रमेश विकल
कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ९३ तथा स्थानीय तह तर्फको २७४ गरी जम्मा ३६७ जना मतदाता रहेका छन् । सो अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यको ४९२९ र स्थानीय तह तर्फको ५२०६ गरी जम्मा १०१३५ मतभार हुनेछ ।
मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको १०७ तथा स्थानीय तह तर्फको २६७ गरी जम्मा ३७४ जना मतदाता रहेका छन् । सो अनुसार मधेस प्रदेशमा प्रदेश सभा सदस्यको ५६७१ र स्थानीय तह तर्फको ५०७३ गरी जम्मा १०७४४ मतभार हुनेछ ।
बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ११० तथा स्थानीय तह तर्फको २३७ गरी जम्मा ३४७ जना मतदाता रहेका छन् । सो अनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको ५८३० र स्थानीय तह तर्फको४५०३ गरी जम्मा १०३३३ मतभार हुनेछ ।
गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ६० तथा स्थानीय तह तर्फको १७० गरी जम्मा २३० जना मतदाता रहेका छन् । सो अनुसार गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको ३१८० र स्थानीय तह तर्फको ३२३० गरी जम्मा ६४१० मतभार हुनेछ ।
लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ८७ तथा स्थानीय तह तर्फको २१८ गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको ४६११ र स्थानीय तह तर्फको ४१४२ गरी जम्मा ८७५३ मतभार हुनेछ ।
कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ४० तथा स्थानीय तह तर्फको मतदाता संख्या १५६ गरी जम्मा १९६ जना मतदाता रहेका छन् । सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको २१२० र स्थानीय तह तर्फको २९६४ गरी जम्मा ५०८४ मतभार हुनेछ ।
सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको ५२ तथा स्थानीय तह तर्फको १७६ गरी जम्मा २२८ मतदाता रहेका छन् । सो अनुसार सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्यको २७५६ र स्थानीय तह तर्फको ३३४४ गरी जम्मा ६१०० मतभार हुनेछ ।
देशभर भने प्रदेश सभा तर्फको मतदाता संख्या ५४९ तथा प्रति सदस्य ५३ मतभारका हिसाबले जम्मा मतभार २९०९७ रहने छ । यसैगरी स्थानीय तह अर्थात गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख तर्फका कूल मतदाता १४९८ तथा प्रति सदस्य मतभार १९ का दरले २८४६२ कूल मतभार हुनेछ । यसरी देशभर २०४७ मतदाता हुनेछन् भने कुल मतभार ५७५५९ हुनेछ ।
.
राष्ट्रिय सभा निर्वाचन–२०८०
कुन प्रदेशमा कति मतदाता, कति मतभार ?
previous post