जब आफ्नो भान्सामा साग पाक्छ अनि छिमेकीको भान्साबाट मगमग मासु पाकेको बास्ना आउँछ । साह्रै गाह्रो हुँदो रहेछ , जब लुगा भन्या त शरिरै ढाक्न त हो भन्दै तिन तिन वर्षसम्म एक जोर लुगाले काम चलाउनु पर्छ । साह्रै गाह्रो हुँदो रहेछ, जब साथी भाइले केही खाउँ भन्दा बिरामी भएको बहाना बनाउनु पर्छ । अनि कहि घुम्न जाउँ भन्दा काम परेको बहाना गरेर पैसा बचाउनु पर्छ । गाह्रो हुँदो रैछ,साह्रै गाह्रो ।
“प्रगति गर्नु छ भने आफुभन्दा माथिकालाई हेर्नु चित्त बुझाउनु छ भने तलकालाई हेर्नु ।”
सानो छँदादेखि नै बुबा आमाले बेला बेलामा यो कुरा सम्झाईरहनु हुन्थ्यो । त्यतिबेला यो कुराको गहिराई त त्यति साह्रो भेउ पाउँदिनथेँ, जे होस् पढ्दा आफुभन्दा जान्ने साथीसंग प्रतिस्पर्धा गरेर पढ्नुपर्छ, उछिन्ने कोशिस गर्नुपर्छ भन्नेसम्म बुझ्दथेँ । थोरै नै सही ठिकै बुझेको रहेछु भन्ने लाग्छ अहिले सम्झँदा । सानो छँदा पढ्ने कुराको मात्र चिन्ता हुन्थ्यो । उमेर बढ्दै गयो, चिन्ताहरु थपिँदै गए । कमाउनु पर्ने चिन्ता थपियो, विस्तारै विस्तारै घर व्यवहार बुझियो,घर व्यवहारको चिन्ता थपियो । समाज बुझ्दै गएँ समाजको चिन्ता थपियो । बुझ्न नसकेपछि राजनीति बुझ्ने कोशिस गरें, आफ्नो देश बुझ्ने कोशिस गरें, त्यसको चिन्ता । अहिले जीवन बुझ्ने कोशिस गर्दै छु, त्यसको चिन्ता । धेरै कुराहरु बुझ्न चाहन्छु, कोशिस गर्दै छु , बुझ्दै छु, जति बुझ्छु चिन्ताको चाङमा एउटा तह थपिन्छ, मष्तिष्कको कुनै कुनामा । अनि ठ्याक्क सम्झन्छु सानैदेखि सुनि आएको त्यो अर्ति । अक्सर दोस्रो अंशलाई सम्झिएर मन बुझाउने गर्छु ।
“अहो छवि के छ यार खबर ? के गर्दै छौ अचेल ?”
“ठिक छु यार । स्कुलमा पढाउँदै छु ।”
“ ए हो र ! पढाइ कति पु–यायौ ? आफु त पढ्न सकिएन । ”
“डिग्री सकें यार ।” म गर्वका साथ भन्छु ।
“ए तिमिले बरु प्रगति गरेछौ । डिग्री सकेछौ । मास्टर भएछौ । ल ल यार राम्रो भएछ । ”
यसै पनि ठूलो मगरको नाक झन प्रशंसामा फुलिएर कतिखेर अलिक ठूलो भयो म मेसै पाउँदिन । उत्साहित भएर म साथीलाई प्रति प्रश्न गर्छु । “अनि तिमी चाहि कता छौ ? के गर्दै छौ ?”
