ऐना आफै बोल्छ
भारतको आगरामा ताजमहल छ । इ.सं. १६४८ मा शाहःजहाँले आफ्नी महारानी मुमताजको सम्झनामा निर्माण गर्न लगाएका थिए, जसले इ.सं. १९८३ मा विश्व धरोहरको रूपमा मान्यता पायो ।
एकजना मानिस ताज महलको अवलोकन गर्न आगरा पुगे । ताजमहलको प्रवेश द्वारमा पुग्ने बित्तिकै त्यहाँ कार्यरत चौकीदारसित कड्किँदै, रन्थनिँदै सिकायत गर्न थाले– ‘ताजमहलको प्रवेशद्वारमा त आकर्षक तस्विर वा मूर्ति राखिनु पर्ने थियो, किन यस्तो कुरूप बाँदरको मूर्ति राखिएको हो ?’
चौकीदारले मुसुमुसु हाँस्दै जवाफ दिए । ‘महाशय ! यो बाँदरको मूर्ति होइन । यो त दुबैतर्फराखिएको ऐना हो । ऐना आफै बोल्छ ।’ चौकीदारको जवाफले ती ब्यक्ति लाजले पानी, पानी भए । अरु, उनले केही पनि बोल्न सकेनन् ।
प्रिय पाठक महानुभावहरू ! के हजुरहरूसित पनि यस्तै मानिसहरूको सङ्गत भएको छ ? म आज यस्तै कथा हजुरहरूलाई सुनाउने प्रयास गर्दैछु, जो पढेर कुनै मान्छे यो ऐनामा आफ्नै तस्विर÷मूर्ति देखेर भुत्भुताउने छन् ।
उहाँको बचेखुचेको इज्जत जोगाउन म अहिले कुनै मान्छेको नाम, गाम, काम बारे बताउन गई रहेको छैन । मैले त एउटा प्रवृत्ति÷भ्रष्टवृत्तिलाई सच्याउन चाहेको मात्र हो । यस्तो प्रवृत्तिमा बारबन्देज लगाउनु मेरो रुचीको विषय हो ।
उहाँ आफुलाई निकै चतुरो सम्झनु हुन्छ । चतुरो मान्छेले चुन्ने गन्तव्य पनि चतुरो हुन्छ । उज्यालो भेट्न अगाडि बढ्ने मानिस र अँधेरो छिचोल्न चाहने मानिसको पाइला विल्कुल फरक दिशा÷विपरित दिशा तर्पm अघि बढेका हुन्छन् भन्ने कुरा सजिलै बुझ्न सकिने कुरा हो । ‘चोरको खुट्टा काट् ।’ भनेको सुन्ने बित्तिकै उतर्सिने चोर जस्तै हुनुभयो भनेर उहाँलाई नभनी हालुँ क्यार । वास्तवमा उहाँ चाकडी, चाप्लुसी र कपटको कैंची चलाउन माहिर हुनुहुन्छ । यस्तो कला सितिमिति कसैमा पनि पाउन सकिन्न । यहाँ यो पनि उल्लेख गर्नु मुनासिब होला, उहाँ रङ्गेहात घुस लिँदा लिँदै समातिएका कहलिएका भ्रष्टाचारीका इमानदार सेवक रहनु भएर काम गरेका अनुभवी ब्यक्तित्व हुनुहुन्छ । राम्रै दक्षिणा टक्य्राएर आफ्ना सहकर्मीको काम हाकिमबाट खोस्न लगउन सक्ने उहाँको खुबी प्रशंसा लायक ठान्नु हुन्छ उहाँ आपैंm ।
आफुलाई धनाढ्य बाबुको एक्लो छोरो हुँ भनेर ध्वाँस लाउन सक्ने उहाँको नाम पनि धन, अर्थ, सम्पत्ति, बुद्धिसङ्ग मिल्दो जुल्दो छ । पैसाको गन्ध पाउनासाथ उहाँ त्यसैको वरिपरि लुट्पुटिन सक्ने उहाँको सामथ्र्य छ । अर्र्काको खर्चमा राईंदाईं गर्न अल्लि धेरै नै रुचाउने उहाँको बानीमा खर्चमा गोलमाल मचाउन सक्ने खुबी पनि छ । मिल्दासम्म अर्काको पर्स र ब्यागमा भएका नोटका गड्डीमा लामो हात पार्ने उहाँको विशेषता हो । पैसा सकिएको मानिसलाई उहाँ मरेको मानिसलाई जुम्राले छोडे जस्तै चिटिक्क छोड्न सक्नुहुन्छ । कतिपय अवस्थामा लामो हात गरेर कमाएको अर्थको समेत ब्यर्थको पूmर्ति लगाउनु हुन्छ । उहाँले यो ऐनामा आपैंmलाई धूर्त ब्वाँसोबाट समयमा जोगिनु होला । पाडो खानेले बाच्छो पनि बाँकी राख्दैन । समयमै चेतना होस् ।
आफुले गरेका काला कर्तुतको चाङमा रमाउन उहाँलाई बेग्लै खुसी लाग्छ । उहाँलाई आफुले गरेको काममा रत्तिभर पनि अपशोच र पछुतो छैन । उहाँले यसै रीसमा आफुलाई नराम्रो देखाउने धेरै ऐेना फुटाई सक्नु भयो । क्रमशः