
स्थानिय निकायको स्थापना भएदेखि विकासको बारेमा बिभिन्न छलफल र बहस भैरहेका छन् । स्वतन्त्रताको शुरुवात भएसँगै विकासको बहस प्रत्येक स्थानिय तहमा हुँदै आएको छ । स्वतन्त्रता विनाको विकासलाई महत्व दिन नसकिने भन्ने अवधारणाको विकास भएको छ । स्वतन्त्रताको पक्षमा बहसगर्दा फराकिलो दायरा राखिएको छ । जसभित्र साँस्कृतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता समाबेश गरिएको छ । यि सबै स्वतन्त्रताका लागि आर्थिक विकास अपरिहार्य मानिन्छ । यि सबै स्वतन्त्रता भएको समाजमा विकासको प्रक्रिया अगाडि बढ्दछ । स्वतन्त्रताले विकासलाई सहज बनाउँदछ, स्वतन्त्रता हुनु आफैमा विकास पनि हो ।
स्वतन्त्रताको लहर आएसँगै विकास सिद्वान्तको
(म्भखभयिऊभलत तजभयचथ) जन्म भयो । यस्तो विकास अवधारणा सन् १९५० देखि भएको पाइन्छ । यसरी समग्र समाजको विकासलाई आर्थिक वृद्धिको माध्यमबाट अगाडि बढाउने लक्ष राखिन्छ । आर्थिक विकासको सन्दर्भमा चर्चा गर्दा लगानी, बचत, उत्पादन, राष्ट्रिय आम्दानी, प्रतिव्यक्ति आम्दानी, वितरण, उत्पादन, भूमि, पूँजी, ज्याला, बजारिकरण, रोजगारी, व्याजदर, पूँजिनिर्माण, उपभोग जस्ता संम्पूर्ण आर्थिक चरहरु (भ्अयलयmष्अ ख्बचष्बदभिक) के वारेमा गहन रुपमा अध्ययन, छलफल, बहस, आदि गरिन्छ । उद्योग, व्यापार, व्यावसाय, मुद्रा, विनिमयदर, सोधान्तर स्थिति, व्यापार संतुलन, सार्वजनिक व्याय, कर, राजस्व, व्यापारघाटा, उत्पादन उपभोग संम्बन्ध, आदि आदि सबै पक्षको गहन छलफल, बहस, निस्कर्ष वाट देशको अर्थतन्त्रको बारेमा निष्कर्ष, निचोड
निकालिन्छ । यसैबाट विकसित, अविकसित. धनि, गरिब राष्ट्र के हो? सो छुट्याइन्छ । विकास कसरि भयो ? कुनै पनि देश किन गरिब भयो? आदि बारेमा तथ्याङ्कको आँकडाबाट फरक छुट्याइन्छ । तसर्थ विकासको लागि आर्थिक सूचक र सामाजिक सूचक दुवैलाई उत्तिकै महत्व दिइन्छ । त्यसैले अर्थशास्त्रीहरुले आर्थिक विकास लाई यसरी परिभाषित गरेका छन्– भ्अयलयmष्अ मभखभयिऊभलत ष्क मभाष्लभम बक ब क्गकतबष्लबदभि ष्लअचभबकभ ष्ल ष्खिष्लन कतबलमबचम या उभयउभि तजबत भलअयmउबकक ःबतभचष्ब िऋयलकगmउतष्यल, जभबतिज, भमगअबतष्यल बलम भलखष्चयलmभलतब िउचयतभअतष्यल । जनताको जीवनस्तरमा शिक्षा, स्वास्थ्य, उपभोग वातावरणिय समग्र क्षेत्रमा आउने सबै परिवर्तन लाई नै अर्थशास्त्री आर्थिक विकास मान्दछन् । स्थानिय वडा, गाउँपालिका नगरपालिका, महानगरपालिकामा शिक्षामा, स्वास्थ्यमा, बाटो घाटो निर्माण, यातायात संचार, विद्युत, स्च्छ खानेपानी, लगानी, रोजगारी, आम्दानीमा समग्र जनतामा एक आव पछि अर्को आवमा जँदा परिवर्तन आएका कुरा जनतालाई महसूस हुने गरेर, निर्वाचीत जनप्रतिनिधिले सरल भाषामा बुझाउनुपर्दछ । यसरी सबैका लागि सधैका लागि सबै कार्यलाई निरन्तरता दिनु जनप्रतिनिधी को जिम्मेवारी हो । हावादारी गफ दिएर जनताको अँखामा छारो हालेर हल्लाएको भरमा जनतलाई अल्मल्याएको नेता लाई वर्तमान समयमा यि डाँका फटाहा भन्न थालेका छन् । यो शब्द र भनाई स्थानिय गाउँघरमा वारम्वार सुन्न पाइन्छ । यस्तो दुर्दशाको अवस्थाबाट उन्मुक्ति कहिले पाउने हो? विचारणिय कुरा छ । स्थानिय निकायको, अब बन्ने प्रतिनिधिले यि कुराहरुलाई मध्यनजर राखेर आउन उपयुक्त हुन्छ । अन्यथा अब दलको झण्डा होइन कालोमोसो र डण्डा लिएर अनता गोलवद्ध भएर गाउँ–गाउँ, टोल–टोल, चौतारो, उकाली– ओरालिमा बसेर – कार्वाही गर्ने भनि गाउँ गाउँगा घोषणा गरिरहेका छन् । तसर्थ बिकासका लागि, योग्य, समक्ष, प्रतिभाशाली, दुरदृष्टि भएको प्रतिनिधि छनौट गर्न लालायित भएका छन् । खबरदार हिजोका बदमासको दिन गए– नयाँ मुनापंक्ती अगाडि आउन लामबद्ध भएका
छन् ।
आज युवाहरु भनिरहेका छन्– स्थानिय विकासको अवधारणाले सामाजिक सदभाव, मित्रता, मेलमिलाप, सशक्तिकरण बलियो बनाउनपर्ने पक्षलाई जोड दिनुपर्दछ । समानतामा आधारित सामाजिक संस्थाको स्थापना लाई जोडदिन्छ । स्वतन्त्र र स्वाधिन विकास भएको समाज देख्न चाहन्छन् । सामाजिक विकास गर्दा भेदभावरहित सबै समुदाय एक समान, समाजका सबै वर्ग, सबै तहका जनताले खुसि रहेर दिगो विकासको मान्यतावाट समाज रुपान्तरण भएको देख्न चाही रहेका छन् ।
के यस्तो रुपान्तरण विगतका समयमा देखिएका राजनितिका पात्रले गर्लान त ? यदि यस्तो भिजन र मिसन नभए आगामि निर्वाचनमा सबै सिट नयाँ आएका युवाको हातमा जाने निश्चित छ । तसर्थ “द्रुतविकास अभियान – युवाहरुको आवहान “ पक्कै स्थापित हुनेछ । समग्र जनता विकास र समाज रुपान्तरणको पर्खाइमा बसिरहेका छन्रु द्रुतविकासको शुभकामना ।