कोरोना महामारीसंग जुध्न भन्दै नेपाल सरकारले चीनबाट शनिबार केही स्वास्थ्य समाग्रीहरु ल्याईपु¥याएको छ । सामान आएसंगै आम नेपालीमा एक खालको उत्साहको सञ्चार पनि भएको छ । तर संगै सामग्री खरिदमा व्यापक अनियमितता भएका समाचारहरु पनि बाहिर आएका छन् । सोही सामान खरिदका लागि तिन महिनालामो टेण्डर प्रक्रिया रद्द गरेर तिन घण्टाको छोटो र सार्वजनिक खरिद ऐन मिचेर सामान खरिद गरिएकोले एकातर्फ नीतिगत भ्रष्टाचार भएको भनेर आवाज उठेका छन् भने अत्यन्त महंगो मूल्य तिरेको विल बनाएर व्यापक भ्रष्टाचार गरिएको भन्ने आवाजहरु पनि आइरहेका छन् ।
उता स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने आफुले नठानेको बताउँछन् । उनको भनाइ छ, खरिद प्रक्रियामा कुनै पनि तलमाथि भएको छैन । काम नहुँदासम्म सामान भएन भनेर जनतालाई निराश बनाउने, सामग्रीहरू पाएपछि अनियमितता ग¥यो भनेर अतिरञ्जित गर्नु आश्चर्य हो । यी चिन्तन–प्रवृत्तिहरू सरकारको काम र व्यवहारबाट ध्वस्त हुँदै जानेछन् । हामी व्यवहारबाट नै जवाफ दिनेछौँ । समयले यसको जवाफ सबैलाई सन्तुष्ट हुने गरी दिनेछ । तर सरकारमा रहनेहरुले यस्तो गैरजिम्मेबार जवाफ दिने होइन । बरु तथ्यका आधारमा जवाफ दिने हो । महमारीका बेला घरमा पाहुना आएका, बोल्न समय छैन भनेर भाग्ने स्वास्थ्य मन्त्रीको काम कति भन्ने त नागरिकले देखि सकेका छन् ।
टेण्डर प्रक्रियापनि देखावटी हो र कोसंग कतिमा किन्ने भन्ने पहिले नै निर्धारण भएको थियो भन्ने सम्मका आवाजहरु पनि आइरहेका छन् । एउटा मात्र उदाहरण प्रस्तुत गरौं, पीसीआर टेस्टीङ किट जुन चीनको बजारमा बढीमा १० डलर पर्छ तर नेपाल सरकारले ३८ डलर तिरेर किनेको छ । स्वास्थ्य विभागका महानिर्दशकले पनि यसको टालटुले उत्तर दिएबाट यसमा शंका गर्ने ठाउँ दिएको छ । देवी भागवतमा भनिएको छ “मानिसको सबैभन्दा ठूलो शत्रु लोभ हो । लोभबाट पराजितहरुले स्थान स्थानमा धर्मलाई विर्सिदिन्छन् ।” कतै मन्त्री र मन्त्रालयको नेतृत्वकर्तामा उत्पन्न सम्पत्ति कमाउने लोभले अधर्मतिर लगेको त होइन भन्ने शंका गर्नु यतिबेला प्राप्त तथ्यहरुका कारण जायज बन्न गएको छ । महामारीलाई पनि कमाउ महोत्सव बनाउन खोज्ने प्रवृत्तिको अन्त्यको कामना गरौं । आगामी दिनमा यस्ता खवरहरु नेपालीले सुन्नु नपरोस् ।
फेरी यस्तो सुन्न नपरोस-सम्पादकीय
previous post