पृष्ठभूमिः
हामीहरुले सामान्य समझमा आफ्नो ज्ञान सीप र प्रयासबाट आर्जन गरेको, दान बकस अपुतालीबाट प्राप्त गरेको, चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको, पारिश्रमिक, पेन्सन, उपदानबाट प्राप्त गरेको, कानुन बमोजिम मानो छुट्टिएपछि प्राप्त गरेको, महिलाले विवाह अगाडि आर्जन गरेको सम्पत्तिलाई नीजी आर्जन मानिन्छ । तर त्यसलाई ठोस प्रमाणबाट पुष्टि गर्न निकै कठिनाई छ ।
मानो छुट्टिएको मिति कायमः
कानुन बमोजिम मानो छुट्टिएको भन्नु र मानो छुट्टिएको भन्नु फरक अवस्था हो । कानुन बमोजिम मानो छुट्टिएको भन्नु अंश बण्डा गरेर वा अंश बण्डा नगरीकन पनि मालपोत कार्यालयबाट मानो छुट्टिएको लिखत पास गर्न सकिन्छ । त्यसरी मानो छुट्टिएपछि मात्र राजीनामाबाट आर्जन गरेको सम्पत्ति पनि नीजि आर्जनको हुन्छ । त्यसैगरी अदालतमा अंश मुद्धा परी अदालतको आदेशले मानो छुट्टिएको मिति कायम भएपछि राजिनामा वा अन्य कुनै व्यहोराले प्राप्त गरेको सम्पत्ति बण्डा लाग्दैन । नापीसर्वेका समयको हकमा व्यवहार प्रमाणलाई प्राथमिकतामा राखिएको पाईन्छ ।
हालैको बकस पत्रः
हाम्रो संहिताले दान बकस वा अुताली स्वरुप प्राप्त गरेको सम्पत्तिलाई निरपेक्ष रुपमा निजी सम्पत्ती मानेको छ । तर न्यायको रोहमा कतिपय अवस्थामा न्यायाधीशको न्यायीक विवेकले रिझगुण वापत हालैको बकस पत्र दिनुपर्ने, कारण र अवस्था ठोस प्रमाणबाट पुष्टि हुन नसकेको तर्कमा हालैको बकसलाई पनि बण्डा गरिदिएको पाईन्छ । न्यायीक विवेकले कतिपय अवस्थामा आयस्रोत देखिएका छोरा बुहारीको सम्पत्ति समेत पितामातालाई बाँडिदिएको पाईन्छ ।
सगोलको सम्पत्तिः
मुलुकी देवानी संहिताले निजी आर्जनको सम्पत्ति बाहेक पुख्र्यौलीबाट प्राप्त सम्पत्तिलाई सगोलको मानेको छ । निजी सम्पत्ति बाहेक अंसियारको नाउँमा रहेको अन्य सम्पत्तिलाई पनि सगोलको मानेको छ । अंशियाराले सगोलको खेती उद्योग व्यापार व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्तिलाई सगोलको सम्पत्ति किटान गरेको छ । कानुन बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ भनेको छ । तर बाबु, आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनका लागि बाबुआमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको मानिन्छ भनेको छ । तर छोरा छोरीले आर्जन गरेको सम्पत्ती बाबुआमाको लागि सोगलको मानेको÷भनेको छैन ।
न्यायीक विवेकः
निजी आर्जन भित्र पर्ने सम्पत्ति समेत बण्डा गर्ने न्यायीक विवेकबाट न्याय पर्दा न्यायालयप्रति विश्वास बढ्छ ।
निष्कर्षः
कानुन बमाजिम मानो छुट्टिएपछिको आर्जन, बकस÷ अपुतालीबाट प्राप्त सम्पत्ति, निजी ज्ञान सीपको आर्जन, चिठ्ठा उपहारको आर्जन, पारिश्रमिक अनुदान समेतका निजी आर्जन भित्र पर्ने सम्पत्ति अंसियारा बीच बण्डा हुने ठह¥याउँदा ठोस प्रमाण र बस्तुनिष्ठ प्रमाणको अभाव मात्रै भनेर पुग्दैन । मर्का पर्ने पक्ष समेत सहमत हुनुपर्ने न्यायीक विवेचना हुन आवश्यक हुन्छ ।