नेपाल सरकारले संघीयताको संरचना अनुसार तनहूँ जिल्लामा चार नगरपालिका र छ गाउँ पालिकामा विभाजित गरेको थियो । साविक जामुने गाविस, छाङ्ग, गाविस र मनपाङ्ग गाविसलार्य समेटेर म्याग्दे गाउँपालिका नामाकरण गरियो । गएको स्थानीय निर्वाचनमा म्याग्दे गाउँ पालिकाको वडा नं. सातमा मनोनीत जिल्ला सदस्य गौरबराज रेग्मी र गाउँ इकाईका सभापति गोविन्द राना समेत रहनुभएको वडामा नेपाली काँग्रेसले एउटा सदस्य पनि विजयी गराउन
सकेन । म्याग्दे गाउँपालिकाको वडा नं. ६ गाउँ कार्य समितिको उपसभापति पदीय जिम्मेवारी बहन गर्नुभएका जुक्तराज वाग्ले रहेबसेको वडा हो । त्यहाँ पनि वडाका वडाध्यक्ष, सदस्य सबै पद गुमाउनु प¥यो । नेपाली काँग्रेस विमुख भएर बस्नु प¥यो । म्याग्दे गाउँपालिकाको चार नं. वडा र पाँच नम्बर वडा मणीराज रानाको विरासत भएको विशेष वडा
पर्दछ । अझ त्यसमाथि अध्यक्षको उम्मेदवारी दिने वडा पनि साही वडा रहेको छ । अर्थात सोही वडाकी मायाँ राना म्याग्दे गाउँपालिकाको अध्यक्षको उम्मेदवार भएको अवस्था हो । सायद त्यसैले होला दुवै वडामा नेपाली काँग्रेसको बर्चस्व स्थापित भएको छ । वडा नं. ३ मा नेपाली काँग्रेसको जिल्ला संगठन विभागको संयोजक रहनु भएको बालकृष्ण घिमिरे र क्षेत्रीय सदस्य सचिव रहनु भएका पूर्णचन्द्र घिमिरेको वडा हो । साथै वडा सभापति बालचन्द्र घिमिरे समेत सोही वडाबाट प्रतिनिधित्व
गर्नुहुन्छ । निर्वाचन परिणाममा भने साह्रै झिनो मतान्तर देखिनुले आउने निर्वाचन परिणाम जोखिममा परेको अनुभूति हुन्छ । म्याग्दे गाउँपालिकाको कार्यवहाक सभापति रामबहादुर अधिकारी, भूपू सैनिक संगठनका सभापति शिबहादुर रानाभाटको रहनु भएको वडा नं. २ को पाँचै सिटमा पराजय भोग्नु पर्दा पनि नैतिक जिम्मेवारीको प्रश्न उठेन ।
म्याग्देको वडा नं. १ भनेको वडा कार्य समितिको सभापति विनोदत्त खनाल, प्रजातन्त्र सेनानी संघ जिल्ला कार्य समिति तनहुँका उपभापति बलभद्र खनाल र जिल्ला सदस्य देवीलाल खनाल रहेको वडा हो । साथै पूर्णचन्द्र खनाल, पुष्पराज खनाल समेतका प्रजातन्त्रवादी भएको वडा हो वडा नं. १ । तर त्यहाँ वडाध्यक्षमा टिकट पाउने बेलामा निष्ठावान कार्यकर्ताले पाएनन् । पाँचै सिटमा विजय पनि हासिल त गरे तर छत्तिस सालमा पहेंंलोमा भोट खसालेका, छयालिस सालमा बहुदलबादीहरुलाई लखाटेका शिबशरण वाग्लले टिकट पाए । शिवशरण वाग्लेको परिवारभित्र जम्मा दश भोट मात्र छ । उहाँ भन्नुहुन्छ, मैले कम्यूनिष्टको भोटले चुनाव जितेको हूँ । वडा नं. १ मा काँग्रेसको मतदाता संख्यालाई बुझेका जो कोही र बुद्धिजिवीहरु वाग्लेको त्यस्ता टिप्पणीबाट लज्जित हुनु परेको छ । यो वडा भनेको खनालबन्धुहरुको मात्र पनि रुखमा जाने भोट भनेको एक सय पचास हो । एक नम्बरका वडाध्यक्ष, म्याग्दे गाउँपालिकाको वडाध्यक्ष र उपाध्यक्ष समेतले वडा नं. एकको मत पाउन नसके निर्वाचनमा चुनाव जित्ने सम्भावना देखिदैनथ्यो ।
