गाउँ भरी उसलाई ठूलो उपनामले सम्मान गरिएको थियोे। ‘भीमे पागल’ ।
यो उपनामले उ १० गाउँमा चर्चा कमाउन सफल भएको थियो । उस्को यस्तो अवस्था न हुँदा सम्म जम्मा १० जनाले चिन्न गारो हुने, मान्छेलाई आज समयले यति नामि बनायो कि सबै जनाको मुखमा उस्को नाम गुन्जिन्थ्यो । सायद समयले ठुलो परीश्रम गरेको हुनुपर्छ उसलाई नामि बनाउन । तर उ भित्रको पीडा ,दुख,आशुको मुहान कस्लाइ थाहा होला र उ बाहेक । दुनियाँ माहिर छ उस्को हाउभाउमा रमाउन । उस्का हर्कतलाई मनोरञ्जनका रुपमा लिन । भनिन्छ नि हरेक कामको पछाडी केही कारण लुकेको हुन्छ । त्यो हर्कत, अनि उस्को व्यहारमा थोरै मानिसको ध्यान गएको भएपनि आज समाजले परीवर्तनको नौलो बाटो पाइसकेको हुन्थ्यो होला। उ पागल हुनुको कारण ‘माया’ थियो। उस्ले सीमालाइ असाध्यै मन परौउने, सिमाले पनि तर त्यो माया गाउँका अबुज भद्रभलादमीलाई पचेन छ । त्यो बेला अन्तरजातीय माया प्रेम गर्नु अप्राध मनने, एक अन्ध बिश्वाससी समाजले ठुलो पाप गरेको थियो । उनी हरुको अन्तरजातीय माया सुइकारेको थिएन। भीमेलाई गाउँ नीकाला गर्दै, सीमाको बिहे चै पहिलेका सदाबाहार हीरो मानीने लाहुरे सङ गरीदिएका थिए। अबुज गाउँलेहरुलाइ –‘के खोज्छ कानो आँखा’ भने झै लाहुरे भने पछि हुरुकै भएर लाहुरेको हातमा सोजी सीमा सुम्पेर बीदाइ गरीदिएछ्न । यहाँ भिमेलाइ सीमा सङको बिछोड्को पीडा खपी नसक्नु भएको थियो ।
भिमेको हलत दिनप्रतिदिन गारो हुँदै गएको थियो। तर उसले अफुलाइ परीवतन गर्न खोजिरहेको पाइन्थ्यो । अनि सीमालाई भुल्न पनि । जब केहि महीनाको अन्तराल पछि सिमा परदेशमा बेचिएकी, अनी ६ महीनामै मृत्यु भएको खबर आउँदा सबै गाउँले शोककुल त भए । यता भिमेको अवस्था के भएको होला कल्पना गर्दा पनि मन भक्कनिएर आउन्छ । भिमेको अगाडी पर्नु अनि उसलाई साहान्भुती दिने आट पनि ढुङ्गा जस्तै दह्रो मन भएकोले मात्रै गर्न सक्थ्यो होला। सायद त्यो बेला आँसु नै काबुमा राखन सकिँदैन थियो होला ।
सीमाको मृत्यु भएको ठिक २–३ महीना नहुदै उस्ले थोरै थोरै गर्दै मानसिक संतुलन गुमाउदै गएको थियो । अनि तेस्को ३ महीनामा उ पुर्ण रुपले पागलको नामले उच्चारीत हुन थालिसकेको थियो ।
यो त भयो गाउँलेको भनाइ, तर मलाई उ मायाको कारणले मात्रै पागल भएको जस्तो लाग्दैन थियो । येस्ता अनेक कारणहरु देखिन्छ उ पागल हुनुमा । उ गाउँबाट अपहेलित भएर, गाउँबाट नीकालीएको पीडाले, समाजको कारणलेमाया गर्ने मान्छे गुमाउनु परेकोले, समजबाट हेपीएको, देखाओटी छुवाछूत हटाउनु पर्छ भन्ने तर व्यबहारमा लागू नगर्ने सामाजका भलादमीहरु समाज सुधारको पक्षमा नबोल्दा, अन्धविश्वासको पछि लाग्ने समाजलाई कुनै प्रयास गर्दा पनि सुधारन सफल नहुँदा उ थकित भैसकेको थियो । भित्रभित्र मानसीक यातनामा परेर, सिमाको बिछोडको पीडा सहन गर्न नसकेर उ दिन प्रति दिन मानसिक पीडित भएको हो । यस्तो समस्याको कारणले उ पागल भएको हो ।
