
वर्ष २०७९ को क्यालेण्डर हाम्रो भित्ताबाट हटेको आजको मितिमा १३ दिन पूरा भएको छ । क्यालेण्डर फालेपनि हाम्रो स्मृतिमा वर्ष २०७९ रहिरहने छ, किनभने यो वर्ष संघीयता कार्यान्वयन पछिको दोस्रो स्थानीय निकायको निर्वाचन मात्र भएन संसदको दोसे निर्वाचन पनि भयो । पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादीलाई चुनौति दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो र आफुलाई जनतामाझ स्थापित पनि ग¥यो । यी र यस्तै खालका तर धेरै विर्सन योग्य अनि केही सम्झन योग्य घटना गएको वर्ष भए । आजको यो आलेखमा मैले वर्ष २०७९ लाई महत्वपूर्ण घटनाका आधारमा फर्केर हेर्ने प्रयास गरेको छु ।
२०७९ को वैसाख महिनाको पनि अन्तिम साता महत्वपूर्ण रह्यो । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनले देशभर चहलपहल भएपनि बैशाख २९मा डा. प्रिति भुसालको नेतृत्वमा गएको नेपाली महिला चिकित्सकको टोलीले सगरमाथाको सफल आरोहण गरेर सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाए । सोही दिन लाक्पा शेर्पाले १० पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो किर्तिमान मात्र तोडिनन्, सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिलाको किर्तिमान समेत बनाइन् । यसले नेपालीको शिर विश्वसामु उच्च बनाएको छ । यसले सगरमाथा र शेर्पाको सम्बन्धलाई पनि उजागर गरेको छ र सगरमाथासंग शेर्पाको साइनो पनि प्रष्ट्याएको छ ।
बैशाख ३० मा देशभरका ७५३ स्थानीय निकायमा एकैसाथ निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै ३२९ प्रमुख तथा अध्यक्ष पदमा जित हात परेर ठूलो दल बन्न सफल भयो । दोस्रो ठूलो दल बन्न सफल एमालले २०६ प्रखुख तथा अध्यक्षमा जित हात पा¥यो । माओवादीले १२१ तथा माधव नेपाल नेतृत्वमो नेकपा एसले १२ र जसपाले २१ प्रमुख तथा अध्यक्ष पदमा जित हात पारे । बाँकी स्वतन्त्र र अन्य दलहरुको हातमा प¥यो ।
जेठ १ बाट हप्तामा दुइ दिन आइतबार र सोमबार विदा दिने कुराको परीक्षण गरीयो । जेठ २ मा सगरमाथाको आरोहण गर्न गायका राजु लामा सफल भए । सोही दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको उद्घाटन गरे । यद्यपि यो विमानस्थलले नाफा कमाउने त कुरै छोडौं सञ्चालन खर्च समेत नउठाउने अवस्था देखिएको छ । जेठ १० मा सिन्धुलीका १८ वर्षिय डोरबहादुर विश्वकै होचो किशोरमा सूचीकृत भएर गिनिज बुकमा नाम लेखाए । जेठकै १५ गते संवैधानिक व्यवस्था बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आव २०७९÷८० को बजेट प्रस्तुत गरे । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
असार ४ मा विश्व शान्ति सूचकांक २०२२ प्रकाशित भयो । सूचकांक अनुसार दक्षिण एशियमा १.९४७ अंक सहित नेपाल दोस्रो शान्तिपूर्ण देश होे । असार १७ मा चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरे । राष्ट्रिय स्वतन्त्र पार्टी नाम राखिएको रवि नेतृत्वको दलले गोलाकार भित्रको घण्टी निर्वाचन चिन्ह समेत पायो ।
भदौ २२ मा संयुक्त राष्ट्र संघीय विकास परियोजनाले मानव विकास सूचकांक प्रकाशित ग¥यो । सूचकांक अनुसार नेपाल ०.६०२ अंकसहित विश्वमा १४३ औं स्थानमा रह्यो । दक्षिण एशियाका आठ राष्ट्र मध्ये नेपाल छैटौं स्थानमा रहेको सूचकांकमा उल्लेख छ ।
मंसिर महिना संघीय र प्रदेश सभा निर्वाचनका कारण चर्चामा रह्यो । मंसिर ४ मा भएको संघीयता कार्यन्वयन पछिको दोस्रो निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा आयो । उसका प्रत्यक्ष तर्फका ५७ उम्मेदबारले जित हात पारे भने समानुपातिकबाट ३२ सांसद प्रतिनिधि सभामा गए । यसैगरी दोस्रो ठूलो दल बनेको नेपाल कम्युनिस्ट पार्टी एमालेका ४४ जना प्रत्यक्ष तर्फ निर्वाचित भए भने समानुपातिक तर्फबाट ३४ जना निर्वाचित भए ।
प्रत्यक्ष तर्फ १८ सिट जितेको माओवादीले समानुपातिकमा १४ सिट प्राप्त ग¥यो भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फ सात तथा समानुपातिकबाट १३, राप्रपाले प्रत्यक्षमा सात तथा समानुपातिकमा सात, जसपाले प्रत्यक्षमा सात तथा समानुपातिकमा पाँच, जनमत पार्टीले प्रत्यक्षमा एक तथा समानुपातिकबाट पाँच सिट जिते । प्रत्यक्ष तर्फ १० सिट जितेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी कुल मतको ३ प्रतिशत कटाउन नसक्दा समानुपातिक तर्फ प्रतिनिधित्व गर्न पाएन ।
यो निर्वाचनले कुल ८२५ जना निर्वाचित गरेकोमा २९१ महिला तथा ५३४ पुरुष छन् । महिला सहभागिताका हिसाबले यो निर्वाचन पनि उत्साहजन रहेन । निर्वाचन प्रयोजनका लागि ८६ दल दर्ता भएकामा तीन प्रतिशत मत कटाउने दलको संख्या सात रह्यो भने प्रत्यक्ष तर्फ न्यूनतम एक सिट जित्ने दलको संख्या १२ रहे । स्वतन्त्र उम्मेदबारी दिएका पाँच जना निर्वाचित भए ।
निर्वाचन सकिएर मत पारिणाम आए पनि निर्वाचन अगाडि गठबन्धन गरेका दलहरुबीच कुरा नमिल्दा सरकार गठनमा ढिलाई भयो । गठबन्धन तोडेर कतै नजाने बताएका पुष्पकमल दाहाल तेस्रो पटक एमाले, राप्रपा तथा रास्वपाको समर्थनमा पौष १० मा नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भए । पौष ११ मा सपथ लिएका दाहालले सोही २६ मा विश्वासको मत लिए । दाहालले २७५ सदस्य रहेको संसदमा २६८ सांसदको विश्वास प्राप्त गरे । उनको विपक्षमा जम्मा दुइमत परेको थियो ।
माघ १, नेपाली हवाई इतिहासमा अर्काे कालो दिनको रुपमा रह्यो । किनभने यो दुर्घटनामा आन्तरिकतर्फको सबैभन्दा बढी मानविय क्षती गर्ने दुर्घटना थियो । काठमाण्डौंबाट पोखराका लागि उडेको यति एयरलाईन्सको जहाज पोखरा स्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका चार र यात्रु ६८ सहित ७२ जनाको दुर्घटना स्थलमै मृत्यु भयो ।
फागुन २५ मा कार्यकालको हिसाबले चौथो र व्यक्तिको आधारमा तेस्रो नेपालको राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल निर्वाचित भए । कुल सदर मतभार ४९ हजार ३२० रहेकोमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका थिए ।
बाँकी अर्काे अंकमा