२०७३ साल भाद्र २५ गते तनहुँको दमौलीमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वक्ताहरुले गुनासो गर्दा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मैले केशबराजको छोरा ध्रुब वाग्लेलाई समानुपातिकमा मनोनित गरें, गोर्वधनको छोरा रामचन्द्र पोखरेललाई र जनजातिको तर्फबाट झुलबहादुर आले मगरलाई समानुपातिकमा मनोनित गरे, मैले के गल्ति गरें भनेर भन्नुभयो । नेताको स्वइच्छा अनुसारको ह्वीप नै पार्टीको ह्वीप बन्न पुग्यो । नेपाली काँग्रेसका कार्यकर्ता मान्न बाद्य भएका
छन् ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दिपुरबाट दमौलीमा सारेपछि जिल्ला पञ्चायत सभापतिको निर्वाचन भएको
थियो । सभापतिको उम्मेदवारमा रामनाथ भट्टराई, तारापति भट्टराई, केशबराज घिमिरे उम्मेदवार बन्नु भएको थियो । सबैभन्दा धेरै मत केशबराज घिमिरेले पाउनु भएको थियो भने सबैभन्दा थोरै मत रामनाथ भट्टराईले पाउनु भएको थियो । पुनः चुनाव हुँदा केशबराज घिमिरे र तारापति भट्टराईले पाएको मत बराबरी भयो । त्यसको भोलिपल्ट चुनाव हुन िभयो । रामनाथ भट्टराईले आफू पक्षका मतदाताहरुलाई जम्मा गरेर तारापति भट्टराई भनेको राइपुरबाट बन्दिपुर दमौली झोला बोकेर जुत्ता फटाएर हिडेको नेता हो । केशबराज घिमिरे भनेको सरकारी नोकरीबाट कुर्चि फटाएर पेन्सन पकाएर अर्को कुर्चि दावा गर्न खोज्नु भएको मानिस हो । तसर्थ राजनीति मार्न हुँदैन भनेर आफ्ना समर्थकहरुको सबै भोट तारापति भट्टराईलाई दिन लगाइ जिल्ला सभापतिमा विजयी गराउनु भएको थियो । त्यतिबेला एउटा पञ्चले अर्को प्रजातन्त्रवादीलाई जिताउन कस्तो विवेकपूर्ण ह्वीप लगाएका थिए आजका लोकतन्त्रवादीले सिक्न जरुरी छ ।
देश र जनताका लागि धेरै राम्रो काम गरेका छौं भनेर नेताहरु भाषण गर्दै हिड्नु भएको छ । तलब भत्ता, खाएर, राजमार्गमा गुड्ने र आकाशमा उड्ने सवारी साधनमा अयसआराम गरेर हिड्ने जनप्रतिनिधिहरुलाई त्यसको अनुभव महसुस भएको होला । तर सर्वसाधारण जनताहरुलाई भने जिवन यापन गर्न साह्रै सकस भएको ती राम्रो काम गरें भन्ने नेताहरुले थाहा पाउन बुझ्न चासो देखाएनन् । क्रियाशिल सदस्य बनाउँदा कस्ता मानिसहरुलाई बनाउन पर्ने हो भन्ने कुरालाई प्रवाह नगरी केन्द्रदेखि वडा एकाईसम्म गुट र लबीको आधारमा सदस्य बनाइएको छ । त्यसमा पनि जो जो आएपनि नेपाली काँग्रेस आउने हो नभनिकन लबि जातित्व र भेगिए नारा लगाई हार्न पर्नेलाई जिताउन र जिताउ पर्नेलाई हराइएको छ । नेताहरु भने स्वइच्छा अनुसार चल्ने कार्यकर्ताहरुले भने पार्टीको ह्वीप मान्नै पर्ने हुन्छ ?
पार्टीको ह्वीप मान्नै पर्ने ?
previous post