शुरुमा त उनलाई विश्वास नै भएन कि उनी यति ठूलो रोगको शिकार भएकी छिन् भनेर । फेरी दोहो¥याएर चेकजाँच गरीन् । नतिजा उहि आयो । विश्वास नै नलागे पनि यो दर्दनाक यथार्थलाई स्वीकार्नु को विकल्प थिएन । उनीसँग डाक्टरले हातमा रिपोर्ट थमाउँदै गर्दा यस्तो लाग्यो मानौं उनको जीवनमा अब केहि पनि बाँकी छैन । उनको जीवन नै सकिइसक्यो । डाक्टरले दिएको सल्लाह सुझाव र सान्त्वना पनि उनलाई व्यर्थ र अर्थहिन लाग्यो । यस्तो लाग्यो यी सब भन्ने कुराहरु मात्र हो । भन्नेलाई सजिला ेहोला तर परेर सुन्नेलाई सान्त्वनाको एक एक शब्दहरु पहाड जस्तै भारी लाग्छ । तर एकतमासले सुनीदिनुको विकल्प नभएपछि के नै गर्न सकिन्छ र ? डाक्टरको कुरा सुनीरहँदा उनको मनमा डाक्टरले भनेको कुरा भन्दा पनि यस्तै यस्तै कुराहरु मात्र खेलिरह्यो । अब के गर्ने, के अझै पनि बाँच्न सम्भव छ ? सम्भव छ भने कसरी ? कसरी सामना गर्ने यो समाजको ? आफ्नै घर परिवारको ? हस्पिटलबाट निस्कदै गर्दा उनको मनमा यस्तै यस्तै प्रश्नहरुले आवाज दिइरहेको थियो ।
धेरै दिनसम्म त उनले आफ्नै परिवारलाई पनि यथार्थ बताउन सकिन । तर सत्यलाई सधै लुकाईराख्न त कहाँ सकिन्छ र ? उनकोे परिवारको सदस्यलाई आकाश खसेजस्तो भयो, जमिन भासिए जस्तै भयो जुन दिन उनिहरुले यथार्थ थाहा पाए । परिवारको सदस्यहरुलाई पनि थाहा भएन अब के गर्ने ? आफनै नियति र भाग्यलाई सरापि रहे ? केहि दिन सम्म परिवारमा पनि मौनतथा छायो । त्यो भनदा पनि कयौं गुणा ज्यादा मौनता त उनको मनमा छाएको थियो । केहि काल यसरी नै बित्यो । उनि प्राय घर बाहिरैनिस्किन्थिनन् । निस्किनै परे मात्र निस्किनथिन् । एक हिसाबले भन्दा उनि बाँचिरहेकी त थिइन् तर आफै भित्र मरेर । उनमा आएको यो परिवर्तन देखेर समाजका मानिसहरु कानेखुशी गर्थे । अनेकथरी अड्कल काट्थे । यो कुरा उनको कानसम्म पनि आइपुगे । उनी झन् पिडाबोध गर्थिन् ।
बिस्तारै परिवारको साथ सहयोग र आश्वासन निरन्तर पाउन थालेपछि उनि केहि खुलिन् । जीवन अझै बाँकी छ भन्ने लाग्न थाल्यो उनलाई । विस्तारै उनि परिवारमा मात्र होइन समाजमा पनि खुल्दै गईन् । छर छिमेक र समाजको उनि प्रतिको व्यवहार पनि क्रमश सामान्य बन्दै गयो । कानेखुसीहरु पनि हुन छाडे । अड्कलहरु काटिन बन्द भए । उनि पनि खुशी नै थिइन् । एउटा नयाँ जीवनको शुरुवात न भएको थियो । तर उनको यो खुशी धेरै टिकेन । मानिसहरुको उनिप्रतिको व्यवहार एकाएक परिवर्तन हुन थाल्यो । उनि एकाएक समाजको कलंकित पात्र बनाइन् । उनिप्रतिको हेराईहरु तिरस्कारले भरिन थाल्यो । यी सबै नहुनु पर्नेहरु कुराहरु हुन थाल्यो जब मानिसहरुले उनको यथार्थ थाहा पाए । अब उनि समाजको लागि हेलाको पात्र भईन । मानिसहरुले छिछि र दुरुदुरु गर्न थाले । तै पनि उनले हिम्मत हारिनन् । समाजसंग जुघेरै अगाडि बढ्ने निर्णय गरिन् । मानिसहरुले उनिसंग यति तल्लोस्तरको व्यवहार गर्थे कि कहिलेका काही त उनलाई आफ्नो जीवननै समाप्त पार्न मन लाग्थ्यो । तै