दुम्सी/शिव मावि व्यास–१० दुम्सीमा जलवायु परिवर्तन विषयक युथ एडप्ट सम्बन्धि अभिमुखिकरण बुधबार सम्पन्न भएको छ ।
रुम टु रिड अन्तर्गत पढ्नका लागि कोठा संस्थाको बालिका शिक्षा कार्यक्रमको समन्वय तथा युवा रेडक्रस सर्कल आदिकवि तथा सत्यवतीसंगको सहकार्यमा अभिमुखिकरण सम्पन्न भएको हो ।
रुम टु रिडकी सहजकर्ता सिर्जना पराजुलीका अुनसार विद्यालयका प्रधानाध्यापक चन्द्रमणी कोइरालाको अध्यक्षतामा भएको अभिमुखीकरणमा कक्षा ८, ९ र १० मा अध्ययनरत ५० बालबालिकाको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रअ कोइरालाले जलवायु परिवर्तन र त्यसले समग्र मानव समुदायमा पार्ने नकारात्मक असर बारे युवा पुस्ता जानकार हुनु जरुरी रहेको बताउँदै त्यसको न्यूनिकरणमा विद्यालयले प्याकेट खानेकुरा बन्द गरेर सानो थालनी गर्ने बताए ।
कार्यक्रममा जलवायु परिवर्तनका कारण, त्यसको असर तथा यसबाट बच्ने उपायका बारेमा रोशन ओझाले सहभागीलाई जानकारी गराएका थिए ।
सहजकर्ता पराजुली जलवायु परिवर्तनको क्रमलाई न्यूनिकरण गर्ने कुरामा युवाहरुको भूमिका विषयमा खेल का माध्यमबाट सह– सहजकर्ता फणेन्द्र गुरुङले जानकारी गराएका थिए । सो अवसरमा १३ देखि २५ वर्ष उमेर समूहका युवाहरुले जलावायु परिवर्तनको दुष्प्रभाव रोक्न के गर्ने तथा यसको दुष्प्रभावबाट कसरी वच्ने भन्ने विषयमा समेत जानकारी गराइएको थियो ।
शिव माविमा युथ एडप्ट अभिमुखीकरण
previous post