![](https://tanahunawaj.com.np/wp-content/uploads/2024/05/muktinath-p.jpg)
स्थानिय निकायले विकास योजना निर्माण गर्दा समाजमा के कस्ता परम्परा, मूल्य, मान्यता, संस्कार, विश्वासहरु छन् ति तथ्यलाई पहिला अध्ययन गर्दा उत्तम हुन्छ । यि र यस्ता तत्वले विकास प्रक्रियामा सकारात्मक प्रभाव पारेको हुन्छ । धार्मिक मान्यता, जातिय संस्कार र भाग्यवादी चिन्तनशैलीले विकासको बाटोमा अवरोध सृर्जना गर्न सक्दछन् ।
नेपाली समाजमा रहेको भाग्यमा विश्वास गर्ने प्रवृत्तिले विकासलाई असर गरेको छ । त्यस्तै सामाजिक विभेदले विकासका सबै पक्ष समेटिन नसकेको, चाकरिप्रथाले द्रुत विकासमा नकारात्मक प्रभाव परेको छ । सामाजिक र साँस्कृतिक जटिलतालाई विकासको परिप्रेक्षमा बुझन जरुरी हुन्छ । के कस्तो समाजमा के कसरी विकासका योजना बनाउने भन्ने कुरा बुझ्न समुदायसंग भरपर्दो र विश्वसनिय सूचनाको आधारमा विकेन्द्रीत विकास मोडेल निर्माण गरि कार्यान्वयन गर्नु राम्रो हुन्छ । विकेन्द्रिक रुपमा त्याहाँको वास्तविकतालाई बुझि सहकार्य गरि परम्पराबाट परिमार्जन हुँदै आएको विकास सामाजिक, साँस्कृतिक ज्ञान, पद्धति र प्रक्रियालाई समाहित गराउँदा आसा गरिएको नतिजा प्राप्त हुन्छ । लक्षमा पुगिन्छ । प्रगतिको विश्लेषण बाट समाजमा आएको परिवर्तनको मापन गर्न सकिन्छ । विकासका योजना कार्यान्वयन गर्दा समुदायमा बसोवास गर्ने व्यक्ति के कसरी, कहिले, कस्ता काममा व्यस्त वा फुर्सदिला हुन्छन् सो तथ्यलाई मध्यनजर राखी कार्यक्रम (योजना) कार्यान्वयन गर्नु उपयुक्त हुन्छ ।
स्थानिय निकायमा समग्रतामा कतिपय ठाउँमा र समाजमा जातिय विभेदको कारण विकास प्रक्रियामा समान अवसर प्राप्त हुन सकेको छैन । जातिय आधारमा निर्धारण भएका सम्बन्ध, पेशा, स्वतन्त्रता पक्षले विकासलाई असर पारिरहेको छ । यसमा तत्कालै सुधार गर्नु पर्ने हुन्छ । समाजमा धार्मिक, जातिय आधारमा हुने फजुल खर्चले विकासमा नकारात्मक असर परेको छ । समाजमा रहेका सकारात्मक परम्परागत ज्ञान, काम गर्ने तरिका, स्थानिय प्रविधिलाई समिस्रण गरी लगाउन सक्यो भने दिगो विकासको जग बस्दछ । यस्तो ढाँचाको विकासमा जनसहभागीता बलियो बन्दछ । सामुदायिक सहभागीताको आधारमा समूह निर्माण, कामको विभाजन, स्थानियस्तरमै निर्णय गर्ने क्षमताको बिकास, स्थानिय ज्ञानको सहि संयोजन जस्ता पक्षलाई आधुनिक विकासमा लगाउनु श्रेयकर हुन्छ ।
