दमौली/नेपालको सार्वभौम अस्तित्व संकटमा परेको बेला, नेपाल जस्तै छुट्टै राष्ट्र सिक्किम भारतमा विलय भएको छिमेकी परिवेश र पञ्चायत विरुद्ध नेपाली काँग्रेसले गरेका आन्दोलनको पृष्ठभूमिलाई केलाएर सम्वेदनशिल बनेका वी पीले २०३३ साल पुस १६ गते पञ्चायतसंग मेलमिलापको नीति लिएर नेपाल फर्केका थिए । आफू विरुद्ध राजद्रोह समेतका सातवटा मुद्धा विचाराधिन रहेको र मृत्यूदण्ड समेत हुन सक्ने नेपाली परिवेशलाई समेत सुझबुझका साथ आफू बाँच्न भन्दा देश बचाउनका लागि बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए ।
नेपाली काँग्रेसले सो दिनलाई आज ४९ बर्षसम्म मनाउँदै आएको छ । तर फगत विरालो बाँधेर श्रद्धा गर्ने शैलीमा । दमौलीमा पनि बुधबार ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो । औपचारिकतामा सिमित आसन ग्रहण र भाषण ।
नेपाली काँग्रेस व्यास नगर समितिले पनि मनाएको पाइयो । अर्को तर्फ बी पी विचार समाज जिल्ला कार्य समिति तनहुँले पनि ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको पाइयो । यो दिवस मनाइ रहँदा सैद्धान्तिक आधार भने नेपाली काँग्रेसले गुमाइ सकेको राजनीतिक विश्लेषकहरुको टिप्पणी रहेको छ ।
४९औं एकता दिवस
previous post
