ कित्तामा समेटिएका जग्गाहरु रहेका छन् ।
नगरपालिकाको व्यवस्थित सहरीकरण अभियानमा यो स्वीकृति कोसेढुंगा सावित हुने भन्दै मन्त्रालय तथा स्थानीय जग्गा धनीहरु, जग्गा विकास समितिका पदाधिकारीहरु, जनप्रतिनिधि, विज्ञ समेत सबैका प्रति व्यासले विज्ञप्तीमा आभार प्रकट गरेको छ ।
आयोजना अन्तर्गत व्यास ११ रानीगाउँमा ११२६ रोपनीको सम्भाव्यता अध्ययन भएको, व्यास ६ शिसाघााटमा नयाँ सहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोष मार्फत सहरी विकास विभागमा अगाडि बढाइएको र व्यास ५ मानहुँकोटको गुरु योजना समेत तयार भएको विज्ञप्तीमा जानकारी गराइएको छ ।
Tanahu Awaj
-
दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएको छ भने विद्यालयहरु,…
-
-
आजकल ढिलो गरिकन ऊठ्छे बुहारी ।ऊठ्ना साथ फेसबुक तीरै जुट्छे ।। सभ्यताको कुरै छाड…
-
नेपाल सरकारले एमसिसि सम्झौता ससदबाट अनुमोदन गर्ने प्रयोजनका लागि फागुन ४ गते संसद सचिवालयमा…
-
पृष्ठभूमिःनावालाकलाई संरक्षण गर्न सक्छ, हुन्छ भनेर परिवार, गाउँ समाजले पत्याएको व्यक्तिलाई ‘माथवर’ भनिन्छ ।…
-
दमौली अस्पतालमा कार्यरत चिकित्सकहरुले तलब तथा प्रोत्साहन भत्ता नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकषर्ण…
-
अबको स्थानीय निर्वाचन समयमै होला या नहोला अन्यौलताको अन्त्य तत्कालको लागि भएको छ ।…
-
दमौली/MCC विरुद्धमा देशव्यापी जनआक्रोस बढ्दै जान लागेको बेलामा बुधबार दमौलीमा छ दलीय मोर्चाले झिल्को…
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले फागुन नौ गतेबाट चौथो चरणको जिल्लाभ्रमण शुरू गर्ने भएकोछन्…
