उज्यालोको पर्व तीहर हाम्रो सामुन्ने छ । तीहार, दिपावली तथा यमपञ्चक अनेक नामले पुकारीने यो पर्वको आफ्नै विशेषता रहेको छ । यमपञ्चक अन्तर्गतका पाँच दिनमा हामीले काग, कुकुर, गाई तथा धनकी देवी लक्ष्मीको, र गोरुको पुजा अर्चना गर्ने गर्दछौं । यमपञ्चकको अन्तिम दिन दिदी बहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायू र प्रगतिका कामना गर्दै सप्तरंगी टीका र माला लगाई दिन्छन् ।
यमपञ्चकको पहिलो दिन मृत्युका देवता यमको दूत तथा भगवानी शनीको बहान कागको पूजा गरिन्छ । पौराणिक कथन आफ्नो ठाउँमा छ, तर हाम्रो वरपर रहेका सडेगलेका खाने कुरा खाएर वातावरण सफा गर्नै कागको पुजा गर्नु स्वास्थ्य र सरसफाईका दृष्टिले समेत सम्यक काम हो । दोस्रो दिन घरपालुवा जनवार कुकुरको पुजा गरिन्छ । पौराणिक कथन अनुसार कुकुर यमराजको द्वारपाल त हो नै आधुनिक युगमा पनि यो द्वारपाल नै हो । पौराणिकतालाई मान्दा मृत्यु पश्चात यमलोक प्रवेश सजिलो होस् भनेर कुकुरको पुजा गर्नुपर्ने हुन्छ भने वर्तमानमा घरको रक्षा गर्ने इमान्दार सहयोगीको रुपमा ।
तेस्रो दिन विहान गाईको पुजा गर्ने चलन छ । कृषि प्रधान हाम्रो जस्तो देशमा खेतीपातीका लागि गोरुको आवश्यकता पर्ने र त्यसको जन्मदाता गाई भएकीले गाईको पुजा गर्नु उपयुक्त भयो भने गाई स्वयमले पनि हामीलाई पौष्टिकताले युक्त दूध दिएर गुन लगाएको हुन्छ । अनि यही साँझ धनधान्यकी देवी लक्ष्मीको पुजा आराधना गर्ने चलन छ । यही दिन भैली खेल्ने चलनपनि छ । चौथो दिन गोरुको पुजा गर्ने तथा मिठा चिजहरु खान दिने गरिन्छ । जसको महिमा माथि भनि सकियो ।
तीहारको अन्तिम दिन दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाईदिने तथा गलामा मखमली माला लगाई दिने गर्छन् । ओखर फोरेर दाजुका बाधा हटाउने, मखमली माला लगाएर तथा तेलको घेरो लगाएर दाजुको दीर्घ आयूको कामना साथ मनाईन यो पर्वको महत्व पारिवारिक मिलनसंग पनि जाडिएको छ । देउसी भैलोको रमाईलो त छँदैछ । यी पाँचै दिन प्रत्येक घरमा दिपावली गरेर घरै झलमल्ल बनाउने कुराको महत्व र अर्थ आफ्नै छ । दिपावलीको अवसरमा सबैमा मंगलमय शुभकामना ।
दिपावलीको शुभकामना
previous post