यतिबेला नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा तात्तातो बहसको विषय भएको छ, पीपीइ र कोरोना भाइरस संक्रमण परिक्षणको सामाग्री खरिद प्रकरण । यस खरिद प्रकरणमा अरबौंको घोटाला भएको, खबरहरु मिडियामा आईरहेका छन् । घोटला भएका तर्कहरु पनि आई रहेका छन् भने बचाउको तर्कहरु पनि आईरहेका छन् । भविष्यमा निश्पक्ष छानविन भएछ यदी भने यसको रहस्य पनि छर्लङ्ग होला । जे होस् मिडियामा बर्षात भैरहेको तर्कहरु देख्दा केही केही त छ है भन्ने जो कोहीलाई लाग्छ किन भने नेपाली उखान छ नि हावा नचलि पात हल्लदैन । हुन त हावा नचलेपनि कसैले रुखको फेदै हल्लाएर पात हल्लिएको पनि हुन सक्दछ । या फेरी कोही रुख मै चढेर लुकेर हाँगो हल्लाएको पनि हुन सक्दछ । तर नेपालको यतिबेलाको राजनीतिक परिवेशमा दुई तिहाईको यति बलियो सरकारलाई न जराबाट हल्लाउन सम्भव छ न त त्यसमा चढ्न नै । खैर सत्य के हो ? त्यो थाहा हुँदै जाला । तर यो परिवेशमा दुई शब्द कोर्नै मन लाग्यो । त्यसैले यो आलेखको सहारा लिएको छु । शिर्षकसंग जोडिनु भन्दा पहिला अन्य प्रसंगमा चर्चा गर्न चाहन्छु ।
लक डाउनको कारण घरमै बस्नु परेकाले धेरै कुराहरु अस्तव्यस्त र अव्यवस्थित भएको गुनासो गरिरहन्छन् अक्सर मेरा साथीहरु । तर यतिबेला साँच्चिकै केही अस्तव्यस्त र अव्यवस्थित भएको छ भने त्यो हो नेपालको स्वास्थ्य क्षेत्र । अधिकांश ठूलो भनिएका निजी अस्पतालहरुले त आफ्नो रुप रंग देखाई सके विपदको यो घडिमा अस्पताल बन्द गरेर । जति पनि बचेका नीजि र सरकारी अस्पतालहरु छन् तिनीहरुको हालत देख्दा हरकसैलाई कठै बरा भन्न कर लाग्दछ । चार दिन पहिलेको एउटा घटना उल्लेख गर्न
चाहेँ । छिमेकको एक जना दिदी विरामी हुनु भएकोले राती नै एम्बुलेन्स बोलाएर दमौली लग्यौ एउटा नीजि अस्पतालमा । खासमा ति दिदीको पेट दुख्ने समस्या रहेछ । अधिकांश महिलामा हुने समस्या हुँदो हो सायद । ती दिदी यो भन्दा पहिले पनि यस्तै समस्या लिएर त्यही हस्पिटलमा गै सक्नु भएको
रहेछ । तर त्यसदिन हस्पिटलले हामीलाई प्रवेश गर्नै दिएन । एक बाहिरबाटै कार्ड माग्यो, पुरानो रिपोर्ट होर्यो र केही औषधी दियो । विना कुनै चेक जाँच । हस्पिटलको यस्तो चला देखेर अचम्म पनि लाग्यो रिस पनि उठ्यो । तर त्यो मध्य रातमा कस्ला भन्ने अनि कहाँ भन्ने ? यसो डाक्टरलाई हेरें, अरु समयमा जस्तै साधारण पहिरन र एउटा साधारण माक्सको भरमा उभिई रहनु भएको थियो । उहाँको त्यो अवस्था देखेर केही पहिले उठेको रिस पनि कहाँ पुग्यो पत्तै भएन । उहाँसंग कुनै पनि व्यक्तिगत सुरक्षा सामाग्री पीपीई थिएन । सायद उहाँलाई पनि कोरोनाको त्रास हुँदो हो । यसैले प्रवेश दिन गाह्रो मान्नु भयो । विहान सम्म