कूनैपनि योजनाको निर्माण गर्दा अर्थशास्त्रीहरुले पूँजी अनुपात अबधारणालाई आत्मसात गर्दछन् । एक एकाई बस्तु उत्पादन गर्न कति पूँजी चाहिन्छ उत्पादन अनुपातले व्याख्या गर्दछ । त्यस्तै एक निर्दिष्ट आम्दानी प्राप्त गर्न कति पूँजी आवश्यक हुन्छ भन्ने विश्लेषण उत्पादकले गर्नुपर्दछ । तसर्थ पूँजी अनुपात (Capital Ratio) भनेको गर्नुपर्ने लगानी, त्यस लगानी बाट प्राप्त हुने बार्षिक आम्दानीको सम्बन्ध हो । कम पूँजी उत्पादन अनुपात भएमा उत्पादनमा बढि दरमा बृद्धि हुन्छ । बढि पूँजी उत्पादन अनुपात भएमा कम उत्पादन बृद्धि हुन्छ । पूँजी उत्पादन अनुपातलाई औसत पूँजी उत्पादन अनुपात (Average capital output ratio) र सिमान्त पूँजी उत्पादन अनुपात
(Marginal Capital output Ratio) गरी दुई खण्डमा बिश्लेषण गर्नुपर्दछ । पूँजी निर्माण हुने क्षेत्रमा लगानी गर्दा समाजवाद उन्मुख अर्थव्यवस्थाको जन्म हुन्छ । जसबाट जनताको हातमा पैसा जान्छ, उपभोग कम बचत बढि भै पूँजीनिर्माण कार्य अगाडी बढ्दछ, तसर्थ It Act as Tonic for Economic growth and Economic Development । जब आर्थिक बृद्धि र आर्थिक बिकासले गती लिन्छ तब जनताको जिवनस्तरमा परिवर्तन देखिन थाल्दछ ।
त्यस्तै लागत–लाभ विश्लेषण (Cost Benefit Analysis) लगानी परियोजनाको मुल्याङ्कन गर्ने एउटा पद्धति
हो । कुनै योजना आर्थिक रुपमा सन्चालन गर्न योग्य छ कि छैन, छनौट गर्न सघाउ पु¥याउँदछ । वर्तमान समयमा स्थानिय निकायले परियोजनाको छनौट गर्दा आम्दानी बितरण र गरिबिनिवारणलाई (Poverty Alleviation) लागत–लाभ विश्लेषण (Cost Benefit Analysis) मा समावेश गर्नुपर्दछ । कुनैपनि योजना संचालन गर्न योग्य छ कि छैन भनि निर्णय गर्न Social Cost Benefit Analysis को औजारलाई पनि प्रयोगमा ल्याउनुपर्दछ । यस पद्धतिबाट धेरै परियोजना भएका कुन परियोजना छनौट गर्ने भन्ने मुल्याङ्कन गर्न सजिलो हुन्छ । अर्थव्यवस्थामा उत्पादित बस्तुको मुल्य प्रतिकुल रहेमा छाँयामूल्य (Shadow Price) वा सामाजिक मूल्य (Social Price) प्रयोगमा ल्याइन्छ । अन्तमा सामाजिक लागतभन्दा सामाजिक लाभ बढि भएको योजना जनताको लागि लाभदायक मानिन्छ ।
तसर्थ आर्थिक बृद्धि र आर्थिक विकासलाई बृहत अर्थव्यवस्थाले सबै पक्षलाई ढाकेको हुन्छ । यस्तो Macroeconomic Planning ले उत्पादन, उपभोगप, रोजगारी। लगानी, निर्यात–आयात जस्ता बृहत कुरालाई प्रक्षेपण (Projection) गरिन्छ । जसलाई हामी राष्ट्रिय योजना (National Planning) भन्ने गछौं । यस्तोमा उत्पादनका सम्पूर्ण साधनको बिवेकपूर्ण प्रयोग हुन्छ । राष्ट्रको समग्र बिकासको लागि उपयोग गरिने योजना नै राष्ट्रिय योजना हो । यस्ता योजनामा योजनाका सबै औजार प्रयोग गरिन्छन् र पूँजीनिर्माण गर्दै दिगो विकासको प्रकिृया (Sustainable Development Process) लाई अगाडि बढाइन्छ । जसबाट समाजवादका मोडेल प्रारुप समाजमा, जनताको जीवनमा देखिन थाल्दछन् । आर्थिक सम्बृद्धिको अवस्थामा अर्थव्यवस्था रुपान्तरित हुन थाल्दछ । योजनाका औजार र पूँजीनिर्माणका अवधारणालाई ध्यानमा राखेर उपयुक्त योजनाको कार्यान्वयन केन्द्रिय सरकार साथसाथै स्थानिय निकायले गर्नुपर्दछ । जसबाट बढि भन्दा बढि जनता लाभान्वित हुन् । स्थानिय निकायको नेतृत्व सक्षम र दुरदर्शि भएमा केन्द्रसँग समन्वय मात्र भएमा पनि सफल हुन्छ । जस्तैः बालेन शाहका प्रत्येक काममा जनताको समर्थन छ, प्रतिफल अत्यन्तै उत्साहजनक पनि छ । के यस्तै Model को विकास आ.व. २०८१÷२०८२ देखि देशैभर लागु होला त ?