नेपालले आर्थिक विकास र संम्वृद्धि प्राप्त गर्न बजेटको ठूलो हिस्सा सामाजिक र आर्थिक क्षेत्रमा लगानी गर्नु पर्दछ । लगानीका उद्योग छनौट गर्दा External Economy को विकास हुने किसीमले गर्नु पर्दछ । जसबाट उद्योगहरुको स्थापना बढी मात्रामा हुन्छ र रोजगारीका अवसरहरु अर्थव्यवस्थामा सृजना भइ बेरोजगाारीको अन्त्य र काम गर्न चाहने युवाहरुले देशभित्रै काम पाउन थाल्दछन् । गरिबीको चक्र (Poverty cycle) लाई धेरै टाढासम्म फ्याँकिदिन्छन् । अर्थव्यवस्थामा रहेको गरिबीलाई मार्नु पर्दछ । प्रत्येक देशवासी नागरिकलाई सम्मानित जीवन, प्रतिव्यक्ति आम्दानीमा वृद्धि,– राष्ट्र आम्दानीमा बढ्न गई अर्थतन्त्र मजबुत र बलियो बन्दछ । जसले गर्दा जनताको सेवा र सुविधामा वृद्धि हुन्छ । नयाँ नयाँ उद्योगको स्थापनालाई प्रोत्साहित बनाइदिन्छ । निर्यातमुलक र आयात प्रतिस्थापन उद्योग खोल्न प्रोत्साहित गर्नु पर्दछ । अर्थतन्त्रमा विकासको आधार बढाउदै लैजाने उद्देश्य लिनु पर्दछ । जसको कारण शहरको साथै गाउँ क्षेत्रमा पनि सन्तुलित विकास प्रारम्भ हुन्छ । उत्पादन बढाउनको लागि यातायातको विकास हुनु पर्दछ । उद्योगबाट उत्पादन भएका सामानलाई बजारसम्म पु¥याउन सकिन्छ । हाम्रो देशमा लगानी गर्दा जहाँ पिछडिएको क्षेत्र छ त्यसमा लगानी गर्नु पर्दछ । जसको परिणामस्वरुप बजारको आकार विस्तार हुन्छ । ग्रामिण गरिबहरुको आम्दानी बढ्न गइ काममा बढी प्रोत्साहित हुन्छन् ।
लगानी गर्नको लागि Project छान्दा Capital output ratio को अलावा राष्ट्रिय आम्दानीमा दिने योगदानलाई प्राथमिकता दिनुपर्दछ । गाउँघर र पहाडका कुनाकन्दरा, ग्रामिण बस्तीलाई उजाड हुनबाट रोक्नुपर्दछ । आर्थिक विकासको लागि राम्रो राजनैतिक व्यवस्था हुनु पर्दछ । द्रुत विकास (Speedy Development) गर्नको लागि बलियो, सक्षम र शुद्ध प्रशासन हुनु नितान्त आवश्यक छ । हाम्रो वर्तमान राजनैतिक संयन्त्रले यसतर्फ नजर पु¥याएको देखिदैन । निजी र सामाजिक क्षेत्रमा नयाँ ढंगका साहसिक व्यक्तिले नेतृत्व लिने अवसर प्रदान गर्नु पर्दछ । तर हाम्रो राजनैतिक नेतृत्व – जातिवाद, परिवारवाद, नातावादमा केन्द्रित भै राजनैतिक शक्ति landed Aristocracy को हातमा केन्द्रिकृत भएको छ । परम्परागत सामाजिक दृष्टिकोण फेरिदै नयाँ परिस्थिति र सम्भावनाको खोजीलाई निरन्तरता दिनु पर्दछ । जस्तैः बेलायतमा औद्योगिकिकरणको प्रकृया सुरु भएपछि आर्थिक विकासका पूवाृधार खडा भएका थिए ।
हाम्रो देशले विकास अगाडि बढाउन राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा परिवर्तन ल्याउनु पर्दछ । राष्ट्रिय अर्थनितिलाई सिमानाभित्र नराखेर सिमानाबाहिर फैलाउनु पर्दछ । नयाँ औद्योगिक क्षेत्र र व्यापारिक केन्द्रको स्थापना गर्नुपर्दछ । रोजगारीको ग्यारेन्टीको कारणले समाज प्रगतिशिल हुन्छ र प्रजातान्त्रिक समाजवादका सुगन्धित फूलहरु प्रत्येक व्यक्तिको घरआँगनमा फुलिरहेका हुन्छन् । जसको बासना समुन्द्रपारका देशसम्म पुगि पर्यटन व्यावसाय (Tourism trade) आकर्षणको केन्द्र बन्दछ । ग्रामिण दुरदराजमा बस्ने जनताका आँखाबाट छुट्ने आँसुका भेलहरु क्रमशः सुक्न थाल्दछन् । कल्याणकारी राज्यको (Welfard state) स्थापनार्थ आर्थिक वितरण (Economic Distribution) समान किसीमको हुनुपर्दछ । दुरदराजका गाउँमा बसोबास गरि बस्ने जनता गरिबको पिडाबाट आक्रान्त छन् । ग्रामीण बुज्रुकहरुले सताइएका छन् । गरिबीको नारा बोकेर आफु सम्पन्न बन्ने सपना बोकेका सैतानहरु (नारायणमान विजुछेको भनाई) विभिन्न किसीमको खोल आढेर गाउँ र बस्तीमा गइ गलामा माला र खादा लगाएर हिडिरहेका दृश्य पहाडको टाकुरामा बसिरहेका ग्रामिण गरिबहरुले नजिकबाट क्षितिजसम्म हेरिरहेका छन् ।
यस्तो मार्मिक र दर्दनाक दृश्य सदाका लागि हट्ने दिन आउन निकै लामो समय अझै कुर्नुुुु पर्नेछ । किनकी वास्तबिक समाजको विश्लेषण गर्ने व्यक्ती अझै पुगेका छैनन् । धैर्यताका साथ बौद्धिकवर्ग र ज्ञानको उज्यालोबाट टाढा रहेका व्यक्तिले अझै लामो यात्रा गर्न बाँकी नै छ । धैर्य गर्नु होस् । हामी विकासको ढोका खोल्न साहसिक लँडाइ लड्न तयार छौं । विकास – निर्विकल्प र सास्वतः सत्य हो । प्रजातन्त्रवादीहरुमा धैर्यताको बाँध टुटेको छैन । नेपालको विकासलाई सगरमाथाको उचाइमा अवश्य नै पु¥याउन सक्ने संकल्प र आँट दोश्रो पुस्ताका नौजवान प्रजातन्त्रवादी युवाहरुसँग रहेको छ । धैर्यताका साथ प्रतिक्षा गर्न चेतनशिलवर्गमा आह्वान गर्दछौं ।