विशेषसम्वाददाता
नेपाली राजनीतिमा २०४६ सालदेखि बहुदलीय प्रतिष्पर्धाको अभ्यास पुनः शुरु भएको हो । २०६३ सालबाट त झनै संघीय लोकतान्त्रिक गणतन्त्रको सैद्धान्तिक धरातलमा बहुदलीय प्रतिष्पर्धा भैरहेको थियो । नेकपाको दुई तिहाई बहुमतको सरकारले पनि पाँच बर्ष सरकार सञ्चालन गर्न सकेन । दुईतिहाई बहुमतको सरकार सर्वोच्च अदालतको निर्णयबाट तीन टुक्रा हुन पुग्यो । करिब छ महिनाको अन्तरमा एउटै सरकारबाट दुई पटक संसद विघटन भयो । संविधान बचाउने बहानामा बनेको सत्तागठबन्धनलाई निरन्तरता दिनका लागि लोकतान्त्रिक बहुदलीय प्रतिष्पर्धाको सैद्धान्तिक मूल्य मान्यता र स्वाभिमानी कार्यकर्ताको भावनालाई निमोठ्दै स्थानीय तहदेखि संसदीय निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रतिबद्धता जोहर गरिएको छ ।
बहुदलीय प्रतिपर्धाको सैद्धान्तिक मूल्य मान्यता र आदर्शका लागि जेलनेल भोगेका रामचन्द्र पौडेलको अभिष्ट सहयोद्धा गोविन्दराज जोशीलाई राजनीतिको मूल प्रवाहमा आउन नदिनका लागि माओवादी, नेकपा एस समेतका दलसंग गठनबन्धन गर्नु राजनीतिक आदर्श बन्यो ।
माधवकुमार नेपाललाई आफ्नो सहयोद्धा केपि ओलीसंगको प्रतिषोधले रामचन्द्र पौडेलसंग गठबन्धन गर्नु राजनीतिक मूल्य र मान्यता बन्यो ।
तनहुँको राजनीतिक परिवेशको कुरा गर्दा अब बाँकी रह्यो नेकपा एमाले र नेपाली काँग्रेसको गोविन्दराज जोशी
समूह । परिस्थितिले यी दुई समूह बीच पनि गठबन्धन गर्नुपर्ने राजनीतिक परिवन्ध बन्यो ।
यो गठबन्धनले नेपाली राजनीतिमा राष्ट्रिय चर्चा पाएको छ । त्यो चर्चाको पुष्टि एउटा ट्वीटबाट हुन्छ । त्यो पूर्व मन्त्री जेपी गुप्ताको । उनले लेख्छन्– ‘आसन्न चुनावका संभाव्य ‘कुरुक्षेत्र’ हरुमा तनहुँ जिल्ला रहने पक्कै छ । जोशीले काँग्रेसमा रहन चाहदा–चाहदै काँग्रेसलाई चाहिएन । अब हुत्याएरका जोशी र काँग्रेसको भेट रणक्षेत्रमा हुने भो । युद्धनीतिनुसार सबैलाई मित्र रोज्ने मौका हुन्छ । हेरौं अब व्यास गुफाको आँखीझ्यालबाट के देखिने हो ?’
२०७९ को बैशाख ३० गतेसम्म पुग्दा स्थानीय तहको चुनाव हुने वातावरण बन्यो भने आजको बहूदलिय प्रतिपर्धाका पक्षपाती दलहरुले राजनीतिक आदर्श र सैद्धान्तिक धरातललाई निमोठेर सत्ताकेन्द्रित राजनीति गरेको पुष्टि हुने नै छ । संगसंगै यो संविधान, संघीयता र धर्मनिरपेक्षताको विरुद्धको जनमत जागेर सडकमा उत्रने राजनीतिक वातावरण निर्माण गर्नेछ ।
Tanahu Awaj
-
दमौली/भोलीबाट सुरु हुने एसईई परीक्षामा तनहुँका १८० विद्यालयका विद्यार्थीका लागि ४६ केन्द्र तोकिएको शिक्षा…
-
दमौली/व्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफु फेरी नगर प्रमुख हुन चाहेको बता्एका छन्…
-
सेवर/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले सर्वज्योति माध्यमिक विद्यालयमा बुधबार समन्वय वैठक सम्पन्न गरेको छ…
-
विसं २०७२ वैशाख १२ गते शनिबार मध्यान्हको समय नेपालीजनका लागि त्रास बोकेर आएको रहेछ…
-
नेपाली काँग्रेसमा वि.पि. कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्यय चार…
-
मैदान अनि चौतारी सब सुनसान छ फर्क युवा ।मान्छेमान्छेमै लुछाचुडी हानाहान छ फर्क युवा…
-
पृष्ठभूमिःछोडपत्र अर्थात सम्बन्ध विच्छेद माग्ने पत्निले अंशमा दावा गर्न पाईदैन भन्ने भ्रम केही घरेलुहिंसा…
-
विहिबारबाट हाम्रो भित्ताका क्यालेण्डरहरु फेरिएका छन् । विसं २०७८ लेखेको भित्तेपात्रो फालेर हामीले विसं…
-
फूटबललाई खेलहरुको राजा मानिन्छ । हुन पनि हो, चार चार बर्षमा सञ्चालन हुने विश्वकप…