पनि उनले समाजमा आफ्नो अस्तित्व खोज्नको लागि संघर्ष गर्ने प्रण गरिन् । उनको संघर्ष आज पनि जारी नै छ, मानिसहरुले उनिप्रति गर्ने राम्रो व्यवहार कत्ति साँचो हो र कति देखावटी हो, आज पनि उनले अड्कल काट्नै पर्दछ । आजपनि उनको मन मष्तिष्कमा एउटा प्रश्न घुमिनै रहन्छ । उनको गल्ति के थियो र उनि यति तिरस्कार भोग्नु परिरहेको छ ? यही समाजको पासवीक सोंच भएकाहरुको कर्तुले गर्दा नै होइन उनले यो रोगको सिकार हुनु परेको ? आफ्नो क्षणिक वासना पुरा गर्न उनलाई एड्स जस्तो दर्दनाक उपहार लिएर जाने यही समाजका चरित्रहरु चाही आज कुन हालतमा होलान् ? के ती पासविक चरित्रहरुले पनि उनले जस्तै तिरस्कार भोगि रहेका होलान् ? या आफ्नो यथार्थ नै थाहा नपाएर अझै अरुको जीवन वर्वाद पार्न मै लागि रहेका होलान् ? अझै पनि यिनै प्रश्नहरुको उत्तर खोजी रहेकी छिन् ।
माथि प्रस्तुत गरिएको कथा काल्पनिक भएपनि यो हाम्रो समाजको वास्तविकतासंग मिल्छ । हिजो अर्थात डिसेम्बर १ लाई विश्व एड्स दिवसको रुपमा मनाईन्छ । यो बर्ष पनि डिसेम्बर १ लाई ‘असमानता हटाऊँ, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ ३४औं एड्स दिवसको रुपमा मनाइयो । सन १९८१ मा पहिलो पटक संयुक्त राज्य अमेरिकामा एड्सको पत्ता लगाइएको थियो । पत्ता लागेको तीन बर्षपछि अर्थात १९८४ मा एड्सको कारण एचआईभि भाईरस भएको तथ्य पत्ता लाग्यो । पत्ता लागेको चार दशक वितिसक्दा पनि यसको लागि प्रभावकारी औषधी बनाउने, कुरामा सफलता प्राप्त भएको छैन । शुरुवाती समयमा एड्सको शिकार हुनु भनेको मर्नुनै थियो किनभने, कुनै पनि दवाई थिएन, एड्सको लागि । तर आज अवस्था त्यही छैन, निर्मूल पार्न नसकिए पनि मानिसको आयु लम्ब्याउने अर्थात भनौं अवस्था विग्रन नदिने औषधीहरु बनि सकेका छन् । निकट भविष्यमा यसलाई चट्टै बनाउने दवाई पनि बन्ला, बनोस् पनि भन्ने आशा पनि गरौं । औषधी निर्माण गर्ने कुरामा प्रगति भएपनि एड्स रोगीहरुलाई अन्य मानिसहरुले गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा खासै उल्लेख्य परिवर्तन भएको छैन ।
एड्स रोगीहरुलाई अन्य मानिसहरुले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार आजको मितिसम्म पनि समान छैन भन्ने कुरा यो बर्षको विश्व एड्स दिवसको नाराले नै बताउँछ । किनभने नारामा भनिएको, असमानता हटाउँ, एड्स अन्त्य गरौं । तत्कालिन अवस्थामा एड्सको औषधी नभएको कारण एड्सको अन्त्य गर्नु सहज कुरा पक्कै होइन । एड्सको अन्त्य अर्थात एड्स लागेको मान्छे कोही पनि नहुनु भनेको आजका दिनसम्म एड्स लागेको सबै मानिस मर्नु भने सरह नै हो । तर यो मानवीय र व्यवहारिक दुवै रुपले सम्भव छैन । आज पनि विश्वका करोडौं करोड मानिसहरु एचआईभि र एड्सबाट संक्रमित छन् । नेपालमै पनि लाखौंको संख्यामा एड्स संक्रमितहरु छन् । त्यसैले पनि एड्सको अन्त्य तत्कालको लागि सम्भव छैन । त्यसो भन्दैमा के उनिहरुलाई सम्मानजनक जीवन जिउने अधिकार नै छैन त ? के उनिहरु एचाईभि र एड्सबाट संक्रमित हुनु भनेको, अन्य मानिस भन्दा तल्लो दर्जामा झर्नु हो ? केवल त्यही कारणले मात्र उनिहरुले अरुसंग समान हुन नपाउने हो त ? पक्कै पनि होइन । सम्मानजनक जीवन जिउने अधिकार उनिहरुलाई पनि त्यत्तिकै छ जति संक्रमण नभएकाहरुलाई छ ।