“के गर्नु यार तिमीहरुले जस्तो पढ्न सकिएन । उहि त हो खाडी मुलुक अहिले छुट्टीमा आको, घर बनाउन लाछु । त्यसैले व्यस्त छु ।” साथीको जवाफ आउँछ । प्रशंसामा फुलिएको मेरो नाक फेरी कतिखेर आइलाएको साग जस्तै सुक्यो, म फेरी मेसो पाउँदिन । केहि क्षण पहिला साथीले गरेको प्रशंसा पनि व्यङ्ग्य बनेर च्वास्स घोच्छ , मनको कुनामा कहि कतै ।
म सानैदेखि पढाइमा औसत भन्दा केही माथिल्लै तहमा पर्थे । मेरा अधिकांश साथीहरु औसत र केही त्यो भन्दा तलै थिए । पढ्दै जाँदा मेरा साथीहरुले छोड्दै गए । सायद उनीहरुले पढ्न सकेनन् या पढेर भविष्य देखेनन् । तर मैले निरन्तरता दिइरहें । फलस्वरुप स्नातकोत्तरसम्म पढ्दो छु । प्रावि तहकै भए पनि स्थायी जागिरे भएको छ । कहिले काहीँ एक्लै हुँदा सोच्छु, । खुसी लाग्छ, यति सम्म भएपनि पढेको छु । घर पायक सरकारी जागिर खाएको छु । परिवारसंग रमाएर बस्न पाएको छु । लाग्छ कमसेकम आजको दिनसम्म म सफल छु । अनि फेरी संयोग पर्छ माथि उल्लेख गरे जस्तो गफ हुने । अनि फेरी एक्लै हुँदा सोच्न बाध्यहुन्छु, के म साँच्चै सफल छु ?
नीजि,स्थायी गरेर विगत ८ वर्ष देखि शिक्षण पेशामा रमाइरहेको छु, वा अझ भनौं रमाउने कोशिस गर्दैछु । एक हिसाबले खुसीपनि छु किनभने शिक्षण जस्तो पवित्र पेशामा संलग्न छु । बाटोमा हिँड्दा पनि विद्यार्थीहरुले सर नमस्कार भनेर आदर गर्दछन् । गाउँ ठाउँमा शिक्षक भनेर मान सम्मान कमाएकै छु । शिक्षक भएको कारणले खुसी हुनु पर्ने यस्ता धेरै कारणहरु भेट्टाएको छु । तर समस्या काहाँ निर आइपर्दाे रहेछ भने, जीवनमा खुसी हुनुपर्छ, पक्का हुनुपर्छ तर खुसी भएर मात्र जीवन नचल्दो रहेछ । शिक्षक भएपछि मान सम्मान प्रसस्तै कमाइँदो रहेछ तर त्यो सम्मानले दुइ आना घडेरी त धेरै परको कुरा पसलमा दुइबोरा चामल पनि नआउने रहेछ । अनि म त्यही पेशामा रहेर जीवनमा धेरै भन्दा धेरै खुसी र सुखहरु खोज्दैछु । त्यसैले पनि सोच्ने गर्छु, के म सफल हुन सक्छु ?
“हातका मैला सुनका थैला के गर्नु धनले,
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।”
महाकवि देवकोटाको यो श्लोक सानै देखि कण्ठ पारियो । गुरुहरुले अर्थ पनि लगाउनु हुन्थ्यो । मैले त्यसको अर्थ बुझ्न केही हुर्कन प¥यो । अहिले म विद्यार्थीहरुलाई यही कुराको अर्थ बुझाउन कोशिस गर्दैछु । उनीहरुलाई ठूलो होइन, असल मान्छे बन्नुपर्छ भनेर सिकाउँदै छु । सादा जीवन उच्च विचारको मार्गमा चल्नु पर्छ भनेर घोकाउँदै छु । तर वास्तवमा आफैमा त्यो सबै कुरा लागू गर्न भने गाह्रो हुँदो रहेछ । धेरै गाह्रो जब आफ्नो भान्सामा साग पाक्छ अनि छिमेकीको भान्साबाट मगमग मासु पाकेको बास्ना आउँछ । साह्रै गाह्रो हुँदो रहेछ , जब लुगा भन्या त शरिरै ढाक्न त हो भन्दै तिन तिन वर्षसम्म एक जोर लुगाले काम चलाउनु पर्छ । साह्रै गाह्रो हुँदो रहेछ, जब साथी भाइले केही खाउँ भन्दा बिरामी भएको बहाना बनाउनु पर्छ । अनि कहि घुम्न जाउँ भन्दा काम परेको बहाना गरेर पैसा बचाउनु पर्छ । गाह्रो हुँदो रैछ,साह्रै गाह्रो ।
