औद्योगिक क्षेत्रको विकास हुँदा जनताहरुले उच्च ज्यालादरमा रोजगारीका अवसरहरु पाउँछन् । अधिकांश व्यक्तिको जीवनस्तरमा सुधार आइरहेको हुन्छ ।
![](https://tanahunawaj.com.np/wp-content/uploads/2018/12/muktinath-p-233x300.jpg)
मुक्तिनाथ पण्डित
एम.ए. अर्थशास्त्र
संसारमा विकसित भएका उत्पादन प्रविधि हरेक राष्ट्रको सामाजिक सम्पत्ति हो । विकसित राष्ट्रका उत्पादन प्रविधि अल्पविकसित राष्ट्रको सामाजिक र आर्थिक धरातलसंग दुरुस्त नहुन सक्छ । औद्योगिकिकरणले आफ्नो–आफ्नो आर्थिक सामाजिक धरालत अनुरुप प्रविधिको विकास गर्दै लैजानु पर्दछ । औद्योगिक क्षेत्रको विकास हुँदा जनताहरुले उच्च ज्याला दरमा रोजगारीका अवसरहरु पाउँछन् । अधिकांश व्यक्तिको जीवनस्तरमा सुधार आइरहेको हुन्छ । नयाँ नयाँ खोज र परिक्षण सम्भव भई सस्तो भन्दा सस्तो र उच्चस्तरका वस्तु उत्पादन भै प्रतिस्पर्धात्मक वातावरणमा जनताको कल्याणमा वृद्धि (People welfare maximization) हुन थाल्दछ । कुनै पनि देशको राष्ट्रिय सुरक्षा अत्यन्त महत्वपूर्ण पक्ष हो । देशको आन्तरिक र बाह्रय सुरक्षा मजबुत नभएकमा अर्थतन्त्रमा अस्थिरता, अनिश्चितता, जोखिम बढ्दै गएको हुन्छ । सामाजिक जनजीवन निर्भिक, निश्चित र दृढ बन्न सक्दैन । हाम्रो अर्थव्यवस्थामा राणकालिन समय पछि पञ्चायतकालिन समयमा जे जति उद्योग खोलिएका थिए, बहुदलिय व्यवस्था र गणतान्त्रिक व्यवस्थामा कुनै उद्योग खुल्न सकेनन् । यो दूर्भाग्य पूर्ण अवस्था हो । जनताको आस्था र धरोहर भत्काइएको छ । लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाईदैन नेपालमै हो छ्ट् जस्ता अभिव्यक्ति जनस्तरबाट आउँदा समेत कुनै परिवर्तनको संकेत देखिएन । कस्तो विडम्बना । बाढी, पहिरो,डुबान,भोकमरी, महामारीको प्रकोपको समयमा पनि दयनिय मानव जीवनका तस्वीरहरु हरेक दिन आइरहेका दृश्य ताजै छन् ।
नेपाली समाजको बनौट भित्र अनेकतामा एकता रहेपनि उक्त अनेकताभित्र विभिन्न किसिमका अन्तरविरोधहरु रहेका छन् । धर्मको नाममा बढ्दै गएको नकारात्मक क्रियाकलापले स्यम् ९० प्रतिशत हिन्दु धर्मलाई संकटमा पु–याइदिने स्थिति खडा गर्दै लगिरहेको छ । प्राचिनकाल देखि धार्मिक सहिष्णुताको ख्याति आर्जन गरेको सुन्दर देश नेपालमा अब धार्मिक र साम्प्रदायिक भेदभाव र झगडाको रुप देखिन थालेको छ । यो हाम्रो समाजको लागि दूर्भाग्यपूर्ण अवस्था हो ।
यस्ता सामाजिक र साँस्कृतिक अबरोधहरु हटाउँदै लैजान नसकिएमा नेपालको आर्थिक दुरावस्था अझै भयावह बन्दै जाने कुरामा कुनै सन्देह छैन । आपफ्नो पेट पाल्न मुस्कील परिरहेका ग्रामिण गरिबहरुले सिप, दक्षता, बौद्धिक विकास गर्ने पक्षमा ध्यान दिनु अन्यन्त टाढाको विषय बन्दै गएको छ । सरकार सञ्चालकहरु विभिन्न देशहरु जस्तै सिंगापुर, दुवई, युरोप, जापान, बेलायत, अमेरिक, फ्रान्स जस्ता देशमा राष्ट्रका जनताले तिरेको करको रकमबाट यात्रा गरिहेका छन् । देशमा महंगी र भ्रष्टाचारले सगरमाथाको उचाई नाघिसकेको छ । बकम्फुसे गफ हान्दै जनतालाई अल्मल्याई राखेका छन् । हिंसा, बलात्कार र हत्याका षडयन्त्रका तानाबाना बुन्दै समाजमा अस्थीरता पैदा गरेका छन् ।
RAW र CIA का Agent को नालीबेली हरेक नागरिकले नजिकबाट नियाली रहेका छन् । विदेशीको इशारमा चलेका नेता भनाउँदा व्यक्तिलाई सडक, गल्ली, गाउँबस्ती, कुुनाकन्दरामा चनाखो भएर जनताले निगरानी गरिरहेका छन् । समयमै सुधार होस्, जनता चुपलागेर बस्ने अवस्थमा छैनन् । सरकार सञ्चालकका नायकहरु विना सुरक्षाकर्मी सडकमा हिंड्नुस जनताले के गर्छन ? यो जनताको मत सर्वेक्षणको विश्लेषण नतिजा हो । तसर्थ समयमै सुधारको शुभकामना ।