आहा पाल्पाको रानीमहल, तीन जिल्ला तीन नदीको संगमस्थल कालीगण्डकी रुरु क्षेत्रमा अवस्थित रिडी धाम, अर्घाखाँचीको सुपा देउराली मन्दिर ।
२०८० माघ ६ गते शनिबारको दिन प्रेमचौतारी आमा समूह व्यास ४ को निर्णय अनुसार हामी गाडी स्टाफ सहित ३० जनाको टोली माघ ७ गते आइतबार विहान ४ः३० बजे प्रेम चौतारीबाट सुरु भएको हाम्रो यात्रा पोखरा पुग्दा ६ बजेको थियो । पोखराबाट पश्चिमतिर स्याङ्जा जाने बाटो हुँदै वालिङ पुलतीबजार, ग्लालिङ हुँदै राम्दी पुल तरेर पाल्पा तानसेन जाने बाटो छाडी उपल्लो कच्ची साँघुरो बाटो हुँदै पाल्पा रानीमहल लागियो । केही समय कच्चि बाटो हिँडेपछि पक्की पिच बाटो हुँदै रानी महल पुगियो । कालिगण्डकीको तीरमा अवस्थित रानी महल साह्रै मनमोहक रहेछ । दरवारमा हुनुपर्ने सबै संरचना जस्तै पोखरी, बगैंचा, स्नानकक्ष आदि । उपल्लो तलामा संग्राहलय रहेछ । केही समयको फोटो सुट पछि १ः १५ बजे रिडीधाम गुल्मी तिर लागियो । रिडीधाम पाल्पाको रानीमहलबाट १३ किमी दक्षिणतिर पर्दाे रहेछ । करिब २ बजे हाम्रो समूह रिडी धाम पुग्यो । रुरु क्षेत्रको रिडीधाम तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जाको संगम अर्थात मिलन विन्दु रहेछ । कालीगण्डकीमा अरु दुइ खोला मिसिएको त्रिवेणी धामको विचमा एउटा ठूलो पंहेलो पिल्लरबाट तीन जिल्ला जोड्ने पुल तिनतिर फैलिएको रहेछ ।
रिडीधाम नुहाई धुवाई पुजापाठ तर्पण गरी ऋषिकेशको दर्शन गरी हामी ३ः३० बजे अर्घाखाँचीको सुपा देउराली मन्दिर दर्शनको लागि प्रस्थान गरियो । रिडीबाट दक्षिण तर्फ पर्ने सुपा देउराली त्यहाँबाट ५९ किमि पर पर्दाे रहेछ । बेलुका लगभग ६ बजे हामी सुपा देउराली लाहुरे बजार गएर होटलमा बास बसियो । लाहुरे बजारबाट लाहुरे टाँसिएको दृष्य भिर देखिँदो रहेछ । त्यो ठाउँले नै सुपा देउरालीको महत्व बढाएको हो कि झैं भान भयो ।
विहान पाँच बजे उठी नुहाई धुवाई सकेर पुजा सामग्री लिएर ६ः३० बजे तिर सुपा देउराली मन्दिर दर्शन गर्न गइयो । विहान दशनार्थीको त्यति भिड नभएको हुनाले राम्रोसंग पुजा आजा गरियो । मन्दिर र वरपरको दृष्य मोवाइलको क्यामेरामा कैद गरी केही समान चिनो किनी, खाजा चिया खाई बास बसेको होटलमा आई विहानको ९ः२० बजेतिर गाडी चढेर गोरुसिंगे तर्फ झरियो । १०ः ३० बजे कपिलवस्तुको पथ्थरकट्टा हुँदै गोरुसिंगे गई केही अगाडी पेट्रोल हाली खाना खाएर १२ः३० तिर बुटवल प्रस्थान गरियो । बुटवल फूलबारी आइपुग्दा २ बजेको
थियो । फूलबारी घुमेर २ः५० बजेतिर नारायणगढ तर्फ लागियो । नारायणगढ आइपुग्दा साँझ ६ बजेको हुँदोहो । यसरी बेलुका १० बजे हाम्रो २ दिने यात्राको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु रुपन्देही, नवलपरासी पश्चिम तथा पूर्व र चितवन गरी ११ जिल्लाको घुमघाम संगै विट मारियो ।
यात्रा विवरण
previous post