आर्थिक समृद्धिको योजना भन्नु देश विकासको उद्देश्य निर्धारण गर्नु, रणनीतिक योजनाको तर्जुमा गर्नु, अर्थव्यवस्थाका विविध क्षेत्रको लक्ष्य निर्धारण गर्नु, सरकारी निकायबीच समन्वय स्थापना गर्नु, अनुगमन गर्नु, मूल्याङ्कन गर्नु, राष्ट्रिय गौरबका ठूला परियोजनाको खाका तयार गर्नु (framework of project) जस्ता समष्टिगत कार्यलाई आर्थिक समृद्धि भनिन्छ । योजना निर्माण गर्नुपूर्व योजनाकारले मेथोडोलोजीको छनौट गर्नु पर्दछ । देशमा भएका प्राकृतिक स्रोत तथा साधनको उपलब्धता, जनताको माग, माग संवोधन गर्ने तरिका मुताविक अर्थतन्त्रलाई उत्थान गर्ने नीति तय गर्नुृ आवश्यक हुन्छ ।
आर्थिक विकास कुसल तथा दक्ष अर्थशास्त्रीको सोच विना सम्भव छैन । आर्थिक र सामाजिक परिवर्तन ल्याउनको लागि जनताको पछौटेपन प्रति सतर्क र राष्ट्रिय भावनाबाट ओतप्रोत हुनु पर्दछ । नागरिकको मानसिक धारणाको परिवर्तनबाट मात्र विकास सम्भव हुन्छ । जनताको भावनामा आएको उत्साहबाट मात्र विकासमा परिवर्तन ल्याउन सकिन्छ । प्रगतिशिल र प्रजातान्त्रिक शक्तिलाई विकासको बाटोमा अगाडि बढाउन सरकार जति सक्षम हुनछ । त्यक्ति नै छिटो विकास सम्भाव हुनछ । विकास योजनालाई छिटो प्रतिफल दिने बनाउन सरकारी निकायमा कार्यरत कर्मचारीहरु, प्रशासकहरु, प्राविधिकहरु, उच्चप्रविधिका प्रयोगकर्ताहरुबाट मात्र विकासको गति तिब्र बनाउन सकिन्छ । देशको राष्ट्रिय उत्पादनमा बृद्धि, अन्तर्राष्ट्रिय बजारमा उत्पादन सामग्रीको बिक्रि, पूर्णरोजगारीको प्राप्ती, आम्दानीमा भएको असमान वितरणको न्यूनिकरण (Gap between rich and poor narrow down), सामाजिक न्याय, न्यायोचित कर प्रणाली, सुखी र सुन्दर जीवनयापन जस्ता मापदण्डबाट समग्र देशको र समाजको विकास मापन गर्न सकिन्छ ।
२१ औं शताब्दीमा विकासवादी नविनतम सिद्धान्तको (Innovative Development theory) आविष्कार भएको छ । जस अन्तर्गत बजार अर्थव्यवस्थाको विस्तार सार्वजनिक क्षेत्रमा लगानीको विस्तार यातायात, स्वास्थ्य, शिक्षा, सञ्चार, नीजीक्षेत्रको गरिबी उम्मूलन, गरिबी हटाउन– समान अवसर, सामाजिक कल्याण जस्ता नयाा सोचलाई योजना निर्माण गर्दा मनन् गरी योजना निर्माण गरियो भने आगामी ५ वष भित्र देशको राष्ट्रिय आम्दानी र प्रतिव्यक्ति आम्दानीमा युगान्तकारी परिवर्तन देख्न सकिन्छ । यस्ता कुसल योजनाकार वर्तमान सरकारको कुन कुनामा बसेका छन्, खोजी गर्न ढिला भएको महसुस गरिएको छ ।
विकास योजनाको लक्ष्य सम्पूर्ण जनता धनी बनाऔं भन्ने हो । तिब्र विकास निरन्तर आवश्यक हुन्छ । हाम्रो अर्थव्यवस्थमा परिवर्तन ल्याउन सुधारबादी योजना उपयुक्त हुन्छ । देशको विकास गर्ने पनि जनता नै हुन, विकासको प्रतिफलको उपयोग गर्ने पनि जनता नै हुन् । जतिसुकै प्राकृतिक साधनले भरिपूर्ण भएता पनि दक्ष जनशक्ति र युवाजनशक्ति अभावमा देशको विकास हुन सक्दैन । मानव पूँजी (Human capital) को प्रयोग नभइकन भौतिक पूंजिलाई उत्पादन गर्न सकिंदैन । आगामी दिनमा दुईतिहाइको सरकारको महत्वपूर्ण पाटो राष्ट्रिय गौरबका योजनाको थालनी गर्दै Macro economic development उबिल मार्फत देशलाई प्रगतिको दिशा तर्फ उन्मूख गराउनु हो । सम्पूर्ण देशवासी शिक्षक, प्राध्यापक, बौद्धिक, समाजसेवी, चेतशिलवर्ग विकासको मार्ग प्रसस्त गर्न आह्वान गर्दछन् । जयदेश–जयराष्ट्रवाद– जय विकास– जय समृद्धि ।