व्यास नगरपालिका वडा नं ५ को मानुङकोट यतिबेला तनहुँको स्थानीय समाचारको शिर्ष स्थानमा छ । राष्ट्रिय समाचारमा महत्वपूर्ण स्थान ओगटन नसके पनि स्थानीय समाचार पत्र, टेलिभिजन तथा समाजिक सञ्जालमा मानुङकोट कै चर्चा छ । कारण हो, पछिल्लो समय मानुङकोटमा बढ्दै गएको आन्तरिक तथा वाह्य पर्यटकको भिड । स्थानीयहरुका अनुसार मानुङकोटमा पछिल्लो समय दैनिक पाँचसय देखि एक हजारको संख्यामा पर्यटक आउने गरेका छन् । गाडीहरुको जाम नै हुन थालको छ । स्थानीयको व्यापार व्यवसायमा बढोत्तरी भएको छ । जग्गाको मूल्य आकाशिएको छ ।
मानुङमा बढ्दै गएको आन्तरिक पर्यटकको घुईँचोको मुलतः दुइवटा सन्देश छ । पहिलो हो, हामीसंग पर्यटकिय सम्भावना बोकेका प्रसस्त ठाउँहरु छन् र तिनीहरुको बारेमा आवश्क प्रचार–प्रसार र भौतिक पूर्वाधारको निर्माण गर्न सक्दा ति स्थानमा पर्यटकको आवागमन बढ्नेछ । दोस्रो, अन्य देशका नागरिकलाई जस्तै हामी नेपालीलाई पनि घुमफिर गर्ने रहर छ । अभाव छ त समय र पैसाको । सूर्याेदयको दृश्य हेर्ने दार्जीलिङको टाइगरहिल वा इलामको श्रीअन्तु पुग्ने नेपाली पर्यटक मानुङ पुगेर पनि उस्तै रोमाञ्चक दृश्य देख्न पाउने भएपछि त्यहाँ उक्लेका हुन् । यसमा प्रचार प्रसार र अहिले दशैं तथा तिहारको फुर्सदको भूमिका रहेको छ ।
मानुङले पर्यटनको विकासमा मारेको फड्को संगै हामीले अन्य पर्यटकिय सम्भावनाका स्थानमा पूर्वाधारको विकास तथा प्रचार–प्रसारको आवश्यकता महसुस भएको छ । यो संगै मानुङले पर्यटक आगमनका साथ भित्रने अनेक आयामका समस्याहरुसंग जुध्नु पर्ने र सावधानी अपनाउनु पर्ने हुन्छ । यतिबेला नै मानुङमा फाहोरको डङ्गुर हुन थालेको र त्यता तर्फ मानुङवासी साथसाथै व्यास नगरपालिकाले ध्यानदिनु आवश्यक भएको छ । फोहरको व्ययवस्थापन हुन नसक्दा त्यसको नकारात्मक असर पर्नेछ । सूर्याेदयको दृश्यावलोकन गर्न आउने पर्यटकलाई एक छाक भएपनि खाना खाएर जाने वातावरण निर्माण तथा टाढाबाट आएका पर्यटक वासवस्न दमौली झर्ने वा पोखरा पुग्ने हुनबाट रोकेर एक रात भएपनि मानुङमा बस्ने वातावरण निर्माण गर्नु आवश्यक छ । यसो हुन सकेमा मानुङले पर्यटनको वास्तविक स्वाद लिन पाउने छ र त्यहाँको विकासमा सहयोग पुग्नेछ ।
पर्यटन विकासमा फड्को मार्दै मानुङकोट
previous post