दमौली/तनहुँका दुई पत्रकार युवा पत्रकारिता पुरस्कारबाट मंगलबार पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघको आईतवार बसेको बैठकले ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि दुई पत्रकारको नाम सिफारिस गरेको हो । बैठकले समाजद्वारा गरिएको सामाजिक सेवाको यथार्थ तथ्यपरक समाचार संकलन र सम्प्रेषणमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सो सिफारिस गरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेलले बताए ।
तनहुँ हङकङ समाजले आफ्नो स्थापना दिवस यही भदौ १५ गते (अगष्ट ३१ तारिख)मा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि दुई पत्रकारको नाम सिफारिस गर्न आव्हान गरेपछि महासंघले सिफारिस गरेको सचिव प्रताप रानाले बताए । सिफारिसमा परेका पत्रकार अमरराज नहर्की गोरखापत्रको तनहुँ संवाददाता हुन् भने पत्रकार नारायण खड्का सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकका सञ्चालक हुन् ।
बैठकले पत्रकार महासंघ तनहुँमा आवद्ध रहेका पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरिएको सचिव प्रताव रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकारको सदस्यता नवीकरणका लागि मिडिया भिलेजमा सम्पर्क गर्नुहुन अनुरोध समेत गरिएको छ । जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन भएकाले शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ ।
युवा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत
previous post