मैले यतिकुराहरु भनि रहँदा यहाँहरुलाई लाग्नसक्छ, पैसा भनेपछि किन यति साह्रो मरिहत्ते गरेको ? पैसै कमाउने भए पढाउन छाडेर व्यापार व्यवसाय सुरु गरे भो त । उहाँ हरुको सोचाई पनि ठिक हो एकदम ठिक । कमाउनै मन भए जागिर छोडेर अरु नै काम गर्दा हुन्छ । तर मैले आफुलाई शिक्षक भएर के कति सफल हुन सकें सकिन भनेर भनेर मूल्याङ्कन गर्न मात्र चाहेको हुँ । अर्काे कुरा आर्थिक पाटोलाई त्यति धेरै महत्व दिने व्यक्तिमा पनि म पर्दिन । तर अहिलेका हाम्रो समाज यति महंगो भएको छ कि, पाइलै पिच्छे नगद चाहिन्छ । यहाँ खान पनि नगद चाहिन्छ, खाएको फाल्नपनि । बस्दा, उठ्दा, हिड्दा, सुत्दा हरेक पटक नगद चाहिन्छ । धन्न आजसम्म सास फेरेको चाहीँ पैसा लाग्दैन र बाँचिएको छ । त्यसकारण आजको समयमा जसले कमाउन सक्यो समाजमा उ सफल, सकेन असफल । त्यसैले पनि कहिले काहीँ लाग्छ, कतै म असफल त छैन । अब यहाँनेर या त आफै गलत छु या त सफलतालाई मापन गर्ने हाम्रो समाजको दृष्टिकोण गलत छ । अझ कतिपय अवस्थामा “ए भएर पो बसिराछ” भन्ने कुराहरु सुन्दा लाग्छ म साँचै असफल भएँ । मैले शिक्षक भएर गल्ती गरेंछु, मैले अरुनै केही गर्नुपथ्र्याे । जे भए पनि अरु नै केही तर शिक्षक हुनु हुँदैनथ्यो ।
मलाई थाहा छ, मैले जीवनभर जागिर खाएर पेन्सन निस्कँदासम्म पनि मसंग शायद एउटा घर बनाउन पुग्ने कमाई हुँदैन । मेरो श्रीमतीको नाक कान शायद अरुको भन्दा खाली खालीनै हुनेछ । मेरा बालबच्चाले अरुले जस्तै महंगा स्कुलमा पढ्ने शौभाग्य पाउने छैनन् । मेरो नाउँमा ठाउँ ठाउँमा घडेरीहरु पक्का हुने छैनन् । मेरो परिवारले चारपाङ्ग्रे चढ्न सार्वजनिक सवारी नै चढ्नु पर्छ,मेरो निजी हुनेछैन । मैले मेरो जिन्दगी शायद अभावै अभावमा काट्नु पर्नेछ । तर यि सबै तितो यथार्थ थाहा हुँदा हुँदैपनि म यह िपेशामा सफल हुने प्रयास गरिरहने छु । किनभने यो पेशाले दिने त्यो अनुपम सन्तुष्टि र आनन्दको मिठास छुट्टै छ । मलाई आशा छ, हाम्रो समाजले सफलतालाई मापन गर्ने दृष्टिकोण पक्कै बदल्ने छ । त्यो दिन म समाजसंग सोध्ने छु, म सफल छु ? जब आफ्नो भान्सामा साग पाक्छ अनि छिमेकीको भान्साबाट मगमग मासु पाकेको बास्ना आउँछ । साह्रै गाह्रो हुँदो रहेछ , जब लुगा भन्या त शरिरै ढाक्न त हो भन्दै तिन तिन वर्षसम्म एक जोर लुगाले काम चलाउनु पर्छ । साह्रै गाह्रो हुँदो रहेछ, जब साथी भाइले केही खाउँ भन्दा बिरामी भएको बहाना बनाउनु पर्छ । अनि कहि घुम्न जाउँ भन्दा काम परेको बहाना गरेर पैसा बचाउनु पर्छ । गाह्रो हुँदो रैछ,साह्रै गाह्रो ।