दवाईले असर नगरे भोलि पुनः एक पटक आउन भन्नु भयो । हामी पनि हस भन्दै घर फिर्यौं । कोरोनाको त्रासले गर्दा कोरोनाको लक्षण नै नभएको अन्य प्रकारका विरामीलाई पनि हस्पिटलले चेक जाँच गर्न हिच्किचाउनु पर्ने अवस्था देखेर बडो उदेक लाग्यो । तर हिजो चाही केही खुशी पनि लाग्यो किनभने सोही हस्पिटलले त्यही प्रकारको व्यथा भएको मेरै टोलको अर्की दिदीलाई भने राम्रोसंग चेक जाँच गरीकन पठाएछ ।
अर्को घटनाको बारमो छलफल गरौं कोरेनटाईन र आइसोलेशनमा राखिएका विरामीहरुको मृत्यू भएको घटना जुन व्यक्तिहरुको कोरोना संक्रमणको रिपोर्ट नेगाटिभ आएको छ, त्यसले दुईटा कुरा तर्फ संकेत गर्दछ, एउटा नेपालमा कोरोना भाईरसको परीक्षणमै समस्या छ भन्ने कुरा । अर्को हस्पिटलको लावरवाही र लाचारीपना । परीक्षणमै समस्या छ भने यो ज्यादै दुःखद र लाजमर्दो कुरा हो । यदी होइन भने कोरोना संक्रमण नै नभएको व्यक्ति पनि सामान्य रुघा खोकी र ज्वारोले गर्दा आईसोलेशन कोरेनटाइनमै ज्यान फाल्नु पर्दछ भने त्यो झनै दुःखद कुरा हो । व्यक्तिको जीवन अमूल्य छ, अहिले कुनै पनि हस्पिटलको आँङ ढाक्न चाहेको होइन तर प्रयाप्त व्यक्तिगत सुरक्षा सामाग्री नहुँदा डाक्टर लगायत हस्पिटलका अन्य कर्मचारीलाई पनि आशंकामा राखिएका विरामीको चेकजाँच र हेरचाह गर्न समस्या एवं हिच्किचाहट हुन्छ । किनभने विरामीको जस्तै उनीहरुको जिवन पनि अमुल्य छ । यसलाई हामीले हस्पिटलको लापरवाही भनेका छौं । तर म व्यक्तिगत रुपमा चाहि लापरवाही भन्दा पनि लाचारीपना भन्दछु ।
माथि उल्लेख गरिएका घटनाहरुबाट अझै अनुमान लगाउन सक्दछौं व्यक्तिगत सुरक्षा सामाग्री अर्थात एएभ् को अस्पतालहरुमा कति आवश्यक छ भनेर । एएभ् को आवश्यकता सुरक्षाकर्मिलाई पनि नभएको होइन, तर सरकारको एक निर्देशनमा विना सुरक्षा उहाँहरु हाम्रो सेवा र सुरक्षामा खटिई रहनु भएको छ । त्यो उहाँहरुको महानता हो ।
देशको यही अवस्था र आवश्यकतालाई मध्य नजर गर्दै नेपाल सरकारले चीनबाट अत्यावश्यक सामाग्रहरु खरिद गर्ने निर्णय ग¥यो । जसले त्रसित नागरिकलाई केही भएपनि राहत र खुशी दियो । तर लगत्तै खरिद प्रक्रियामा अनियमितता भएको खबरहरु जसरी मिडियामा आउन थाल्यो, त्यसले नेपाली नागरिकलाई यति दुखित तुल्यायो कि सिंहासनमा बसेको नेतृत्वलाई त्यसको अन्दाजा सायदै होला । मान्छेको मृत्यूमा पनि कमिशन ? के हाम्रो देशको नेतृत्वले मानवता र नैतिकतालाई तिलाञ्ली दिएकै हो ? किन बुझ्दैनन् हाम्रो देशका मन्त्री र केही व्यापारिक बर्गहरु कि पैसा मात्रै सबैथोक होइन भनेर । फेरी पैसाले मात्रै सबै कुरा गर्न सकिने भए इटाली, स्पेन र अमेरिका जस्तो देशमा आजको अवस्था आउने थिएन । के त्यो देशको सरकारसंग पैसा