आर्थिक क्षेत्रहरूमा आइपरेका विकासका समस्यालाई हटाउन सरकार बढि अग्रसर हुनु पर्दछ । हाम्रो देशको सामाजिक, साँस्कृतिक, मौलिक, आर्थिक बिकास खर्चिलो र भड्किलो पाराको छ । यसमा साबधानिपूर्वक आर्थिक योजनाको कार्यान्वयनमा मनिटरिङ, सुपरभिजन पक्षलाई सबल, सक्षम र परिणाममुखी बनाउनु पर्दछ। हाम्रो कृषि क्षेत्र प्रायः अनुत्पादक नै छ । वैज्ञानिक ज्ञानको कमि, परंम्परागत प्रवृत्ति, कमजोर साधन, उपयुक्त बजार व्याबस्थाको कामि, सिंचाईको आभाव, यातायात संन्चारको कामि, कृषि बजार सेवा, वैज्ञानिक भुमिसुधार जस्तापक्षमा अनुसन्धानको माध्यम बाट परिवर्तन ल्याउन सकिन्छ । कृषि र उद्योगको क्रान्ति संगसंगै हुन पर्दछ। सरकारले कृषि सम्बन्धि र औद्योगिकिकरण सम्बन्धि एकैसाथ समावेश गर्नुपर्दछ । जनता पछौटेपन प्रति सर्तक र राष्ट्रियताको भावना बाट उत्प्रेरित हुन पर्दछ ।
बर्तमान समयमा आर्थिक मन्दीको कारण औद्योगिक क्रियाकलाप केहि भएको पाईदैन । उद्योगधन्दा को क्षेत्रमा साहसिक उद्यमिको संख्या न्यून छ । उद्योग व्यवसाय गर्न बैंकिङ्ग लगानी र बढी भन्दा बढी जोखिम लिन सक्ने व्यावसायिको आगमन हुनु आवश्यक छ । देशबाट वर्तमान समयमा दक्ष प्राविधिक र शिक्षित संख्या बाहिरिएको अवस्था छ ।
आर्थिक विकासको प्रक्रियामा आर्थिक आधारको साथसाथै राजनैतिक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक आधारको पनि उत्तिकै बिकास गर्नुपर्दछ । बिदेशी लगानीकर्ता शाहसिक, दक्ष र चलाख हुन्छन्– नाफा प्राप्त गर्ने मामलामा निपूर्ण हुन्छन । त्यसैले त्यस्ता व्यावसायिबाट अनुभव ज्ञान लिएर व्यावसायिक व्यक्ति व्यावसायमा आउँनु पर्दछ ।
हाम्रो अर्थव्यवस्थामा गरिबिले आक्रान्त समाजका मानिसहरुको मनोवृत्ति उपभोग बढि बचत कम तर्फ झुकेको छ । श्रमिकको उत्पादकत्व ज्यादै कम छ । प्राप्त आम्दानी बचतरु गर्ने धारणा जनतामा छैन । नेपाली अर्थव्यावस्थामा परिवर्तन ल्याउन द्रुतविकासको लक्ष प्राप्त गर्न Functional change मात्र हैन की Structure मा नै परिवर्तन गर्नु पर्दछ । सामाजिक धारणा र उत्पादन प्रविधिमा सुधारात्मक परिवर्तन गरी औद्योगिक अर्थ व्यावस्थामा परिवर्तन समयानुसार गर्दै लैजान पर्दछ । Structural change ले नयाँ ढाँचाको बिकास गर्दछ । यसमा Education र Demonstration को माध्यम बाट बिस्तारै परिवर्तन ल्याउन पर्दछ । जसले सिपको पनि बिकास गर्दछ ।
बिलासी बस्तुको आयातमा रोकलगाइदिने हो भने आफ्नै देशमा उत्पादित वस्तुको उपभोग मात्र गर्न सकेको खण्डमा पूंजिनिमर्माण बृद्धि भै लगानी प्रबर्धन हुन्छ । वैदेशिक लगानीकर्ता संग संयुक्त रुपमा लगानी गर्दा पूंजिको साथसाथै नयाँ आधुनिक प्रविधिपनि ल्याउने भएकाले श्रमिकहरु बढी तालिम युक्त (Trained) हुन्छन् । लगानीको ढांचा परिवर्तन गरी समाजलाई फाइदा हुने तबरले उत्पादन प्रक्रियालाई अगाडी बढाउनु श्रयकर मानिन्छ । सरकार लगानी प्रति उत्तरदायि हुन पर्दछ । लगानी संन्तुलीत विकासको सिद्धान्तमा आधारित हुनुपर्दछ । यसले अर्थव्यवस्थाको सबै क्षेत्रको सर्वोतोमुखी बिकासलाई जनाउँदछ । कृषि र उद्योग क्षेत्रमा संगसंगै लगानी गर्नुपर्दछ । कृषि र उद्योगक्षेत्र परिपुरक हुन् । यातायातको बिकास गर्नुपर्दछ । यस्ले उत्पादन लागत कम भै बजारको आकारमा बिस्तारमै उत्पादकत्व वृद्धि हुन्छ ।
नेपालको विकास संबन्धि इतिहासले के दिखाउँछ भने सामाजिक धारणा, मान्यता र आर्थिक कृयाकलापको परिवर्तनले बिकासको बाटो देखाउँदछ । सरकारले साबधानिपूर्वक आफ्नो विकासको मार्ग आफ्नै सोँच र संरचना बाट तयगर्दा Macro Economic Development Model को Content समाविष्ट भै Sustainable Development हुन्छ । जुन आर्थिक सम्वृद्धिको लागि एकमात्र बाटो हो । यसमा २१ औं शताब्दीमा भएका सबै परिवर्तन समाविष्ट भै Speedy Development मार्ग परिस्कृत भै अर्थतन्त्रका सबै अवयव (organ) चलायमान भएका हुन्छन । हाल बिदेशिएका सबै नेपाली युवाहरु पूँजी ज्ञान, वैज्ञानिक ज्ञान, सिप, धारणा, व्यावहार लिएर नेपालको उर्वर भूमिमा फर्कनेछन् र नेपाल संसारकै संम्वृद्ध मुलुकमा रुपान्तरण हुनेछ । आसा गरौ यस्तो समय आउन धेरै लामो समय कुर्नु पर्दैन । जयहोस सबै नेपाली जनताको ।