
पृष्ठभूमिः
वास्तवमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दले जन्माएको जेन जी आन्दोलनले व्यवस्था परिवर्तन भन्दा पनि अवस्था परिवर्तन गर्ने घोषित लक्ष्य लिएको थियो । जेन जीहरुले काठमाण्डौ स्थित प्रतिनिधि सभा अगाडि खुल्ला सडकमा दिनदहाडै आत्मदाह गर्ने युवा उद्यमी प्रेमप्रसाद आचार्यको मर्मलाई पनि बुझेकै छ । कम्पनी रजिष्टारको कार्यालयमा पाएको दुःख हन्डरबाट आजित युवाको कथा पनि सुनेकै छ । रहस्यमय बनाइएका धेरै किसोरीहरुको हत्याको पछाडि बलात्कारको अपराध लुकेको पनि ति जेन्जीले थाहा पाएकै हो ।
अवस्था परिवर्तनः
प्रधानमन्त्री बनौला, आफ्नो पार्टीको नीति अनुसार सुशासन व्यवस्था ल्याउँला भनेर नभई भ्रष्टचार, वेथिति, अन्याय, सामाजिक सञ्जलालाइ निषेध गरेर नियमन गर्ने प्रक्रिया प्रणाली विरुद्धको आक्रोसपूर्ण विद्रोहले मुलुक जल्यो । नेपाल र नेपालीको महत्वपूर्ण अभिलेख खरानी भयो । त्यसपछि बनेको सरकार विरुद्ध पनि तुरुन्तै पुनः आवाज उठ्न थाल्यो । विद्रोह विद्रोहीको नियन्त्रण बाहिर गएको इतिहास र वर्तमान साक्षी छ । अब विद्रोहको कुरा नगरौं । अवस्था परिवर्तन गर्ने अभियान थालौं । बलीदान दिनेले दिए । ति शहिदको सपना सकार पार्न बचेकाले नेपाली उद्यमी व्यवसायीले सहज सरल छिटो छरितो प्रक्रियाबाट व्यवसाय सञ्चलान गर्न पाउने प्रशासनिक संयन्त्र निर्माण गरौं । हरेक काम गर्न पैसा दिनै पर्ने अर्थात घुस खानै र ख्वाउनै पर्ने मनोविज्ञान परिवर्तनमा लागौं । जनताको काममा कमिशन खानै पर्ने मनोविज्ञानमा परिवर्तन गराउन लागौं । वर्तमान शिक्षा मन्त्रीले भनेझै नेतालाई घुस खान सिकाउने, बाटो देखाउने नेपालको स्थायी सरकारको घुस्याहा मनोबृद्धिमा परिवर्तन गर्न आँखा चिम्लेर न्यायको तराजु समाएर भएका कानुन कार्यान्वयनमा लगौं । यौवनाउन्मुख किसोरीहरुले रहस्यमय मृत्यूबरण गर्नुपर्ने विवशताको अन्त्य गर्न बाँचेका जेन्जी लागौं । मुलुकको अवस्था परिवर्तन गर्न सकिन्छ कि……………!
कानुनको अभाव थिएनः
मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न कानुनको अभाव थिएन । प्रयाप्त कानुन हुँदाहुँदै पनि उच्च पदस्थलाइ कानुन लगाउन नसक्ने संवैधानिक संयन्त्रले भ्रष्टाचार बढ्यो । राजनीतिक नियुक्ति हुनेगरी निर्माण हुने संवैधानिक आयोगहरु स्वायत्त हुन सकेनन् । त्यसैले अब जेन्जीले सरकारमा भाग खोज्ने होइन, संवैधानिक आयोगहरु र न्यायालय स्वायत्त बनाउने अभियान थाल्नु प¥यो । अभियानहरुको सफलताले नै जेन्जीलाइ सरकारमा पु¥याउँछ, भागहिस्सा दावी गर्नु प्रदैन भन्ने दृष्टान्त धरानका हर्क साङ्गपाङ्गलाई लिन सकिन्छ । उनले दश बर्ष अभियान चलाए । अबको जेन्जीले चाल्ने अभियानले यही सरकार, अब बन्ने सरकारलाई लगाम लगाउन सक्छ । अनि किन सरकारमा भाग हिस्सा खोज्न प¥यो ।
जनसरकार चलाउः
जीवन हत्केलामा लिएर हिडेका जेन जी समूहले यो सरकारमा भाग नखोज ।
नागरिकता विहिनहरुलाई न्याय दिलाउ । अपराध अनुसन्धान र अदालती प्रक्रियामा न्यायीक पद्धती बसाल । जनसरोकारलाई साथ देऊ । जनताले शासनसत्ता तिम्रो जिम्मा लगाउनेछन् ।
निष्कर्षः
अब विद्रोहको भाषा नबोल । दल र नेताका झोले कार्यकर्ता नबन्ने प्रण गर । सचेत नागरिकको भूमिका निर्वाह गर्ने देशव्यापी सञ्जाल निर्माण गर । गोली नखाई, आगो लाग्न र लुटपाट हुन नदिई भ्रष्टहरुलाई शासनाधिकारबाट मिल्काउन र कर्मचारी मानसिकता सुधार्न धेरै समय मेहनत गर्नपर्ने छैन ।