
स्थानीय तहमा बनाइएका योजना जति महत्वपूर्ण हुन्छ, कार्यान्वयन पक्ष पनि त्यति नै महत्वपूर्ण हुन्छ । स्थानीय निकायले आफ्ना बार्षिक योजना तर्जुमा गर्दा नै कार्यान्वयनमा आउन सक्ने सम्भाव्य समस्याहरुको पूर्वानुमान पर्दछ । बनाइएका विकासका योजना, जनताको आवश्यकता र कार्यान्वयन बीचको अन्तराल पुर्ने कार्य प्रभावकारी अनुगमन र मूल्याङ्कनद्वारा गर्न सकिन्छ । योजनाको तुर्जमा राम्रो भएपनि कार्यान्वयन राम्रो भएन भने योजनाको सार्थकता हुँदैन । योजना बनाउँदा नै निम्न कार्यहरु जस्तैः कार्यक्रमको उद्देश्य के, किन, के को लागि, कस्को लागि गर्ने, कसरी कुन तरिकाले गर्ने, कहाँ, कहिले, कसरी, कस्ले कति गर्ने, के भयो, कति भयो, कसरी भयो, किन भएन, कसरी सम्पन्न गर्ने, अब के गर्ने भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । कार्यक्रमको उद्देश्य, कार्यनीति, विस्तृत योजना, निरन्तर अनुगमन मुल्याङ्कन जस्ता पक्षलाई विवेकपूर्ण तरिकाले दुरदृष्टि, दृष्टिकोणलाई आत्मसात गरियो भने अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ । यसर्थ स्थानीय निकायका योजना प्रभावकारी कार्यान्वयनको लागि योजना तर्जुमा चरणमा नै सतर्कता अपनाउन सबै भन्दा बुद्धिमानी हुन्छ ।
स्थानीय तहले बनाउने योजना कुनै दूरदृष्टि विना नै हचुवाको भरमा पूर्वाधारको पक्षलाई सोंचेर बनाइएको योजना हो भन्दछन्, जस्मा Cost benifit analysis बाट पनि कार्यक्रम बनाइएको हुँदैन । किन कि नेतृत्व तहमा आउने जनप्रतिनिधि आफ्ना क्षमताले नभ्याउने गरी ठूला ठूला कार्यक्रम बनाइरहेका हुन्छन् । सार्वजनिक सेवामा अध्यक्ष कर्मचारी नियुक्त गरिएका हुन्छन् । राजनैतिक र प्रशासनिक क्षमता कमजोर भएकोले धेरैजसो स्थानीय तहमा रोजगारी सिर्जना गर्ने उद्योग, स्थानीय आवश्यकताको मागलाई सम्बोधन गर्ने उत्पादनका योजना बनाएर कार्यान्वयन गरिएकै हुँदैन । स्थानीय तहमा दलबाट निर्वाचित जनप्रतिनिधि नामका मात्र हुन्छन् । न त योजनाका बारमा जानकारी राख्दछन्, न त कार्यान्वयन तहमा आफ्नो जिम्मेवारी बोध गर्दछन् । त्यसैले योजनाविद् भन्छन्, स्थानीय तहबाट गरिएका विकासका कार्यक्रम, प्रकाशित योजना, एउटा गम्भिर दस्तावेज हो किनकि यसमा उल्लेख गरिएका कुराहरु स्थानिय सरकारले गर्नुपर्दछ र नभएका कुरा गर्नुपर्दैन । The published plan of Local bodies is serious document in the sense that the local government means to do what it contains and means for to do what is excluded ।
स्थानीय सरकारले बनाउने विकास योजना झ्याल सजाउने (Window dressing) रुपमा निरक्षर जनतालाइ प्रभावित गर्न मात्र बनाएमा जनताको भावना र मागलाइ पुरा गर्न सकिदैन । यसबाट दलिय विकृति, झैझगडा मात्र संकलन हुन्छ र अन्त्यमा योजना असफल हुन्छ । योजना दूरदृष्टि– दृष्टिकोण भएको स्थानीय अर्थतन्त्रमा आक्रमण गरी प्रतिफल दिने, समाज रुपान्तरण गर्ने, आम्दानी बढाउने, जीवनस्तर माथि उकास्ने, गरिवीको कूचक्रमा राखेका जनतामा आम्दानी बृद्धि गरी प्रतिव्यक्ति आम्दानी बढाउने, रोजगारीको अवसर सबैका लागि सँधैका लागि सिर्जना गर्ने कार्यक्रमलाई प्रथमिकताको सूचीमा राख्नु पर्दछ । जनताले आफ्नो आवश्यकता (Need assessment) भएको पाहुना साथै जनसहभागितामा साथ दिन्छन् । यस्ता योजना कार्यान्वयन प्रभावकारी बनाउन राजनैतिक स्थिरिता, दलहरु बीच झगडा नभएको, राजनीतिक नेतृत्व चुनिएर आएको जनप्रतिनिधि सर्वस्वीकार्य दक्ष हुनुको साथै सार्वजनिक प्रशासन अत्यन्त चुस्तदुरुस्त हुनुपर्दछ । स्थानीय योजना आयोगले वा योजना शाखाले बनाएको योजना होइन कि विज्ञ व्यक्तिको समूहले बनाएको योजना ‘Community need assessment Diagnosis’ सर्भेबाट लिएको निष्कर्ष हुनुपर्दछ ।
स्थानीय तहले आवधिक योजना बनाउने गर्दछन्, बार्षिक कार्यक्रम, नीतिगत अनुगमन, मुल्याङ्कनबाट योजना कार्यान्वयनको अवलोकन गर्दछन् । प्रगति भएको भए सो कारण खुलाउनु पर्दछ । यसबाट भविष्यमा त्यस्ता समस्या हटाइ कार्यान्वयन प्रभावकारी बनाउन सजिलो हुन्छ ।
यस्तो कार्यक्रमबाट वास्तविक रुपमा के कस्तो प्रभाव परेको छ भन्ने केलाउन सकिन्छ । जस्तै सिंचाईको लागि नहर खानेर मात्रै पुग्दैन । यसबाट के कति किसान लाभान्वित भए उत्पादनमा के कति बृद्धि भयो ? लेखाजोखा गरिन्छ । प्रत्येक स्थानीय तहले आर्थिक बर्षको अन्त्यमा कार्यक्रम वा योजनाको नाममा अपेक्षित लक्ष्य र सो अनुसार भएको प्रगति किटानीसाथ रेकर्ड गरी स्थानीय उपभोक्ता माझ सार्वजनिक सुनवाइ गर्नुपर्दछ । जसमा पारदर्शिताको पालना भै भ्रष्टाचार नभएको तथ्य जनताको कानमा सुन्न र आँखाले देख्न पाउनु पर्दछ । जहाँ भ्रष्टाचार हुन्न, सबै आयव्यय सार्वजनिकरण गरिन्छ त्यहाँबाट सुशासनको प्रत्याभूति हुन्छ । स्थानीय निकायमा जनताको मतबाट चुनिएको जनप्रतिनिधि जनताप्रति बढी उत्तरदायी भै जनताको मनोभावना माथि सम्मान गर्ने क्षमताको हुनुपर्दछ, बन्नु पर्दछ । आगामि आउँदो २०८४ को चुनाव पछि आउने व्यक्ति विकासप्रेमी बुद्धिमान, दूरगामी सोंच भएका समाज रुपान्तरण गर्ने क्षमता भएकालाई निर्वाचित गर्न जनताहरु पर्खिएर बसिरहेका
छन् । आशा गरौं– शुभदिनको विहानी जनताको घर आँगनमा झुल्किने छ ।