दमौली/जिल्ला समन्वय समितिको पहलमा त्रिदिवसीय कार्यक्रमका साथ ७५औं प्रजातन्त्र दिवस मनाइदै
छ । आज दोस्रो दिन फागुन सात गते विहान अनसन चोकमा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी विहान साढे सातबजेदेखि नौ बजेसम्म निःशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आजै बन्दिपुर स्थित शहिद पार्कमा पुगेर शहिदहरुको शालिकमा मार्यापण गरी श्रद्धाञ्जली दिने कार्यक्रम तय गरिएको छ । सो कार्यक्रमको संयोजन आयोजकले गर्ने भएको छ ।
प्रजातन्त्र दिवसमा आयोजित तेस्रो दिनको कार्यक्रमको संयोजन तनहुँ उद्योग बाणिज्य संघले गर्ने भएको छ । तेस्रो दिन दमौली अस्पतालका विरामीलाई फलफुल वितरण गर्ने र जिल्ला प्रशासन कार्यालयमा विशेष समारोह गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा शहिद परिवारका सदस्य, वेपत्ता परिवारका सदस्य र घाइतेलाइ सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रजातन्त्र दिवसको पहिलो दिन फागुन ६ गते व्यास नगरपालिकाको संयोजनमा अनसन चौतारी, खुला मञ्च, शिव पाञ्चायन मन्दिर क्षेत्रमा सरसफाई गरेर मनाउने गरी फागुन ५ गते जिल्ला समन्वय समितिमा बसेको बैठकले निर्णय गरेको समाचार स्रोतले पुष्टि गरेको छ ।
७५औं प्रजातन्त्र दिवस
previous post
