म्यानमारका सैनिकले ‘कु’ मार्फत सत्ता हातमा लिएको आज ३९ दिन भएको छ । गत फेबु्रअरी १ मा सत्ता हातमा लिएर निर्वाचित जनप्रतिनिधिहरुलाई जेलको चिसो छिडिमा राखेको सैनिक सरकारको विरोधमा ‘कु’ भएकै दिन देखि म्यानमारमा प्रदर्शनहरु भएका छन् । र ति प्रदर्शनहरुमा सरकारले व्यापक हिंसा र दमन गरको छ । लोकतन्त्रको पक्षमा भएको प्रदर्शनका क्रममा नागरिक आवाज दवाउन त्यहाँको सैनिक सरकारले पाँच सय भन्दा बढी आफ्ना नागरिकको प्राण हरण गरको छ भने एकै दिन एक सय १४ प्रदर्शनकारीको मृत्युहुने दुर्दान्त अवस्थाबाट म्यानमार गुज्रिरहेको छ ।
म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा गरिरहेको नरसंहारका घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कुरामा संसारका लोकतन्त्रवादीबीच कुनै मतभिन्नता छैन । लोकतन्त्रका लागि सात दशक लडेको नेपाली समाजपनि त्यो अमानविय र निन्दनीय घटनाका विपक्षमा छ । जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्नु, लोकतन्त्रवादी नेतृ आङ साङ सुकि लगायत सबैलाई रिहाइ गर्नु र लोकतन्त्र पुनःस्थापित गर्नु म्यानमारको सैनिक सरकारका लागि अनिवार्य छ । तर सत्तामा रहेकाहरु चाहे ती तानाशाह नै किन नहोउन, तिनको पक्षमा रहने अर्थात शक्तिको पक्षमा रहने कतिपय देशी–विदेशी शक्तिको आडमा त्यहाँको सैनिक सरकार जनदनम र हत्याको श्रृङ्खला छिट्टै रोक्ने मुडमा देखिएको छैन ।
यस्तो अवस्थामा लोकतन्त्रिक आदर्शका पक्षपाती हामी नेपालीले म्यानमारको सैनिक सरकार माथि दवाव बढाउँदै लोकतन्त्रको पुनःवहालीका लागि एकताबद्ध भएर आवाज उठाउनु हाम्रो कर्तव्य हुन आउँछ । आफुलाई लोकतन्त्रको पाठ सिकाउन आवश्यक नभएको भाषण गरेर नथाक्ने वर्तमान सरकाका प्रधानमन्त्री तथा मन्त्रीहरु छिमेकका नागरिकले व्यहोरिरहेको सास्तीका मामिलामा किन चुप छन् बुझ्न सकिएको छैन । तर सबै दल, संघसंस्था र सरकार समेतलाई म्यानमारको सैनिक कु विरुद्ध भएको लोकतान्त्रिक आन्दोलनमा एक्यवद्धता जनाउन हाम्रो आगह ।
म्यानमारको लोकतान्त्रिक आन्दोलनमा एक्यवद्धता जनाऊँ
previous post