विशेष सम्वाददाता
मंगलबार आफ्नो तेस्रो प्रधानमन्त्री कालको एक वर्ष पूरा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालको यो कार्यकाल सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षि नेकपा एमालेलाई साइजमा राख्न सफल देखिएको छ ।
‘मेरा लागि यो अन्तिम अवसर हो। देश र जनताका पक्षमा काम गर्नेछु।’ भन्दै प्रधानमन्त्रीको कुर्सीमा बस्ने पुगेका दाहालको यो कार्यकाल जनअपेक्षा सम्बोधनका हिसाबले अघिल्लाभन्दा भिन्न हुन भने सकेन ।
गत वर्ष पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका दाहालको अघिल्ला दुइ कार्यकाल ९÷९ महिनाका थिए । यस पटक एक वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको तथा आफ्ना लागि अन्तिम अवसर भएकाले जनताका पक्षमा काम गर्छु भन्ने प्रतिपद्धता जनाएका भएपनि सो अनुकुल काम भने दाहालले यो एक वर्षमा गर्न सकेनन् ।
१२ महिने कार्यकालमा १२ पटक मन्त्री परिषदको हेरफेर र विस्तार गरेका दाहालले प्रधानमन्त्री हुँदै गर्दा द्वन्दकालिन मुद्दाहरुको टुंगो लगाउने, देशमा सुशासन कायम गर्ने, विकास निर्माणका कामलाई गति दिनेलगायत दर्जनौं बाचा गरेका थिए । तर जनताले महसुस गर्ने गरी यि कुनैपनि क्षेत्रमा काम भएका छैनन् । देशको अर्थतन्त्र डामाडोल छ । जनतामा चरम निराशा छ । र पछिल्ला दिनहरुमा व्यवस्था माथि नै प्रश्नहरु उठ्न थालेका छन् । तर यावत समस्याको समाधानमा दाहालको खासै चासो देखिएको छैन । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा सरकारको जस्तो कदमको जनअपेक्षा थियो, त्यो हुन नसक्दा दाहाल र सिंगो सरकारमाथि जनताको विश्वास टुट्दै गएको छ । नागरिकमा आशाको सञ्चार हुने कुनै ठाउँ दाहालले दिन सकेका छैनन् । बरु रेशम चौधरी, रिगल ढकालका बाँकी कैद मिनाहा गर्ने निर्णय तथा त्रिभुनव विश्व विद्यालयमा प्राध्यकपक कुट्ने विद्यार्थीलाई छुटाउने निर्णयले दाहाल नेतृत्वको सरकारलाई बद्नाम बनायो ।
जनताको दैनिकी सजिलो बनाउने काममा असफल भएपनि सत्ता सहयात्री कांग्रेस तथा प्रमुख प्रतिपक्षि एमालेलाई निहु खोज्न नसक्ने अवस्थामा पु¥याएर सत्ता यात्रा लम्व्याउन भने दाहाल सफल भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका बालकृष्ण खाँडलाई जेलको चिसो छिँडीमा मात्र पु¥याएनन्, सभापति देउवा पत्नी आरजु देउवाको नाम समेत मुछेर सिंगो कांग्रेस र देउवालाई साइजमा राख्न दाहाल सफल भए । उता नेता टापबहादुर रायमाझीको नियती पनि त्यही बनाई दिएर तथा बालुवाटार जग्गा काण्ड अनि पशुपतिको जहलहरी काण्डलाई व्युँत्याएर एमालेलाई समेत साइजमा राख्न दाहाल सफल भएका छन् । जसले उनको सत्ताको आयु लम्व्याएको छ ।
Author
Tanahu Awaj
-
पृष्ठभूमि नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा वि.सं. १९३३ फागुन २ गते एक महत्वपूर्ण मितिको रुपमा…
-
[3d-flip-book id=”10061″ ][/3d-flip-book]
-
एक पटक एक मुर्तीकारले नदी किनारबाट दुइवटा ढुंङ्गा लिएर आयो । त्यस मध्ये एउटा…
-
सदरमुकामबाट यातायात पछि ट्राफिक कार्यालय बाहिरिदै संकटमा सदरमुकामको पहिचानगत अस्तित्व
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातास्थानीय तहले काम गर्न थालेपछि सदर मुकामको पहिचानगत अस्तित्व नरहने धेरैको अनुमान थियो ।…
-
कमलबारी/व्यास नपा–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविमा अध्ययनरत बालबालिकाले खेलकुद पोशाक (स्पोर्टस् ड्रेस) पाएका छन्…
-
नेपाल राष्ट्र बैंकले गत बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै…
-
-
दमौली/म्याग्दे गाउँपालिका तनहुँले गाउँसभाको १५ औं अधिवेशन सोमबार सम्पन्न गरेको छ । गाउँसभाले तीन…
-
दमौली/व्यास नगरपालिका वडा नं २ घर भई हाल बेलायत बस्दै आएका व्यवसायि एवम् समाजसेवि…
