पृष्ठभूमिः
हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरण मै छौंं । नेपालका गणतन्त्रवादी राजनीतिक शक्तिहरु यतिबेला संविधानको व्यवहारिक प्रयोगको कसीमा रहेका छन् । संविधानको भावना र आत्मागत सीमा भित्र रहेर गरिने प्रयोगले मात्रै संविधानको रक्षा गर्न सक्दछ ।
हाम्रो प्रयोगः
असंवैधानिक गठबन्धनबाट बनेको नेपाल कम्यूनिष्ठ पार्टी नामको बहूमत देखाएर संविधानको धारा ७६(१) बमोजिम बनेको ओली सरकार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७७ फागुन ११ गते भएको उत्प्रेषण युक्त परमादेशबाट धारा ७६(३) परिणत भएको थियो । सर्वोच्चको त्यो आदेश पछि ओली सरकार बहुमतको रहेन । किनभने माओवादी केन्द्रको समर्थनमा ओली सरकारले बहुमत प्राप्त गरेको नभई पार्टी एकिकरणबाट बहुमत देखाएको अवस्था थियो । एकिकरण असंवैधानिक भएपछि सरकार पनि बहुमतको रहेको थिएन । ओली सरकार स्वतः संविधानको धारा ७६(३) को अवस्थामा परिणत भएको अवस्था थियो ।
राजनीतिक नैतिकताः
आफैले गरेको संसद विघटन अवैधानिक भनेर सर्वोच्च अदालतले पुनस्थापना गरि दिएपछि पनि राजीनामा नदिएर सरकारले नैतिक धरातल गुमाएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्रको एकिकरणलाई असंवैधानिक भन्ने व्याख्या सर्वोच्चबाट गरिदिएपछि जितेको दम्भ देखाएको ओली सरकारले तत्कालै विश्वासको मत लिनु पर्दथ्यो । समर्थन फिर्ता लिन माओवादी केन्द्रले चुनौति दिंदै बस्दै ग¥यो । एक महिनाभित्र अर्थात चैत्र ११ गतेभित्र विश्वासको मत लिने तर्फ नलागेर संविधानको गलत प्रयोग गरिरह्यो ।
प्रधानमन्त्रीको दाउः
माओवादीले समर्थन फिर्ता लिएपछि, संसदमा मागेको विश्वासको मत नपाएर पछि अझै पनि ठूलो दलको अर्थात संविधानको धारा ७६(३) बमोजिमको सरकार गठन गर्ने सपना प्रधानमन्त्रीमा देखिन्छ । त्यसको एक महिनापछि पनि बहूमत नपाएमा संसद विघटन गरेर चुनाव गराउने दाउमा प्रधानमन्त्री देखिन्छन् ।
अबको राजनीतिक निकाशः
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति इमानदार राजनीतिक शक्तिहरुले मुलुकलाई मध्यावधी चुनावमा धकेल्नु हुँदैन । यो संविधानलाई बचाउनका लागि पुनरस्थापित प्रतिनिधि सभा आफ्नो पुरा कार्यकाल चल्नु पर्दछ । राजनीतिक दल वा व्यक्ति विशेषको प्रतिष्ठाको विषय राष्ट्रिय स्वार्थ र स्वाभिमानको अगाडि गौण हो । त्यसैले सबै राजनीतिक शक्तिहरुले संविधानको धारा ७६(५) बमोजिमको सरकार दिएर मुलुकको राजनीतिलाई स्थायित्व दिनु पर्दछ ।
निष्कर्षः
नेपाल, नेपाली जनता र नेपाली स्वाभिमानका लागि यतिबेला कुनै दलको सरकार चाहिएको छैन । फगत संविधानको भावना र आत्मागत सीमा भित्र रहेर संविधानको रक्षा गर्ने इमानदार सरकार चाहिएको छ । जनताको नाममा सरकारमा पुग्ने, जनतालाई शोषण गर्ने, देश लुट्ने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने र देश बन्धक राख्ने ःऋऋ को समर्थन गर्ने सरकार चाहिएको छैन । नेपाली प्राकृतिक सम्पदाको संरक्षण र भरपूर उपयोग गरेर आत्मनिर्भर नेपाल बनाउने सरकार चाहिएको छ । लोकतन्त्रको आवरणमा पटक पटक संविधान मिच्ने अधिनायकवादी सरकार चाहिएको छैन ।
व्यवहारिक प्रयोगको परीक्षामा संविधान
previous post