विकासको प्रक्रियामा सामाजिक सांस्कृतिक पक्षलाई हरेक सन्दर्भमा व्याख्या र विवेचना गर्नु आवश्यक हुन्छ । किनकी स्थानिय तहका जनताको प्रत्यक्ष सहभागीता जोडीएको हुन्छ । प्रत्येक विकासको प्रतिफलको मूल्याङ्कन गर्दा समाजिक विश्लेषण गरिएको हुन्छ । यस्तो विश्लेषणबाट समग्र विकास प्रक्रियामा सकारात्मक प्रभाव पारेको हुन्छ । विश्वको वर्तमान सामाजिक परिवेस समाज परिवर्तनबाट मुक्त छैन । प्रत्येक समाजमा धेरै थोरै परिवर्तन भैरहेको हुन्छ रु। जुन समाजमा जतिबढी आधुनिकीकरण र औद्योगिक क्रान्ती हुन्छ त्यस्तोमा कोन्द्रिय सरकारको नागरिकको हितका लागी उच्च लगानी प्राथमिकतामा राखिएको हुन्छ । यस्तो औद्योगिकीकरण भएको समाजमा साँस्कृतिक परिवर्तनको गति बढी हुन्छ । तसर्थ समाजको परिवर्तनको लागि राजनैतिक अर्थनीति
(Political economy) को गहिरो प्रभाव परेको हुन्छ । राजाको नेतृत्वको प्रवृति, जिम्मेवारीता तथा दिर्घकालीन सोचले समाजको परिवर्तन संम्भवहुन सक्दछ । सामाजिक संम्बन्ध, व्यवहार, क्रियाकलापमा आउने परिवर्तनले समाज विकासको प्रारुपको दिशानिर्देस गर्दछ । तसर्थ हामीले जेलाई समाज भनेर बुझेका छौँ । त्यो सबैमा आउने परिवर्तन नै सामाजिक परिवर्तन हो । समाज रूपान्तरण गर्न, आर्थिक विकास गर्न, आर्थिक संवृद्धि गर्नको लागी समाज परिवर्तनको अन्योन्यास्रित संम्बन्ध रहेको हुन्छ ।
सामाजिक परिवर्तनको माध्यम बाट पूर्वि यसियाका देश जापान, हङकङ, सिंगापुर, दक्षीण कोरिया, इन्डोनेसिया जस्ता देशहरुले सन् १९६० देखि १९९० सम्मको तीन दशकसम्म आइपुग्दा अर्थात् ३० वर्षको समयावधिमा व्यापक आर्थिक विकास, आर्थिक वृद्धि (Economic Development, Economic Growth) गरि पश्चिमा देशले गरेको विकासलाई उछिनेको थियो । त्यसैले यस्तो विकासलाई पूर्वि एसियाको चमत्कारिक (East Asia Miracle of Development) विकास भनिन्छ । यस्तो विकासबाट स्थापीत समाजलाई विकसित अर्थव्यवस्था भएको मूलुकको दर्जामा राखीएको थियो । यस्तो अवस्थापछि पूर्वि एसिया पनि विश्वको आर्थिक शक्तिको रुपमा देखापरेको इतिहास हामीसँग रहेको छ । यस्तो परिवर्तनबाट पूर्वि एसीयाले यूरोप र अमेरिकी अर्थतन्त्रको बजार आफ्नो पक्षमा पार्न सफल भएको थियो । यि सबै देशले नाटकिय दरमा प्रगति गरेका थिए । जसमा उच्च आर्थिक वृद्धिदर, उच्च लगानीको दर, उच्च उत्पाद र उपभोक्ताको छनौटमा वृद्धि, उच्च निर्यातदर, उच्च प्रविधिको विकास भएको थियो ।
यसरि विकासमा फड्को मार्न नसक्दा नेपाली युवाहरु कैयौंको संख्यामा विदेश पलायन भएका छन् । यस्तो युवालाई पूर्वाधारको विकास, उद्योगधन्दाको स्थापनागरि, रोजगारीका अवसर सृजना गर्ने हो भने विकासको उचाई चुम्न सकिन्छ ।
वर्तमान समयमा स्थापना भएका महानगरपालीका नगरपालीका, गाउँपालीकामा निर्वाचित भएर आउने जन प्रतिनिधी सवल, सक्षम, दक्ष, निपूर्ण, अनुशासित भ्रष्टाचार नगर्ने प्रवृत्तिका भएमा छोटो समयमा धेरै परिवर्तनको फड्कोमार्न सकिन्छ। के यस्तो जनप्रतिनिधि आगामी निर्वाचनपछि आउलान त ? जनता पर्ख र हेर (Wait and see) को अवास्थामा रहेका छन् । तसर्थ जिम्मेवार राजनैतिक दलले यस्मा बिचार पुर्याउनु हुन अनुरोध
गरिन्छ ।