असमानता भयो मात्र भन्नु भन्दा असमानताको कारण के हो भन्ने कुरा पनि बुझ्नुपर्छ । पङ्तिकारको विचारमा एड्स संक्रमित व्यक्तिहरुलाई असमान व्यवहार गरीनुको पछाडी सम्भवत दुईवटा कारण प्रमुख छन् । एक एड्स निको नहुनु । अर्को एड्स लाग्ने कारण । एड्स पूर्ण रुपमा निको नहुनु असमानताको एउटा कारण हुनसक्छ । तर हामीले के बुझ्नु पर्छ भने एड्स लाग्दैमा मान्छे मरिहाल्ले होइन । मानिस त संसारमा प्रत्येक सेकेण्ड मरिरहेकै छन् भिन्न भिन्न कारणले । एड्स संक्रमित व्यक्तिहरु पनि अन्य व्यक्ति झै स्वस्थ जीवनयापन गरिरहेको उदाहरण पनि प्रशस्तै छन् । त्यसैले निको रोग हो भन्दैमा हेलाको दृष्टिले हेर्नु पर्ने कुनै आधार छैन । अब अर्को कारण तर्फ हेरौं, हामी सबैलाई थाहा छ, एचआईभि र एड्स कसरी सर्छ भन्ने कुरा । असुरक्षित शारीरिक सम्बन्ध, निर्मलीकरण नगरिएको सूईको प्रयोग, संक्रमित रगतको प्रयोग, संक्रमित आमाबाट जन्मने बच्चा यिनै कारणहरुले नै एड्स सर्ने हो । तर मानिसहरुको एउटा आमधाराणा के बनेको छ, भने, एड्स संक्रमित भन्ने वित्तिकै त्यो मानिस चरित्रहिन छ, असुरक्षित संम्बन्धबाटै ऊ संक्रमित भएको हो, मानिसहरुको यो बुझाई, सरासर गलत हो । मानव बेचविखनको जालोमा परेर, यौन व्यवसायमा धकेलिएकी एउटा नारीलाई एड्स लाग्यो भने के उसलाई चरित्र हिनताको विल्ला भिराई दिन मिल्छ ? त्यसैमाथि एड्स परिवन्द वा अरुको गल्तिले संक्रमित रगत लिंदा पनि सर्छ । असुक्षित सुईको प्रयोगबाट पनि सर्छ । एड्स लाग्यो भन्दैमा ती सबैलाई चरित्रहिन भन्ने त अब ? अर्को उदाहरण हेरौं । कुनै एउटा संक्रमित आमा गर्भवती भईन, स्वास्थ्य जोखिमता आउन सक्ने भएकाले गर्भपतन गर्न मिल्दै मिलेन र संक्रमित बच्चा जन्मियो, अब त्यो बच्चाको के गल्ति एड्स रोगि हुनुमा ? अनि किन सहनु पर्ने उसले समाजको तिरस्कार ?
भनिन्छ, अचानोको चोट खुकुरीलाई थाहा हुँदैन, त्यस्तै संक्रमितहरुलाई गरिने, असमान व्यवहारले दिने पीडा अरुले बुझ्न सक्दैनन् । यसै पनि संक्रमित व्यक्तिहरुलाई कहि न कहि रोगले आफैभित्र पीडा दिई रहेको हुन्छ, त्यसैमाथि हामीले हेलाको व्यवहार गर्नु, झन अमानवीय व्यवहार हो । सकिन्छ, उनिहरुलाई मलाई केही भएको छैन भन्ने आभाष दिलाऊँ । सकिदैन, कमसेकम पीडा नथपौं । उनिहरुलाई पनि यही समाजमा सम्मानपूर्वक बाँच्ने वातावरणको सिर्जना गरौं । किनभने उनिहरु पनि यही समाजका हिस्सा हुन् । भविष्यमा एड्सको अन्त्य होला नहोला, त्यो भविष्यले नै बताउँछ । तर संक्रमितहरुलाई गरिने असमान व्यवहारको अन्त्य वर्तमानमै गरौं । तपाई हामी सबै मिलेर गरौं । एक जुट भएर गरौं ।
सन्दर्भः विश्व एड्स दिवसको
previous post