पृष्ठभूमिः
विज्ञान र प्रविधिको युगले विकास गरेको श्रब्य, दृष्य, छापा र विधुतीय माध्यमहरुबाट जिज्ञासु बालापनदेखि प्रौढ र ज्येष्ठ नागरिकसम्मलाई यौन क्रियामा असन्तुलित,असम्यमित तुल्याउने गरेको दृष्टिकोणहरु विज्ञहरुबाट बेलाबखत सार्वजनिक भएको पाईन्छ । मुद्धाको सुनवाईकै क्रममा कतिपय मुद्धामा यस्तै खालको न्यायीक विवेचना समेत हुने गरेको पाईन्छ । यौन शिक्षाको अभावमा यसको प्रक्रिया र परिणामको बारेमा अज्ञानतावस अपराध जनित कार्य गर्न पुगी सजाय भागी हुनु परेका कसूरदारहरु पनि हाम्रो समाजमा पाईन्छ । मुलुकी ऐन विस्थापित भै आएको मुलुकी देवानी (संहिता) ऐन २०७४ को व्यवस्थाले अब महिलाप्रति गरिने हरेक अपमानजनक व्यवहारलाई कानूनको दायरामा ल्याएको छ । तीन बर्षसम्म कैद र ३५ हजारसम्म जरिवाना गर्ने व्यवस्था भएको छ । महिलाको इच्छा विपरितका जुनसुकै कार्यलाई यौन दुुव्र्यवहार वा बालयौन दुरुपयोग अन्तरगत पारी कानूनी कारवाही चलाउन सक्ने अभ्यास बढ्दै आएको छ ।
यौन दुव्र्यवहारः
कसैले पनि कसैका विरुद्धमा यौन दुव्र्यवहार गर्न र गराउन हुँदैन । यौन दुव्र्यवहार गर्ने र गराउनेलाई तीन बर्षसम्म कैद हुन सक्दछ । तीस हजार रुपयाँसम्म जरिवाना हुन सक्दछ । कस्तो व्यवहार यौन दुव्र्यवहारभित्र पर्दछ । आम जनचासोको विषय हो । साथसाथै सरोकारको पनि विषय हो । यहाँ महिला वा पुरुष दुवैलाई कानूनले बन्देज लगाएको भएतापनि कानूनको भावना चाही महिला सुरक्षणप्रति केन्द्रित छ ।
करणीको आशयले समातेमाः
आफ्नो पति वा पत्निलाई बाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा यौन व्यवहार गरेको ठहर्न सक्दछ । यहाँ मन्जुरी थियो थिएन भनेर खुट्टयाउने आधार महिलाको कथनमा निर्भर हुन्छ । किन कि मन्जुरी लिनका लागि लिखत सहिछाप भएको हुँदैन । करणीको आशयले समातेको हो या मित्रता वा अभिभावकीय भावनाले समाएको हो भनेर खुट्टयाउने त्यस्तो सम्यन्त्र पनि छैन । यहाँ पनि महिलाको कथन नै प्रमुख प्रमाण बन्दछ ।
संवेदनशिल अंग छोएमाः
संवेदनशिल अंग छोएमा भन्ने शब्दले पुरुषको संवेदनशिल अंगलाई भन्दा महिलाको सम्वेदनशिल अंगप्रति लक्षित छ । सम्वेदनशिल अंग भन्नाले प्रमुख रुपमा स्तन लक्षित छ । किनभने पुरुषहरुको प्रमुख आकर्षण पनि त्यही हो । त्यसैगरी अन्य लैंगिक पहिचान दिने अंग, गाला, नाक, ओठ, पिठ्यू, कपाल मुसार्ने समेतलाइ पनि लिन सकिन्छ । यस्ता अंग छोएमा, वा छुने प्रयास गरेमा पनि यौन दुव्र्यवहारको कैद र जरिवाना जन्य कसूर बन्न पुग्दछ वा बनाउन सक्दछन् ।
भित्री पोशाक खोलेमाः
यो वाक्यांशले महिलाको भित्री अंगलाई संकेत गरिरहेको छ । महिलाको भित्री पोशाक भन्नाले ब्रा, पेन्टीतर्फ लक्षित छ । यस्तो पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा पनि कसूर हुन पुग्दछ । त्यसैगरी भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गर्ने कार्य समेत कसूरजन्य दण्डनीय कार्य हुनेछ ।
एकान्त ठाउँमा लगेमाः
कसैले कसैलाई अस्वभाविक रुपमा कुनै एकान्त कोठामा लग्ने कार्य पनि दण्डनीय हुनेछ । त्यसैगरी आफ्नो यौनाङ्ग छुन, समाउन लगाउने कार्य पनि कसूरजन्य कार्य नै हो । खाजा खाने बहानामा, फिल्म हेर्ने बहानामा, उपचारको चेक गर्ने बहानामा, गफ गर्ने बहानामा, असान्दर्भिक कार्यको बहाना बनाई आफ्नो कार्यकक्षमा बोलाउने समेतका कार्यलाई एकान्त कोठामा लग्ने कार्य मान्न सकिन्छ । कानूनले यस्ता कार्य समेतलाई दण्डनीय तुल्याएको छ ।
