हरेक वर्ष सेप्टेम्बर १६ मा विश्व ओजोन तह वचाउ दिवस मनाइन्छ । सन् १९८७ मा २४ वटा राष्ट्रहरुले ओजोन तह विनाश गर्ने हानी कारक तत्वहरुको उत्पादन कम गर्न ‘मोन्टेरोल’ हस्ताक्षर गरेका थिए । सोही दिनको सम्झनामा सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो ।
ओजोन तह के हो ?
पृथ्वीको सतहबाट १६ किलो मिटर देखि ५० किलो मिटर सम्म उचाइमा रहेको वायु मण्डलिय तहलाई समताप मण्डल भनिन्छ । यस तहमा रहेको हल्का निलो रङको ओजोन ग्याँसको प्राकृतिक तहलाई ओजोन तह भनिन्छ । पृथ्वीको सतह नजिकै थोरै मात्रामा पाईने आजोन ग्याँस विषाक्त हुने भएपनि त्यहाँबाट झण्डै १६ किमी भन्दा माथि रहेको ओजोन ग्याँस र त्यसको तह भने पृथ्वीका सम्पूर्ण जीवहरुका लागि सुरक्षित छाता मानिन्छ । पृथ्वीमा जीवहरु बाँच्नका लागि अनुकुल वातावरण सृजना गर्न ओजोन तहको महत्वपूर्ण भूमिका रहेको छ । यस तहले सूर्यबाट पृथ्वीमा आउने ९९ प्रतिशत परावैजनी किरणहरुलाई सोसेर राख्दछ । फलस्वरुप पृथ्वीका जीव जनावरहरु यस किरणको दुष्प्रभावबाट सुरक्षित रहन्छन् ।
ओजोन तहको विनाशको कारण के हो ?
विभिन्न कारणले ओजोन ग्याँसको प्राकृतिक तह पातलो हुँदै जानु अथवा त्यस तहमा प्वाल पर्नुलाई ओजोन तह विनाश भनिन्छ । ओजोन तह विनाशको मुख्य कारण मानव नै हो । उद्योग कलकारखाना, यातायातका साधन र हामीले नै प्रयोग गर्ने रफ्रिजेरेटर तथा एयर कण्डिसनरबाट ओजोन तह विनाशक रसायनहरु वायु मण्डलमा उत्सर्जित हुन्छन् । क्लोरोफ्लोरो कार्वन, मिथाइल, ब्रोमाइड, कार्वन टेट्रोक्लोराइड जस्ता क्लोरिन, ब्रोमिन तथा अक्साइड रेडिकल भएका झण्डै ९४ वटा रसायनहरु ओजोन तह विनाशका लागि जिम्मेबार छन् । सर्वप्रथम बेलायतका बैज्ञानिक व्ऋ ँबचmबल ले ओजोन तह विनाश सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका
थिए । उनले सन् १९८५मा अन्र्टाटिका महाद्विपको माथिल्लो भागमा रहेको ओजोन तह पातलिँदै गएर प्वाल परेको बताएका थिए । स्मरण रहोस्, परावैजनी किरणको उपस्थितिमा प्राकृतिक रुपमै पनि ओजोन ग्याँसको निर्माण र विनाश भैरहेको हुन्छ ।
ओजोन तह विनाश र क्लोरोफ्रोरो कार्वन
ओजोन तह विनाश गर्ने प्रमुख रसायन क्लोरोफ्रोरो कार्वन (ऋँऋक) हो । यस रसायनमा रहेको क्लोरिन रेडिकलले परावैजनी किरणको उपस्थितिमा ओजोनको अणुसंग रसायनिक प्रतिक्रिया गर्दछ र ओजोन ग्याँसलाई टुक्राउँछ । एउटा ऋँऋ को अणुले एकलाखवटा सम्म ओजोनका अणुलाई विनाश गर्ने क्षमता राख्दछ । त्जयmबक mष्ततक ले सन् १९३० मा आअक को आविष्कार गरेका हुन् । यो ग्याँस स्थिर, नबल्ने र विषाक्त रहित
हुन्छ । यसलाई चिस्याउने कार्य तथा घोलको रुपमा प्रयोग
गरिन्छ । स्प्रे क्यान (परफ्युम) , एयर कण्डिसनर तथा प्लाष्टिक उत्पादनमा समेत ऋँऋक को प्रयोग गरिन्छ । विश्वमा जति धेरै ऋँऋक को प्रयोग बढ्दै जान्छ , ओजोन तह विनाशको खतरा पनि त्यति नै बढ्दै जान्छ ।
ओजोन तह संरक्षण गर्न किन आवश्यक छ ?
