दमौली/नेपाल सरकार तथा स्थानीय सरकारको तर्फबाट मंसिर ४ गतेको निर्वाचनलाइ लक्षित गरेर चार विज्ञप्ति सार्वजनिक भएको छ । गृह मन्त्रालय, व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट निर्वाचन लक्षित विदाहरु सार्वजनिक भएका हुन् ।
गृह मन्त्रालयबाट मंगलबार जारी विज्ञप्ति अनुसार दुई तहको सार्वजनिक विदाको घोषणा गरेको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरुलाई मंसिर २ गतेदेखि पाँच गतेसम्म विदा दिएको छ । त्यसैगरी सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मतदानको दिन र भोलिपल्ट अर्थात मंसिर ४ गते र ५ गते सार्वजनिक विदा दिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मंसिर ४ को मतदानलाइ शान्तिपूर्ण र भयरहित वातावरणलाई काबुमा राख्नका लागि मदिरा सेवन तथा बिक्रिवितरण निषेधित क्षेत्र तोकेको सूचना सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ बजेसम्म जिल्लाभर मदिरा सेवन तथा बिक्रीलाइ वितरण निषेध गरेको
छ । मंगलबार बसेको जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले मतगणनास्थलका हकमा भने मंसिर ४ गतेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्मको लागि मतगणनास्थलदेखि तीन सय मिटरको वरिपरि मदिरा सेवन तथा विक्रिीवितरणलाई निषेध गरेको
छ ।
यसैवीच मंसिर ४ गतेको निर्वाचनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ अन्तरगतका कर्मचारीहरु मतदान कार्यमा खटिई जानु पर्ने भएका कारणले दैनिक रुपमा कार्यालयबाट प्रवाह हुने सेवाका लागि जनशक्ति अप्रयाप्त हुने कारण देखाइ मंसिर १ र २ गते सबैसेवाहरु स्थगन गरेको सूचना दिएको छ । अतिआवश्यक सेवाहरु भने स्थगन नगरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशी राम गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।
व्यास नगरपालिकाले गृह र जिल्ला प्रशासनको विज्ञप्ति पछि बुधबार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु मतदानमा खटिएको हुनाले पठनपाठनमा असर पर्ने कारण जनाउँदै हिउँदे विदाबाट कट्टी हुने गरी मंसिर १ र २ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । यद्यपी नेपाल सरकारको निर्णयबाटै दुई गतेदेखि विदा भएको सन्र्दमा २ गतेको विदा समेत हिउँदे विदाबाट कट्टी हुने सूचना सार्वजनिक हुनु व्यवहारिक भएकी भन्ने सम्बद्ध पक्षले टिप्पणी गरेको छ ।
Tanahu Awaj
-
दमौली/निर्वाचन आयोगले मंसिर १ गते राती बाह्र बजेपछिको समयलाई स्थिर समय भनेको छ ।…
-
पञ्चायतले ३० वर्षको अवधिमा नागरिकका अपेक्षा पूरा गर्न सकेन अझ नेताहरुको भाषामा केही गर्न…
-
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ ।…
-
व्यास गुफामा कात्तिक १ गते देखि संचालन हुँदै आएको सातौँ विश्व ॐकार तथा हिन्दुमहामिलान…
-
१झिक्यो मह रित्याई सक्यो घार फर्केर आउँदैनएक पटक आउँछ मौका बारबार फर्केर आउँदैनराष्ट्रघाती र…
-
[3d-flip-book id=”8192″ ][/3d-flip-book]
-
कार्तिक महिनाको तेस्रो साता अर्थात गएको साता तनहुँको राजनीतिमा गोविन्दराज जोशीको पक्षमा जनमत जाला…
-
निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र,…
-
वर्षको ३६५ दिनमा अनगिन्ति दिवसहरु मनाईन्छन् । कुनै राष्ट्रिय दिवसहरु त कुनै अन्तराष्ट्रिय दिवसहरु…