थिएन ? के त्यहाँका नागरिक धनी थिएनन् ? आज के छ त्यहाँको अवस्था ? अनि कस्का लागि र के का लागि भनेर यति लोभ गर्दै छौं मेरो माननीय ज्यू । हाम्रो देशको राजनीतिक इतिहासलाई हेर्ने हो भने नेतृत्वमा पुगेका जो कोही पनि अनमियततामा मुछिएका छन् अपवादका केही राजनीतिक नेतृत्व भन्न सुहाउने व्यक्तित्व बाहेक । तर ए लाज पचेका हरु हो कमसेक मान्छेको मृत्यूमा त कमिशन नखोज । समय अवधि थोरै भएकोले सामान खदि गर्न महंगो पर्न गएको भनेर अनयमितालाई ढाकछोप गर्ने प्रयास भएको छ । मलाई अचम्म लागेको छ किन समय थोरै
भयो ? किन ढिलो भयो सरकारबाट निर्णय गर्न ? यहाँनेर एउटा प्रसंगको चर्चा गरौं बारम्वार टेण्डर आव्हान गर्दा पनि टेण्डर नपरेकाले छोटो समयमा कस्ले ल्याउन सक्छ भनेर केही व्यवसायीसंग छलफल गरिएको, तर कोही पनि तयार नभएको र पछि एउटा मात्र कम्पनीले प्रस्ताव पेश गरेको भनिएको छ । जबकि सोही कम्पनीले पनि सामुहिक छलफलमा सामान ल्याउन नसक्ने स्वीकार गरेको थियो । आजको भोलि नै कसरी उक्त कम्पनी सामान ल्याउन सक्ने स्थितिमा पुग्यो ? त्यो सबै पूर्व नियोजित नभए कसरी सम्भव हुन्छ ? स्मराण रहोस् सुरुवातदेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने उक्त कम्पनीको सरकारी टेण्डरमा राम्रो छाप छैन । अझ हास्यास्पद कुरा त के छ भने स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा आईटीसंग सम्बन्धीत कम्पनीलाई दिएको छ । यो त खप्परको अभाव भयो भनेर मुटुको डक्टरलाई मस्तिस्कको अपरेशन गर्न दिए सरह भएन
र । यस्तो परिस्थितिमा नागरिक कसरी विश्वस्त रहने कि अनियमितता भएको छैन । हो, व्यापार व्यवसायमा दुईचार पैसा तलमाथि हुन्छ समय अवस्था हेरेर दरभाउ फरक पर्न
सक्दछ । तर एउटै सामानको मुल्यमा तेब्बर चौबर गुणा फरक पर्नु कदापी विश्वास योग्य कुरा होइन । ए आदरणीय नेता त मन्त्रीगण तिमीहरु सबै भ्रष्ट छौं भन्ने नागरिकलाई थाहा छ हैन भने तिमीहरु बुकुरो झुपडीबाट महलसम्म आउनै सक्दैनथ्यौ । तिमीहरुको सानो तिनो र सहन मिल्नेसम्मको भ्रष्टाचार त नागरिकले सहेकै छन् । पचाएकै छन् । कमसेकम देश यो संकटसंग जुधि रहदा नागरिकको स्वास्थ्यसंग खेलवाड गरेर मृत्यूको त कमिशन नखोज । भोलि तिम्रो चिता पनि आमनागरिकको चिता जस्तै दाउरोले नै सजाउने हो । कि मृत्यूपछि पनि पैसाकै चितामा बस्ने मन छ ? ०७२ को भुईचालोले सयौंको घर ढाल्यो, कत्तिको जीवन ढाल्यो, काठमाण्डौंमा गर्वले उभिएको नेपालको इतिहास बोक्ने धरहरा ढल्यो । तर केही व्यक्ति विशेषलाई मजैले उचाल्यो । आजसम्म त ढलेको छैन, तर थाहा छैन २०७६ को यो महामारीले कत्तिको जीवन ढाल्ने हो ? अनि कतिको उचाल्ने हो ?
मृत्यूको कमिशन
previous post