
‘वोल्नेको पिठो विक्छ नवोल्नेको चामल विक्दैन’ भन्ने उखानै छ । आजकल राम्रो र गुणस्तरिय होस् नहोस्, मन जित्न सक्न पर्छ । कराएर होस् वा फलाकेर, हसाएर होस् वा रुवाएर, फकाएर होस् वा धम्काएर, नाङ्गीएर होस् वा पहिरिएर, गाएर होस् वा नाचेर स्वर विगारेर वा सपारेर आफ्नो कुरा भन्नु पर्दछ । किन्ने मान्छेको लर्को लागिहाल्छ । रोजाइको पहिलो नम्बरमा पर्छ । सामान पु¥याउन धौ धौ पर्छ ।
उत्पादकले आफ्नो सामान, वस्तु सेवा सीप क्षमता, त्यसको स्तरीयता उपयोगिता आदी उपभोक्तालाई जानकारी गराउन प्रचार प्रसार गर्न जरुरी छ । जानकारी विना उपभोक्ताले वस्तुको उपभोग गर्दैनन् । आफ्नो कुन खालको समस्या वा आवास्यकता र कुन वस्तुले उक्त आवश्यकता टर्दछ सोको तुलना गरि उपभोक्ताले वस्तु खरिद गर्दछ । खरिद गर्न तयार भएको वस्तु कुन चाहि टिकाउ, भरपर्दो सस्तो र राम्रो छ सोहि वस्तु छानेर खरिद गर्दछ । यदि उपभोक्तालाई त्यो वस्तु असल छ भन्ने लागेन भने जतिसुकै स्तरिय किन नहोस् रोजाइमा नपर्न सक्छ । उपभोक्तालाई अभ्यस्त गराउन र सो वस्तु उसको मन मस्तिष्कमा चित्रीत होस् भन्नाका लागि विभिन्न उपाय अपानाइन्छ । धेरै पहिला जुनबेला विद्युतिय माध्यम थिएन, त्यसवेला घर घर लिएर हिड्ने र जानकारी गराउने एउटा विधि थियो । पछि हाटबजार आदीमा सामानको गुणगान गरि प्रचार प्रसार गर्ने चलन आयो र यद्दपी त्यो छँदै छ । विभिन्न क्षेत्रमा उत्पादन सरलताको खोजी गर्ने क्रममा धेरै खाले औजार, मेसीन उपकरण तथा यन्त्रहरु आविष्कार भए र उत्पादन क्षमतामा वृद्धि सँगै कम लागत ठूलो परिणामका वस्तु उत्पादन भए सँगै साँगुरो बजारमा खपत सँगत नभएर पछि बजारको दायरा फराकिलो बनाउनु पर्ने आवस्यकता भयो । साथ साथै नयाँ उत्पादन प्रति उपभोक्तालाई अभ्यस्त नबनाइ खपत सँगत नहुनाले लोभ्याउने नयाँ नयाँ तरिकाहरु गरिन थालियो । ठूला ठूला होडिङ बोर्ड राख्ने देखि रेडियो र टिभि जस्ता सञ्चार माध्यमबाट मिलाई मिलाई पत्यार हुने गरि सामग्री तयार गरि प्रसारण गर्ने, राम्रा राम्रा मोडेलर्ला अगाडी ल्याइ सामानको प्रयोगले आँफु जस्तै राम्रो, सुन्दर र निरोगी भएको भन्ने विश्वास पार्ने गरिन्छ । यसबाट उपभोक्ता लोभिन्छन् । उस्तै बन्न सो सामान प्रयोग गर्न थाल्छन् । व्यापारी मालामाल उपभोक्त कङ्गाल । उचम्मको कुरा त यहाँ छ कि कमसल र गुणस्तर हिन सामान वा वस्तुको विज्ञापन गर्न अत्यन्त प्रतिष्ठित व्यक्तिहश्र समेत प्रयोग भै रहेको पाइन्छ । यिनले कमाएको प्रतिष्ठा यिनकै प्रतिष्ठाको पछि लाग्दा लाखौ लाख ठगीनुपर्ने ! यस्ता पैसामुखीलाई वंसको निधि भन्नु लज्जास्पद होइन र ?
यी उभिएर जुन सिमेन्ट राम्रो छ भन्छन्, १ महिनामै फुसुफुसु झर्छ । फलामे छड बलीयो छ भन्छन् पटपट भाँचिन्छ । साबुन राम्रो छ भन्थ्ये फिज आउँदैन । चामल राम्रो छ भन्यो गनाएर खानै नहुने हुन्छ । विज्ञ डक्टर र राम्रो उपचारको विज्ञापन गर्छन सिएमए र एमएले जाँज गरिरहेको हुन्छ । हरेक क्षेत्रमा ठगी भन्दा छैन यी प्रतिष्ठितको ! यस्ता विषयमा नियामक निकाय चुपचाप हुन्छन् । बजारमा एकाधिकार छ, खाए खा नखाए घिच । बजारमा राम्रो सामान नै छैन । उपभोक्ताले राम्रो देख्नै नपाएपछि कसरी राम्रो र नराम्रो छुट्टाउने ? राम्रा चिज विदेश निर्यात गरिन्छ रे ! राम्रा विदेश निर्यात गरिने अरु देशमा प्रयोग नगरिने नेपालमा आयात गरिने भए नेपाली वजारमा कस्ता सामान होलान् ? स्वयम् सिद्ध छ, नराम्रै नराम्रा, खराबै खराब । विदेशीले नेपालमा सामान किन्दैनन् रे किनकी उनीहरुलाई राम्रो थाहा छ नेपाली बजारमा गुणस्तरीय चिज हुँदै हुँदैन । तर नेपालीलाई त्यसको मतलब छैन । विज्ञापन प्रचार भएको चिज बजारमा देखेपछि कुुकुर हड्डीमा के लुछा चुँडी गर्ला त्यो भन्दा बढी किन्नेले लुछाचुँडी गर्छ ।
हामी लुटिएका छौं, ठगीएका छौं । हामीलाई विग्रेको, सडेका, कुहिएका सामान विसर्जन गर्ने डम्पीङ साइड बनाइएको छ । किनकी नेपालीलाई सदासदाका लागि बेफकुव बनाउँदा उद्योगीलाई फाइदा छ, ठूला व्यापारीलाई फाइदा छ । किनकी अस्वस्थ्यकर सामान उनै बनाउँछन्, त्यसले मानिस बिरामी पर्छन् । हस्पिटल उनकै छ त्यहाँ उपचार गराउन जान्छन्, औषधी कारखाना उनकै छ । त्यहाबाट रोग निको हुने भन्दा विस्तारै गलाउँदैलाने औषधी बनाई विरामीलाई दिन्छन् । विरामी मर्छ, भेन्टीलेटरमा राखेर उपचार हुँदैछ भनि १०/१५ दिन भित्रै राखी चार्ज असुल्छन् । कथम् बाँचिहाले इन्जेक्सन लगाएर मार्छन ् आँखा, किड्नी, मुटु कलेजो के के उनीहरुलाई चाहिन्छ झिकेर खोक्रो लास बोरामा हालेर संक्रामक रोगलागेको बाहानामा खाडलमा गाड्छन् । भोलिपल्ट संवन्धीत पार्टीका नेताहरु श्रद्धान्जली दिन र सोक व्यक्त गर्न लर्को लाग्दै मृतकको आँगना पुग्छन् । त्यसमा पनि विज्ञापन बज्दछ, फलानाको निधनमा फलानाले श्रद्धान्जली अर्पण गर्नुभयो । धन्य विज्ञापन ।