पृष्टभूमिः
बहुविवाह सरकार वादी भै चल्ने मुद्दा हो । बहुविवाह स्वतः बदर हुने विवाह हो । वहुविवाहलाइ मिलापत्रबाट वैधानिकता दिने मार्ग खुलाउने तर्फ विधायिकी मनसाय देखिदैन । कानुनको कार्यान्वयन गर्ने क्रममा बहुविवाहको जाहेरी परेपछि अभियुक्तहरुलाई नियन्त्रणमा लिएको अनुसन्धान अधिकृतले पहिलो पत्निसंग सम्बन्ध विच्छेद गर्ने अवसर दिई बहुविवाहलाई वैधानिकता दिने अभ्यास प्रथा परम्पराको रुपमा स्थापित हुँदछ ।
कानुनमा भएको व्यवस्थाः
मुलुकी देवानी र अपराध संहिताले बहुविवाहलाइ निषेध गरेको छ । स्वतः बदर घोषित गरेको छ । मुलुकी अपराध संहिताले भनेको छ कि ‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । कुनै पुरुष विवाहित हो भन्ने जानिजानी त्यस्तो पुरुषसंग कुनै महिलाले विवाह गर्न हुँदैन । पतिपत्निको सम्बन्ध कायम रहेको पतिले अर्को विवाह गरे स्वतः बदर हुन्छ ।’ त्यसैगरी देवानी संहिताले भनेको छ ‘कानुन बमोजिम अंशबण्डा नभएको पतिपत्निको नाता सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गरेमा स्वतः बदर हुनेछ त्यस्तो विवाह प्रारम्भ देखिनै अमान्य हुनेछ ।’
बहुविवाह गर्न घरेलुहिंसाः
परस्त्रिसंग सम्सर्ग बढाएका पुरुषहरुले घरकी आफ्नी धर्मपत्नि माथि चरम घरेलुहिंसा बढाएर सम्बन्ध विच्छेद गर्न दवाव दिइरहेको पाईएको छ । संहिता कानुनले बहुविवाह स्वतः बदर हुने व्यवस्था गरेपछि पत्निको नाउँको बैंक खातामा रहेको रकम पत्निकै नामबाट निकाल्न लगाएर पतिले कब्जामा लिने, बाल बचतको पैसा निकालेर सिध्याई दिने, विमाको पैसा निकाले खर्च गरिदिने लगायत कुटपिट गरेर घरमा बस्न टिक्नै नदिएर लखेट्नेसम्मको शारीरिक, मानसिक, आर्थिक हिंसा गरेका घटनाहरु देखिएका छन् ।
जेठीलाइ अन्यायः
अदालतसम्म पुग्ने पहूँच सबैमा हुँदैन । प्रहरीमा पुगेर बहुविवाहको जाहेरी दिने आँट र सामथ्र्य पनि कमैमा हुन्छ । सामाजिक कार्यकर्ताका आवरणमा केही विचौलियाहरु हावी भएको हाम्रो समाजको यथार्थ हो । मिलापत्र गराई दिने बहानामा विचौलियाहरुले प्रहरी, अदालतका कर्मचारी र सरकारी वकिल समेतको नाम बेचेर आर्थिक शोषण गरेको पाईन्छ । हिरासतमा पुगेको बहुविवाहको कसुरदारलाई बचाउने गरी, प्रारम्भदेखि नै अमान्य र स्वतः बदरहुने बहुविवाहलाई वैधानिकता दिलाउनकै लागि सम्बन्ध विच्छेद र अंश मानाचामलका प्रलोभनमा अल्मल्याएर वैध पतिपत्निको विछोड गराउने मिलापत्रले कानुनको गलत प्रयोग भएको देखाउँछ ।
बालबच्चाको विचिल्लीः
सौताने बाबु र सौताने आमाबाट बालबच्चाको उचित संरक्षण, स्वास्थ्य उपचार, आधारभूत आवश्यकताको परिपूर्ति र शिक्षा दिक्षा हुन सक्दैन, अभिभावकबाट पाउनु पर्ने उचित अवसर पाउन
सक्दैनन् । पतिपत्निको सम्बन्ध नछुटाउने कानुनको मनसाय कार्यान्वयन हुन जरुरी छ ।
बहुविवाहको कानुन र कार्यान्वयन पक्ष
previous post