म उसलाई जहिल्यै ‘समाजसेवी पागल’ भन्न रुचाउछु। उ अरु पागल भन्दा फरक थियो । अनि समाज सुधारक पनि । उ पागल हुँदा जानेर होस् या अन्जानमा गरेका सामाजलाइ भलो हुने कामहरु सम्मानित थिए । सम्पूर्ण गाउँलेहरु उस्को नजीक पर्न डराउने ,उस्ले जेसुकै गर्दै पनि चुपचाप हेरेर बस्ने गर्थें । उ अचम्म खालको थियो। उ कहिले हातमा कुच्चो लीएर गाउँलेका आगन अगाडि पुगेर भन्दै हिन्थ्यो । सोचाइ अनी मन फोहोर छ त कसरी हुन्छ आगन सफा भन्दै हल्ला गर्ने अनि कुचो लाउने ग¥थ्यो । उसले पटकपटक यही काम दोहोराउदा गाउँलेहरु दिक्क हुँदै आगन सफा राखन थाले । कहिले कहिले त गाउँलेहरुले फालेको सडक छेउको फोहोर टीपेर उस्ले आगनमा फाल्ने ग¥थ्यो । त्यस् पछि गाउँले हरुले अफ्नै घरमै फोहोर थुपार्ने खल्टोको निर्माण गरेर ,संकलन भएको फोहोर खेतीयोग्य जमिनमा प्रयोग गर्न थाले । त्यस पछि बालीहरु धेरै उब्जाउन थाले । कहिले सडक छेउमा बाधेका गोरु फुकाउने काम गर्थ्यो । सबै बाली गोरुले खाइदिने । साझ छीमेकीको बिचमा झगडा पर्थ्यो । सपै दिक्क भएर अफ्नै गोठको निर्माण गरेर गोरु बध्न थाले । त्यस् पछि सडक सफा हुन थल्यो । कोहि नयाँ अपरीचित मान्छे आउँदा उसले कुदाउन सम्म कुदाउथ्यो गाउँगाउँ ( सीमाको हत्यारा भन्दै । बिस्तारै गाउँलेहरुले पराइको हातमा चेलीबेटी दिदा दुख पाउछन् भनेर पराइलाइ चेलीबेटी सुम्पीन
छोडे । यस्तो अनेकौं दुख दिन सम्म दीयो भिमेले । अनि पागल भएको १ बर्षपछि उ गाउँमा कहिले देखा परेन । कहिले काहीँ सुन्नेमा आउन्थ्यो उ अर्को गाउँको मुहार परीवतनमा जुटेको छ रे ।
त्यो त भगवाननै जानुन कता छ के गर्दै छ उ?
गाउँलेहरुले उसको यादमा भिमे चोक, भिमे धारा ,भिमे खोला जस्ता सावजनीक स्थलको नाम राखेर, उसको सम्मान गरेका थिए । उस्को नाम आज सम्म गाउलेहरुको मुखमा बसेको पाइन्छ । बाचुन्जेल त उ पागलनै सहि समाजको लागि महत्त्वपूर्ण योग्दान दिएर गयो । जुन काम सभ्य मानिसको लागि पनि कठिन छ ।
उ पागल नै सहि, के भयो र उ पागल हुँदा पनि, उस्को सोचाइ, मानसिकता त सभ्य मान्छे भन्दा कैयौं गुणा पबित्र थियो ।
हो, मलाई पागल बन्न मन छः भिमे पागल जस्तै!
सोचाइ परिवर्तन गरौं !
जातीय छुवाछूत अन्त्य गरौं !
‘भिमे पागल’
previous post