अश्लिल शब्दः
जिस्कने, जिस्क्याउने हेतुले प्रयोग गरिने अश्लिल शब्दहरु कुनै माध्यमबाट प्रयोग गरेमा त्यस्तो कार्यलाई पनि यौन दुव्र्यवहार मानी कानूनले दण्डनीय र कैद सजाय गरेको छ । माध्यम भन्नाले मौखिक, लिखित वा सांकेतिक कुनै पनि हुन सक्ने कुरालाई कानूनले स्पष्ट गरेको छ ।
विद्युतीय माध्यमः
आजकल सबभन्दा बढी प्रयोग हुने माध्यम विद्यूतीय माध्यम हो । त्यसमा पनि फेसबुक बढी छ । त्यसपछि मोवाईल एसएमएस पनि प्रयोगमा ल्याइएको पाइन्छ । यस्ता माध्यमको प्रयोग गरेर चित्र, तस्विर पठाएर जिस्क्याउने वा हैरानी दिने काम बढी मात्रामा गरिएको पाईन्छ । अब कानूनले यस्ता कार्यलाई पनि विद्युतीय अपराधमा जान नपर्ने खालका कसूरलाई यौन दुव्र्यवहार अन्तरगर्त दायर गरी कारवाही चलाउन सकिने व्यवस्था कानूनले गरेको छ ।
बालयौन दुरुपयोगः
बालयौन दुरुपयोगलाई कानूनले नै निषेध गरेको छ । निषेधित कार्य गर्नेलाई कैद र जरिवानको व्यवस्था पनि गरेको छ । यो कसूरमा अधिकतम तीन बर्षसम्म कैद हुने व्यवस्था छ । साथसाथै तीस हजार रुपयाँसम्म जरिवाना हुने व्यवस्था छ । बालयौन दुरुपयोग भनेको के हो ? कस्ता कार्यलाई कानूनले बालयौन दुरुपयोगमा राखेको छ भन्ने सवाल आमसरोकारको विषय हो । हरेक अभिभावकलाई यसको ज्ञान हुन जरुरी छ । बालयौन दुरुपयोगबाट बचाउन र कारवाही चलाउन पनि यस्ता सवाल जनसरोकारको विषय बनेका हुन् ।
यौन दुव्र्यवहार बयस्क, प्रौढ र बृद्धतर्फ लक्षित छ भने बालयौन दुरुपयोग १८ भन्दा कम उमेरका बालबालिका तर्फ लक्षित छ । करीब करीब कसूर उस्तै हुन् । अस्वभाविक रुपमा एकान्त कोठामा लैजाने, यौनाङ्ग छोएमा वा समातेमा, आफ्नो यौनाङ्ग छुन वा समाउन लगाएमा बालयौन दुरुपयोग गरेको कसूर हुन जान्छ । साथसाथै अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिन्छ ।
निष्कर्षः
विज्ञान र प्रविधिको युगले विकास गरेको श्रब्य, दृष्य, छापा र विधुतीय माध्यमहरुबाट जिज्ञासु बालपनदेखि प्रौढ, ज्येष्ठ नागरिकसम्मलाई यौन क्रियामा असन्तुलित, असम्यमित तुल्याउने गरेको जगजाहेर नै छ । अब सामान्य रुपमा जिस्कनु, ख्यालठट्टा गर्दा पनि परिस्थिति र परिवन्दले अपराध हुन पुग्ने तर्फ सबै समेत हुनुपर्दछ । यौनजन्य कसूरलाई राज्यले सम्वेदनशिल रुपमा लिएको छ । पहूँचवालाले पीडितलाई विभिन्न प्रकारको प्रभाव र दवावमा बशमा राखेर उम्कने प्रयासमा सफल देखिए पनि सँधै सफल भईन्छ भन्ने छैन । त्यसैले आफ्नो अस्वभाविक यौनउत्तेजना र आकाँक्षालाई नियन्त्रण गर्दा नै आफ्नो, आफ्नो परिवार, सन्तान, कूलको इज्जत बचाउन सकिन्छ । बालबालिकाका हकमा अभिभावकहरु बढी होसियार बन्नुपर्ने भएको छ । अठार बर्ष नपुग्दै यौनक्रियाप्रति बालबालिका आकर्षित हुने गरेको पाईन्छ । तर बालबालिकाले त्यसखालको कसूर र परिणामको बारेमा बुझ्न भ्याएका हुँदैनन् । आफ्नो बालबच्चाको किसोरावस्था, यौवनावस्थामा अभिभावकहरुले उसका क्रियाकलाप र बोली चालीलाई गहिरोसंग नियालेर अपराधउन्मुख क्रियाकलाप, सोंच र विचारमा परिवर्तन ल्याउन प्रयास गर्न सके अभिभावकीय कर्तब्य निर्वाह गर्न सफल भईन्छ । साथै कसूर गर्नबाट सन्तानलाई बचाउन सकिन्छ, आफू लज्जित हुनबाट आफैलाई बचाउन सकिन्छ ।