तनहुँको विकास गर्नको लागि जनताको मागलाई संम्बोधन गर्नेगरी– प्राथमिकताका क्षेत्र जस्तैः उद्योग, कृषि, ग्रामिण गरिब आवास, पर्यटन, प्रवर्धन जस्ता क्षेत्रलाई प्राथमिकीकरण गरि अगाडी बढाउनु पर्दछ । यसको अलावा पशुपालन, फलफूल वगैंचा निमार्ण, फलफूलमा आधारित उद्योग स्थापनामा Subsidy दिने जस्ता कार्यक्रम उपयुक्त हुुन्छन् । नयाँ उद्योगको स्थापना, सुधार र विस्तारका दिर्घकालीन योजना निर्माण गर्दा उपयुक्त हुन्छ । जनताको मागलाई सम्बोधन गर्न बिद्यमान बचतलाई उद्योग तिर प्रवाह गर्ने, स्वदेशी, विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, अन्तराष्ट्रिय संस्थाबाट उदारऋण प्राप्त गर्ने, पुराना उद्योगको विस्तार गर्ने, आधुनिकिकरण र नयाँ उद्योगको स्थापना गर्ने ग्रामिण क्षेत्रमा लगानि गरेर राष्ट्रिय विकास रणनितिलाई बलियो बनाउने, कृषि उद्योग र पर्यटन क्षेत्रको लागि पूंजि र प्राविधिक ज्ञान (Capital and Technical Knowledge) उपलब्ध गराई विकास अभियान सन्चालन गर्ने जस्ता कार्ययोजनालाई निरन्तरता दिनु अत्यावस्यक हुन्छ ।
तनहुँ जिल्ला भित्र छरिएर रहेको बचतलाई उत्पादनसिल क्षेत्रतर्फ प्रवाह गर्ने, उद्योग व्यवसायलाई पूंजि उपलब्ध गराउने, तिब्र आर्थिक वृद्धि (Speedy Economic Growth) बाटो तयगर्नु, आर्थिक अनुसन्धान गर्ने (Economic Research Institution Establishment) पूंजि बजारको विकास गर्ने जस्त कार्य जस्ता कार्य प्रोत्साहित गर्नु पर्दछ । बचत र लगानी आर्थिक विकासका पूर्वाधार हुन् । आर्थिक साधनको कुशल सदुपयोग गर्ने र नगर्ने सम्ुदाय बीचमा आर्थिक बृद्धिमा ठूलो अन्तर आएको छ ।
तनहुँवासी जनता आर्थिक संबृद्धि संग सम्बन्धीत छन् । तर हाम्रा प्राकृतिक साधन सद्ुपयोग हुन बाँकी छन् । तर प्रत्येक गाउँबस्ती सडक संन्जालको माध्यमबाट आर्थिक विकासमा लम्कीरहेका छन् । विकास प्रक्रियामा निरन्तर परिवर्तन आइरहन्छ जो सधैभरि परिवर्तनसिल हुन खोजीरहन्छ । जसले जनताको जिवनस्तरलाई एक स्थितिबाट अर्को स्थितिमा परिवर्तन गरिदिन्छ । ग्रामिण बस्तीमा बसोवास गर्ने जनता– जीवन निर्बाह गर्ने रेखा भन्दा मुनि रहेर जीवन गुजारेका छन्– गरिबिको चक्रबाट उनिहरु मुक्त हुन सकेका छैनन् । प्राकृतिक साधनको उपयोग जगन्य मात्रामा गरिएको छ । दक्ष जनशक्तिको अभाव, यतायात पूर्वाधार र अपूर्ण बजारीकरणको कारण प्रशस्त मात्रामा छरिएर रहेका प्राकृतिक संम्पदाको प्रयोग राम्रोसंग भएको छैन । विमुद्ध कृषिप्रधान समाजपनि अप्रगतिशिल छ । अधिकांस जनता कृषि वैदेशिक रोजगारीमा आधारित भै जीवन धानेका छन् । बढी मात्रामा कृषिमा आधारित भै जीवन धानेका छन् । कृषि क्षेत्रमा अदृस्य बेरोजगारी (Disguised Unemployment) रहेको छ । कृषिवाहेक अन्य उत्पादन मूलक क्षेत्रमा रोजगारी छैन ।
संबृद्धिको अभियानमा योजना निर्माण र कार्यन्वयनमा मात्र पविर्तन हैनकी–बनौट (Structure मा नै परिवर्तन गर्नुपर्दछ । बर्तमानमा भएका सामाजिक धारणा र प्रविधिमा सुधारात्मक परिवर्तन गरि औद्योगिक अर्थव्यवस्थामा रुपान्तरण गर्न सक्यो भने सबैको लागि सधैका लागि रोजगारी सृजना हुन्छ । आम्दानी बृद्धिले बचत र लगानी प्रोत्साहित हुन्छ । ग्रामिण दुरदराजमा रहेको गरिब किसानको निन्याउरो अनुहार, फाटेको टोपी र कमिज, खाली खुट्टालाई आफ्नो आँखा अगाडीको टेबुलमा हेर्दै संबृद्धिको योजना (Prosperity Planning or Long term vision plan) निर्वाचीत जनप्रतिनिधि र विज्ञ योजनाविद बीचमा छलफलगरि योजना निर्माण र कार्यान्वयन खाका (Plan formulation and Implementation Schedule) तयारपारि लाग्ु गरियो भने–संबृद्ध तनहुँ अभियानका फूलहरु प्रत्येक जनताको घर आँगनमा देख्न सकिन्छ । छिट्टै कार्य प्रारम्भ होस्, शुभकामना ।