आइतबार सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने पार्टीको निर्णय सुनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गरे । पार्टीको निर्णय सुनाउन आएका लामिछाने सुरु देखि नै नेपाली सञ्चार जगतसंग आक्रोषित देखिन्थे । नागरिकता तथा राहदानी सम्बन्धि विवादमा रहेका उनी गृहमन्त्री भएसंगै नेपाली सञ्चार जगतमा स्वार्थको द्वन्द्व भएको र रवि गृहमन्त्री हुन नहुने विषयमा कुरा उठाएका थिए । उनी आफ्नो नागरिकता सम्बन्धि मुद्दा छिटो किनारा लागेकोमा अदालतप्रति पनि आक्रोषित देखिन्थे ।
गृहमन्त्री भइसकेका र लामो समय पत्रकारिता गरेका लामिछानेलाई थाहा हुन पर्ने हो, ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो । छिटो न्याय सम्पादन गरेकोमा धन्यवाद दिनु साटो अदालत प्रति आक्रोस व्यक्त गर्ने कुराले रविका प्रतिको जनविश्वास सायद घट्ने छ । तर आंशिक सत्यनै सहि उनले नेपाली सञ्चार जगत भित्रको विकृतिको बारेमा जुन कुरा उठाए, त्यसले आम पत्रकारले आत्मसमिक्षा गर्नु पर्ने र सच्याउनु पर्ने ठाउँमा लगेको छ ।
यति हुँदा हुँदैपनि रविले पत्रकार सम्मेलनमा पत्रकारिता तथा राजनैतिक जगतका अग्रजहरुको नामै किटेर जनु अपमान जनक शब्दहरु प्रयोग गरे, एउटा दलको नेता जसले आफुलाई आमनागरिकको भारोषाको केन्द्र भनिरहेको छ उसका लागि पटक्कै सुहाउने कुरा होइन् । अरुले स्वार्थको द्वन्द्व हुने गरी काम गर्न हुने तर मैले मात्र नहुने भन्ने आशय जुन उनको प्रकट भयो, त्यो त झन नसुहाउने कुरा हो ।
पत्रकारिता जगत र राजनीति क्षेत्रमा रहेको तल्लो स्तरमा झरेर अरुलाई गाली गर्ने र आफुलाई अब्बल भनाउने ओली रोगले रविपनि ग्रस्त देखिनु ‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने भनाइलाई चरितार्थ गरेको छ । अझ समर्थक सहित पत्रिका तथा अलनाईनको अफिस घर्ने र आफु अनुकुल बनाउने घोषणा प्रेस स्वतन्त्रताको विपक्षमा रहेको सामान्य नागरिकले पनि बुझ्ने कुरा हो । उनी आफैले स्वीकारको गृहमन्त्री फुत्केको झोंकमै सहि आइतबार जुन रन्को देखियो, धेरै हदसम्म सहि थिएन ।
रविको रन्को -सम्पादकीय
previous post