पृष्ठभूमिः
सहकारी र लघुवित्तमा आर्थिक अपचलनका मुद्दाहरुले अदालतको कार्यभार बढाएको
छ । मुद्धाको रुप हेर्दा सहकारीका सञ्चालकहरुले व्यवस्थापक र कर्मचारी विरुद्ध ठगी मुद्धा र लघुवित्तका सञ्चालकहरु ब्रान्च म्यानेजर र कर्मचारीलाई बैंकिङ्ग कसूर मुद्दा लगाएको पाईन्छ ।
सहकारी ठगीः
सहकारीको मर्म र भावना अनुसार चलाउने हो भने व्यवस्थापक र कर्मचारीले अपचलन गर्न नै नपाउने संरचना छ । सहकारीको कार्यसञ्चालन प्रणाली, अनुगमन प्रणाली, अध्यक्षको काम कर्तक्य र अधिकार, लेखा समितिको काम कर्तब्य र अधिकार, ऋण समितिको काम कर्तब्य र अधिकारलाई हेर्दा र यी सबैको नियमन गर्ने निकायको दायित्व र कर्तब्यलाई पढेर बुझेर सहकारीमा व्यवस्थापक र कर्मचारीले ठगी गर्न सक्ने देखिदैन ।
लघुवित्तको बैकिङ्ग कसूरः
लघुवित्तको बैंकिङ्ग प्रणाली, त्रैमासिक रुपमा हुने आन्तरिक लेखापरिक्षण र नियमित हुने अनुगमन प्रणालीलाई हेर्दा लघुवित्त वित्तिय संस्था लि. का ब्रान्च म्यानेजर र कर्मचारीले बैंकिङ्ग कसूर गर्न सक्ने आधार देखिदैन । सञ्चालकहरुले आफ्नो कर्तब्य निर्वाह इमानदारी पूर्वक गरिदिएको अवस्थामा ब्रान्च म्यानेजरले आफ्नो गुमानुपर्ने अवस्था आउँदछ । तर लघुवित्त वा सदस्यहरुको रकम हिनामिना अपचलन गर्ने अवस्था आउन पाउँदैन । त्यो आउनुमा सञ्चालकको दोष छ ।
अनलाईन प्रणाली वाधकः
बेरोजगारीले अत्तालिएको जनशक्ति रोजगारी पाएपछि जानीनजानी काममा प्रवेश गर्दछन् । सिकेर अनलाईन प्रणाली चलाउन सिक्दछन् । सिस्टम चलाउने आइडी सिकारु कर्मचारीलाई सञ्चालकले उपलब्ध गराउँदछ । अनि आफूलाई आवश्यक परेका बेला माग्दछ । आफैले कर्मचारीको आईडी प्रयोग गरेर सिस्टममा थपघट मिलान गर्दछ । अनलाईनको साथसाथमा हरेक ब्रान्चमा रजिष्टर प्रणाली अनिवार्य गरिएको भए माथिल्लो तहको कमचारीले तल्लो तहको कर्मचारीको आडिलाई दुरुपयोग गर्न सक्ने अवस्था आउँदैनथ्यो । तर अनलाईन सिस्टममा भन्दा हरेक सहकारी र लघुवित्तका ब्रान्चहरुले अनलाईन बाहेकका अरु अभिलेख प्रणालीलाई कमजोर तुल्याएर ठगी र बैंकिङ्ग कसूर चलाएर आफूले सफाई लिन खतरा देखिएको छ । राजनीतिक कसूरः
नेपालको राजनीतिले नेता मध्ये कुनैलाई बलीको बोको बनाएर अरु ठूला नेताले क्लिन चिट लिन संस्कार बसाल्यो । ठीक त्यसैगरी ठूला कर्मचारीले साना कर्मचारीलाई फसाएर आफू कसूरबाट बच्न सफल भए । माथिल्लो तहमा यो संस्कार बसेपछि तल्लो तहका राजनीतिक कार्यकर्ताको पकड भएका सहकारी र लघुवित्तमा त्यही रोग सल्केको पाइयो ।
निष्कर्षः
राजनीतिक भ्रष्टीकरणले पहूँचवालालाई बचाएर निमुखा र साना कर्मचारीलाई दोषी ठह¥याउने अनुसन्धान प्रणालीमा मुलुकलाई धकेलिदियो । हाम्रो अपराध अनुसन्धान प्रणालीले विश्व समुदायमा राम्रै ख्याती कमाएको भएतापनि सहकारीको ठगी र लघुवित्तको बैंकिङ्ग कसूरमा गरेको अनुसन्धान जाहेरी केन्द्रीत जस्तो सन्देश गएको छ ।
सहकारी र लघुवित्तको आर्थिक अपचलन
previous post