ओजोन तहले सूर्यबाट आउने ९९ प्रतिशत परावैजनी किरण सोसेर राख्दछ । यदि ओजोन तह पातलिँदै गयो वा प्वाल प¥यो भने ति हानिकारक परावैजनी किरणहरु सिधै पृथ्वीको सतहमा आइपुग्छन् । सामान्यभन्दा धेरै परावैजनी किरणहरु पृथ्वीको सतहमा आएमा पृथ्वीको तापक्रम बढ्दै जान्छ र पारिस्थितिक पद्धतिमा नराम्रो असर पार्दछ । यसले पृथ्वीमा रोगको प्रकोप बढाउने साथै हिमालको हिउँ विस्तारै सकिएर समुन्द्री सतह बढ्न जान्छ । जसले गर्दा मालदिभ्स जस्ता सामुन्द्रिक टापु भएका देशहरु डुवानमा पर्दछन् । हानिकारक परावैजनी किरणले मानिसको आँखामा मोतिया बिन्दु, छाला चिरा पर्ने तथा छालाको क्यान्सर हुने, रोगसंग लड्ने शक्ति घटाउनुको साथै मानिसको म्ल्ब् मा समेत असर पार्दछ र भविष्यमा पृथ्वीमा मानव अस्तित्व नै संकटमा पर्न जान्छ । मानवमा मात्र नभएर यस किरणले विरुवाको वृद्धि विकासमा बाधा पु¥याउनुको साथै माछा तथा भ्यागुताका फुल तथा लार्भालाई त नष्ट नै पारिदिन्छ । फलस्वरुप पृथ्वीमा रहेका मानव लगाएत बोट विरुवा तथा जीवजनावर सबैलाई बाँच्न कठिन बनाउँछ । त्यसैले पृथ्वीमा जीवहरुका लागि अनुकुल वातावरण कायम गर्न र मानिसको अस्तित्व जोगाइ राख्न ओजोन तह संरक्षण गर्नु अति आवश्यक छ ।
ओजोन तह संरक्षणमा हाम्रो भुमिका के हुन्छ ?
औद्योगिक विकास बढी भएका राष्ट्रहरु ओजोन तह विनाशमा बढी जिम्मेबार हुन्छन् । त्यसैले ओजोन तह संरक्षण सम्बन्धी ‘मोन्टेरोल’ हस्ताक्षर जस्ता अन्तर्राष्ट्रिय सन्धी र सम्झौता कार्यान्वन गर्न, गराउन हामीले दवाव दिनु पर्दछ । ओजोन तह विनाशमा नेपाल जस्ता विकासोन्मुख राष्ट्रको भूमिका कम भएपनि विश्वका प्रत्येक मानिसले आ–आफ्नो ठाउँबाट प्रयत्न नगरेसम्म यो विश्वव्यापि समस्या समाधान हुन सक्दैन । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु नै हो । ओजोन तह संरक्षण दिवसको दिनमा त यसलाई झनै व्यापक बनाउनु पर्दछ । वातावरणिय प्रदुषण नियन्त्रणका लागि उद्योग तथा यातायात सञ्चालन र त्यसमा प्रयोग हुने प्रविधि सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्दछ । सबैभन्दा महत्वपूर्ण कार्य त क्लोरोफ्लोरो कार्वन उत्पादन बन्द गर्नु अथावा यसको प्रयोग गर्न निरुत्साहित गर्नु नै हो । क्लोरोफ्लोरो कार्वनको सट्टा हाइड्रोफ्लोरो कार्वनको प्रयोगलाई व्यापकता दिनु पर्दछ । प्लाष्टिकको प्रयोगलाई सिमित बनाउनु पर्दछ । प्लाष्टिकजन्य वस्तुलाई जलाउने कार्य अविलम्ब रोक्नु पर्दछ । वायु प्रदुषण नियन्त्रण गर्न त्जष्लप न्यिदबििथ बलम ब्अत ीयअबििथ को अवधारणालाई अभ्यासमा ल्याउनु पर्दछ । विद्यालय तथा विश्वविद्यँलयका पाठ्क्रममा ओजोन तह संरक्षण सम्बन्धी विषय वस्तुको क्षेत्र व्यापक बनाउँदै सञ्चार माध्यमलाई समेत थप जिम्मेबार बनाउनु पर्दछ ।
(विज्ञान शिक्षक समाज तनहुँका पूर्व अध्यक्ष आचार्य गण्डकी प्रदेशको उत्कृष्ट विज्ञान शिक्षकको रुपमा पुरस्कृत शिक्षक हुन् ।)