दमौली/अबको तीन दिनपछि बडा दशैंको सार्वजनिक विदा शुरु हुन्छ । दशैंका लागि नयाँ नोट साट्नेदेखि नयाँ लुगा किन्ने, विभिन्न परिकार लागि खाद्य बस्तु खरिद गर्ने, संचित गर्ने गरी पन्ध्र दिन विशेष महत्वका साथ पर्व मनाउने गरिन्छ । यो चाडबाड राम्रो लगाउने र मिठो खाने पर्वका रुपमा पनि मानिन्छ ।
विशेष गरी हिन्दुहरुको पर्व भनिएतापनि पर्यटकका रुपमा आएका विदेशीहरु पनि नेपाली हिन्दुहरुको पर्वमा रमाउने गरेको पाईन्छ । नेपाल भित्रैका अन्य धार्मिक सम्प्रदायमा पनि दशैंलाई उत्तिकै महत्वका साथ रमाउने खाने पिउने गरेको पाईन्छ । त्यसै नेपाल सरकारले यो पर्वमा कर्मचारीहरुका लागि एक महिनाको अतिरिक्त तलब समेत दशै भत्ता भनेर दिने गरेको छ । किसानहरु पनि दशैंको खर्च जुटाउन बर्षभरि पालेर राखेको खशी बोका विक्री गर्दछन् ।
खाने रमाउने पर्व हुँदा यो पर्वमा विेशष धेरै परिकार खाईन्छ । जता गयो, त्यतै खान खाने प्रस्ताव आउँछ । यो समयमा माँसहारीहरुले अरु समयमा भन्दा बढी मासुको बन्दोबस्त गरेका हुन्छन् । आउने इष्टमित्रका लागि टक्¥याउने विशेष परिकार मासु नै हुन्छ । यसका अतिरिक्त मद्यपान गर्नेहरुका लागि सोमरस पनि विशेष महत्वका साथ सेवन गरिन्छ । शाकाहारी अर्थात मद्यमान नगर्नेहरुका लागि कोल्डड्रिङ्कको व्यवस्था गरिएको हुन्छ ।
मुलुकमा सरकार जिम्मेवार छैन । विषादीयुक्त खाद्यबस्तुहरु विना परिक्षण बजारमा आईरहेका छन् । अर्को तर्फ यो समयमा सन्तुलित भोजनको सीमा अधिकाँशले नघाउने गर्दछन् । त्यसैले विरामी पर्ने, प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुको ज्यानै समेत जान सक्ने भएको हुनाले दशैंमा खानपानलाई विशेष ध्यान दिन जरुरी छ ।
आफ्नो शारीरिक अवस्थाको ख्याल गरेर खानपानको प्रबन्ध वा व्यवस्थापन वा सीमित गर्न सक्यौं भने रमाउने, खाने पिउने, पारिवारिक मिलनका अवसरमा हामीलाई दुःखद परिस्थिति आउन नदिन सक्दछौं । संभावित दुर्घटनालाई भगाउन सक्दछौं । त्यसैले दशैंलाई रमाईलो, उल्लाहमय, सुखद बनाउन मितव्ययी बनौं । जीवन स्वस्थ राखांै । हामी सबैलाई नवदुर्गा भवानीले यही पथमा निर्देशित
गरुन ।
बडादशैं २०८० ले छोपी सक्यो
आफ्नो स्वास्थ्य सुरक्षित राख्न आफै जिम्मेवार बनौं
previous post