गत मंगलबार दोस्रो पटक लकडाउनको समधावधी थप गर्ने निर्णय गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरे । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ भनेर जान्ने चाहना आम नेपालीको एकातिर थियो भने अर्काेतिर महासंकटको बेला आम नागरिक राष्ट्रको अभिभावकको कुराबाट आश्वस्त हुन चाहन्थे, जसलाई मध्यनजर गर्दै शायद ओलीले उक्त सम्बोधन गरेका हुन् । जुन आवश्यक थियो । किनभने हरेक नागरिकले संकटकाबेला आफ्ना अभिभावकको साथ र ढाडस चाहन्छ । अनि अभिभावकका लागि त्यो कर्तव्य हुन आउँछ ।
सुन्दा मिठो लाग्ने भाषा बोल्न सिपालु प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै भने लकडाउनका कारण आम नागरिकमा पर्न गएको असुविधाप्रति आफु संवेदनशील भएको मात्र उल्लेख गरेनन् दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरू सर्वाधिक मर्कामा परेको, धेरै व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गर्नुपरेको र विद्यार्थीहरूको पढाइ छुटेको भनेर कर्णप्रिय कुरा गरे । तर तत्कालै रुखो शैलीमा भने कतिपयले नागरिकले क्वारेन्टाइनमा बस्न गरिएको आग्रह र प्रबन्धहरूलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ, तपाईंहरूको लापरबाही स्वयं तपाईंको परिवार र सिंगो समुदायका लागि निकै महँगो पर्न सक्छ । यहाँ राज्यको प्रमुख र सञ्चालकहरुले बुझ्नु पर्ने कुरा के हो भने सबै नागरिकले कोरोनाको सम्भावित जोखिमलाई नबुझेका हुन सक्छन् । उनीहरुलाई त्यसबारे बुझाउने र आवश्यक सावधानी अपनाउन तयार बनाउने काम त राज्यको हो नकि लापरवाही ग¥यौ भनेर हप्काउने । यति मात्र होइन दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरुका समस्या बुझेका भनेका प्रधानमन्त्रीले किन लकडाउनको अवज्ञा भएको छ भनेर बुझ्नु पर्ने हो । अनि समस्याको समाधानका उपाय खोज्ने तर्फ लाग्नु पर्ने हो । जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तवास बिताएको मैले लामो समय एकान्तवासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु भनेका ओलीले श्रमिकका लागि, व्यवसायिका लागि अनि विद्यार्थीकालागि खास प्रभावकारी कार्यक्रम भने घोषणा गरेनन्, जुन आम नागरिकको अपेक्षा थियो ।
तर म यो आलेखमा यो विषयमा भन्दा पनि संकटको यो समयमा पनि प्रधानमन्त्री ओलीमा देखिएको अनुयायीहरुका प्रतिको अत्याशक्ति र आलोचकहरुका प्रतिको अनुदारताका विषयमा चर्चा गर्ने जमर्काे गरेको छु । आफ्ना समर्थकहरु प्रति प्रधानमन्त्री ओलीमा भएको आशक्ति बुझ्न तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा आफै अघि सरेर उक्त अडियो नक्कली भएको भनाई सार्वजनिक गरेबाट प्रश्ट हुन्छ । अनुसन्धान गर्ने निकायहरुको निर्णयलाई प्रभावित तुल्याएर आफ्ना मान्छेको पक्षमा निर्णय गराउन प्रदर्शित अत्याशक्ति कति फलदायी हुन्छ, त्यो त समयले बताउला तर अहिलेलाई आम नागरिक भागवत गीताको “एउटा लाज त्याग्न सके सबैतिर विजयी भईन्छ ।” भन्ने पङ्तिि सम्झँदै छन् ।
प्रम ओलीले गत मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने क्रममा व्यक्त विचारहरुले त झन उनको अनुयायीहरुका प्रतिको अत्याशक्ति अझ प्रखर रुपमा प्रकट भयो । प्रधानमन्त्रीले सम्बोधनका क्रममा चीनबाट स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताका विषयमा उठेका प्रश्नको खरो प्रतिवाद मात्र गरेनन्, अनियमितताको ढाकछोप पनि गरे । आम नागरिकको अपेक्षा थियो, प्रधानमन्त्रीले सर्वसाधारणका लागि राहत प्याकेजको घोषणा गर्नेछन् अनि अनियमिततामा संलग्नहरुको छानविन गर्ने तथा दोषी ठहरिएमा कारवाही गर्ने प्रतिवद्धता जनाउने छन् । तर जनअपेक्षाको ठिक प्रतिकूल प्रधानमन्त्रीको विचार प्रकट भयो । राहतको त कुरै भएन त्यसपछि सुरक्षाकर्मीको तलब काटेर कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने निर्णय भएको खबर आएको छ । आफ्नो ज्यानको पर्वाह नराखेर कोरोनाको दुष्प्रभावबाट मुलुक र मुलुकवासीलाई वचाउन लागि परेका सुरक्षाकर्मीको तलब काट्ने कति मानविय हो ? बुझ्न सकिएको छैन । भ्रष्टाचार नगर्ने र हुन नदिने भाषण गरेर नथाक्ने प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका कुराले आम नागरिकमा अविश्वास थपिदिएको छ । जब उनले, नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरू हुन सक्दैन भन्दै सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरू यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन्,त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो भनेर खरिद प्रक्रियामा भएका अनियमितताको ढाकछोप गरे । यति मात्र कहाँ हो र ? अनियमितताका सम्बन्धमा उठेका आवाजलाई उनले कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचार भन्दै यसले काम गर्ने मानिसलाई अप्ठ्यारोमा पारेको भनेर आक्रोष व्यक्त गरे । उनको आरोप थियो, अनियमितताका भयो भनिएका यि कुराहरु मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजाजस्तै हो ।
अनियमितता भयो भन्नेहरु माथि खनिंदै प्रधानमन्त्री ओली भन्छन्, संकटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौँ भन्ने मूल्यांकन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । उनको आशय थियो सरकारले जे गरिरहेको छ, त्यसको सबैले आँखा चिम्लेर समर्थन गर्नुपर्छ । कसैले विरोधमा आवाज उठाउनु हुँदैन । उनको भाषामा यतिबेला विरोधमा आवाज उठाउनेहरुको भूमिका गलत छ र यसको इतिहासले मूल्याङकन गर्नेछ ।
अन्त्यमा अनुयायीहरुका प्रतिको यो स्तरुको अत्याशक्ति रु आलोचकहरुका प्रतिको अनुदारुता कमसेकम देशको कार्यकारुी प्रमुखका लागि सुहाउने कुरुा होइन यो बेला ।
संकटमा पनि अत्याशक्ति र अनुदारता
previous post