हजुर आमाको चिया
अनि तेरा हजुरबाले ‘जाउ बुढी चिया पकाएर लिएर आउ । अच्छासंग पकाएर मेरा साथीहरुलाई ख्वाउनु पर्दछ ।’ भनेर एउटा प्याकेट थमाइ दिए । अनि मैले त्यो चिया भन्ने जिनिस कहिल्यै नदेखेकी । फेरी तेरा हजुरबाउका अगाडि मैले आफ्नो सान देखाउन परो भनेर केही पनि सोधिन । खुरुकन भान्सामा गएर देउची बसालें । अनि पाँचमुठी घ्यू हालें । त्यसपछि मेथी पड्काएँ, टिम्मुर हालें अनि तेरा हजुरबाउले दिएको चिया परपरी भुटें । अलि अलि फु¥यो । हल्का रातो रातो भयो । अनि ट्याक्क पारेर उतारें । त्यसपछि तीन वटा
चरेसका थालमा च्याट्ट पारेर पस्कें र तीनवटै चम्जा हालेर तेरा हजुरबाउ र साथीहरुलाई ल्याएर दिएँ ।
तेरा हजुरबाउका साथीहरुले फेरी एक पल्ट मलाई हेरेको हे¥यै भए । म पनि मुसुक्क हाँसेर गएर पींढीमा बसें ।
तेरा हजुरबाउले सोधे– ‘के ल्यायौं बुढी यस्तो, खाजा हो ?’ मैले भनें–‘हो हजूर, खानुस् न मिठो गरेर पका’र ल्याकी छु ।’ सबै जनाले एकैचोटी चम्चाले खाए । म त सबैले हासेर निकै प्रसंसा गर्लान भनेको त पहिला सबैले मुख बटारे । अनि मलाई हेरेर खी…ति…ति… गरेर एक हलको मेलो हाँसे । म पनि चिया मिठो भएर बेसरी हाँसे होलान् भनेर मख्ख परें । तेरा हजुरबाउका साथीहरु विदावादी भएर एक हप्ता पछि भेट्न आउने बाँचाका साथ विदा भए । अनि तेरा हजुर बाउ अलि अलि मुख बंग्याउँदै आ’र भने– के चिया पका’को हो बुढी ? त्यसरी पनि कसैले चिया पकाउँछन् ?
म पनि अलि रिसाए झै गरी भनें– ‘कसरी पकाउँछन् त चिया ? मलाई के था ?’ अनि आफू भित्र आ’र सिकाउनु प्रदैन ? कसैका नभा’का साथी ! आफ्नी बुढीलाई छाडेर उनिहरुसंग साख्खै हुनु पर्ने ?
त्यसपछि तेरा हजुरबाउले मलाई ल्याई दिएका उपहार एक एक गर्दै देखाउँदै गए । लाउने तरिका सिकाउँदै गए ।
भोलिपल्ट मुखिया बा की छोरीको विहे थियो हेर नाती, तेरा हजुरबाउले ल्याई दिएका साडी चोलो, पछ्यौरा, चुरा, पोते ला’र हिडेकी त गाम्लेले मलाई छोडेर अरु कसैलाई पनि हेरेनन् । मज्जाको कुरो त त्यस गाँममा चप्पल लाउने पहिलो मनै थिए । शुरु शुरुमा त हिड्न नजानेर कस्तो गाह्रो भो । जे होस् त्यतिबेला चिया पका’को सम्झेर अझै पनि हाँसो उठेर आउँछ ।