विश्वव्यापिकरण प्रक्रिया सर्वब्यापी र समाज परिवर्तनको नविनतम अबधारणाको रुपमा स्विकारिएको सर्बमान्य विचारधारा हो । समाजमा बिनारोकतोक सामाजिक र सांस्कृतिक पक्षको आगमन हुने र प्रसारण हुने अबस्थाको सृजना भएको छ । समाजका हरेक क्षेत्रमा मूल्य, मान्यता, संस्कार, व्यवहारिक क्रियाकलापमा दिन प्रतिदिन परिवर्तन आइरहेको छ । हामी हाम्रा परम्परागत मान्यता र संस्कारलाई छाडिरहेका छौं । नेपाली समाजमा दिनप्रतिदिन पश्चिममा शैलीको विकास भएको छ । हाम्रा परम्परागत संगठनहरु, संस्कार र जीउने तरिका र जीवनशैलीहरुमा परिवर्तन आइरहेको छ । प्रत्येक जातिहरुमा आफ्नै मौलीकताहरुमा दिनप्रतिदिन फेरबदल आइरहेको छ । उत्पादन प्रणालिमा समेत परिबर्तन आइरहेको छ । समाजमा हरेक पक्षमा बिश्वखुल्ला बजारको प्रभाव परेको देखिन्छ । नयाँ नयाँ पेशा र व्यवसायको बिकास भईराखेको छ । विश्वव्यापीकरणले हाम्रो जस्तो पराधिन र गरिब समाजमा बेफाइदा बढि देखिन्छ । हाम्रो सांस्कृतिक क्षेत्रत्मा बढि नकारात्मक प्रभाव परेको देखिन्छ ।
कुनै पनि देशमा आर्थिक बिकास एक अबिछिन्न प्रक्रिया हो । अर्थव्याबस्थाको स्वरुप, एक पछि अर्को गर्दै रुपान्तरण भैरहन्छ । आर्थिक बिकासलाई सामाजिक र साँस्कृतिक तत्वले प्रभाव पारेको हुन्छ । सामाजिक चिन्तन, व्यवहार, कार्यशैली, विश्वास र मान्यता आर्थिक विकासका लागि महत्वपूर्ण हुन्छन् ।
आर्थिक बिकासको प्रक्रियामा पनि बिरोधको नियम लागु हुन्छ । एउटा उत्पादन प्रणालिमा अन्तरबिरोध सृजना हुन्छ त्यसपछि त्यो प्रणालि नयाँढाँचामा रूपान्तरण हुन्छ । नयाँ रुपान्तरणले पुरानो प्रणालीलाई निषेध गरेको हुन्छ । मुलुकमा औद्योगिकीकरण प्रक्रियाको थाननी भएमा उत्पादनका संरचनामा परिबर्तन हुन्छ- यस प्रक्रियाले शहरिकरणको बिकास, बजार विस्तार, नयाँ पेशा तथा ब्यबसायको बिकास गराउँदछ । कृषिमा व्यावसायीकरण हुन्छ । पुराना मान्यतामा परिबर्तन आई सामाजिक परिबर्तन हुन्छ ।
बिश्वव्यापिकरणको लहर संगै सरकारले ल्याउने आर्थिक नीति समयानुकूल परिवर्तन गर्दै लैजानु पर्दछ । नेपालको अर्थतन्त्र सुधारको लागि उच्चतहको आर्थिक वृद्धि, उच्च लगानी दर, उच्च उत्पादनको अवस्था, उच्च निर्यात दर, उच्चतम प्रविधिको प्रयोग, उपभोक्ताको छनौटमा बृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी बिज्ञ अर्थशास्त्री र योजना बिद को वैज्ञानिक योजना (Scientific Planning) निर्माण गरी देशबासी जनताको जिवनस्तरमा नाटकिय परिवर्तन ल्याई चमत्कारिक आर्थिक बिकासको नामले सम्बोधन गर्न सकिन्छ । बचतलाई उच्चतहमा पुर्याइ लगानी बृद्धिगरि अर्थतन्त्रमा सुधार ल्याई प्रतिव्यक्ति आम्दानी र राष्ट्रिय आम्दानीमा फड्कोमार्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीमा नयाँ प्रविधि प्रयोग गरी राष्ट्रिय नीतिमा सुधार गर्दै समाज परिवर्तनको ढोका खोल्न सकिन्छ । दुखको कुरा हाम्रो प्रत्येक बर्षको बार्षिक बजेट संसदमा घोषणा गर्दा यस्ता पक्षलाई प्राथमिकतामा राखी संम्बोधन भएको पाइएन । आर्थिक परिवर्तनले समाज परिवर्तन गर्दछ जसले जनताको जिवनस्तरमा सुधार ल्याइ राष्ट्रका सम्पूर्ण जनताको मुहारमा खुसिको संकेतहरू देख्न पाइन्छ । नयाँ सोँच भएका युवाहरुलाई समयमै सत्ताको बागडोर दिने कार्यमा र जनताले भोट दिने समयमा परिवर्तन गरेमा विकास योजनाले सफलता प्राप्त गर्न सक्दछ ।